Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 6 मा प्रकाशित
सुन्तलाबाट आत्मनिर्भर बनेका अर्जुनचौपारीका फणिनारायण अर्याल
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका ६८ वर्षीय फणिनारायण अर्याल जिल्लाकै पुराना र सफल सुन्तला व्यवसायीका रूपमा चिनिन्छन् । लामो समयदेखि सुन्तला खेतीमा लागेका अर्याल स्याङ्जामा धेरै मात्रामा उत्पादन गर्ने तथा राम्रो आर्थिक लाभ लिने व्यवसायीमध्ये पर्छन् ।

विद्यालयमा अध्ययनरत रहँदै २०३६ सालमा २५ वटा सुन्तलाका विरुवा रोपेर उनले व्यवसायको सुरुवात गरेका हुन् । सहपाठीहरू सरकारी सेवातर्फ आकर्षित भइरहँदा उनी भने व्यावहारिक ज्ञानलाई प्राथमिकता दिँदै खेतीमै केन्द्रित रहेको बताउँछन् । कृषि विषय पढ्दा व्यवहारिक अभ्यासलाई पनि महत्व दिइने भएकाले सुरुमा रोपेका बिरुवाबाटै हौसला मिलेको अर्याल सम्झिन्छन् । ती बिरुवाले राम्रो फल दिन थालेपछि उनले २०४२ र २०५० सालमा थप सुन्तलाका बोट लगाउँदै व्यवसाय विस्तार गरे ।

हाल करिब ८० रोपनी क्षेत्रफलमा फैलिएको उनको सुन्तला बगैँचामा करिब दुई हजार तीन सय वटा बोट छन् । सुन्तलासँगै आम्दानी विविधीकरण गर्ने सोचले उनले २०५६ सालदेखि कफी खेती पनि सुरु गरे । सुन्तलाका बोटबीच कफी रोप्दा दुवै खेती फस्टाउने अनुभव भएपछि मिश्रित खेतीलाई निरन्तरता दिएको उनको भनाइ छ ।

अर्यालका अनुसार यही सुन्तला र कफी व्यवसायबाट प्रत्यक्ष रूपमा ५५ जनाले रोजगारी पाएका छन् । सुन्तलासँगै कफी खेती पनि गर्दै आएका अर्यालको मुख्य आम्दानीको स्रोत यही दुई खेती हुन् । गत वर्ष मात्रै उनले ७४ मेट्रिक टन सुन्तला उत्पादन गरी करिब ५५ लाख रुपैयाँ आम्दानी गरेका छन् । त्यसैगरी करिब छ हजार केजी कफी उत्पादन गरी प्रतिकिलो १०५ रुपैयाँका दरले बिक्री गर्दा छ लाखभन्दा बढी आम्दानी भएको अर्यालले जानकारी दिए ।

सीप अद्यावधिक गर्न अर्यालले स्वदेश तथा विदेशका तालिमलाई पनि उत्तिकै महत्व दिएका छन् । भारतको नागपुर, अस्ट्रेलिया, ल्हासा र थाइल्याण्डमा सुन्तलासम्बन्धी तालिम लिनुका साथै कफी खेतीका लागि भारतको बेङ्गलोरमा पनि प्रशिक्षण लिएको उनी बताउँछन् । सरकारबाट ८५ प्रतिशत अनुदानमा प्राप्त ग्रेडिङ मेसिन प्रयोग गरी गत आर्थिक वर्षमा चार दशमलव मेट्रिक टन सुन्तला ग्रेडिङ गरिएको उनले बताए ।

लामो समयको मेहनत र निरन्तरताले राम्रो प्रतिफल दिएको बताउँदै अर्याल आफ्नो व्यवसायप्रति पूर्ण रूपमा सन्तुष्ट रहेको सुनाउँछन् । अर्यालले कृषि पेसामा धैर्य र लगनशीलता भए सफलता टाढा नहुने धारणा समेत राखेका छन् । परम्परागत खेतीलाई व्यवसायिक रूपमा अगाडि बढाएमा गाउँमै बसेर सम्भावनालाई उद्यममा बदल्न सकिने उदाहरण उनको सुन्तला बगैँचा बनेको छ ।

यसैगरी, चार दशकभन्दा बढी अनुभव बोकेका उद्यमशील अर्यालले त्रिपुत्र बागवानी फार्ममार्फत कृषि कार्यलाई निरन्तर दिएका छन् । प्रथम राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित समेत भएको कृषि फार्मले सुन्तला र कफी उत्पादनमा देशकै नमुना अभ्यास गर्दै आएको छ ।

फार्ममा आफ्नै नर्सरीमार्फत प्राङ्गारिक विधिबाट सुन्तला र कफीका गुणस्तरीय बेर्ना उत्पादन हुँदै आएका छन् । उत्पादन मात्र नभई अत्याधुनिक मेसिनरी प्रयोग गरी प्रशोधन, सुरक्षित भण्डारण तथा निर्यातयोग्य बजारीकरणलाई समेत प्राथमिकता दिइएको छ ।

यहाँ कृषक तथा उद्यमीहरूका लागि सुन्तला र कफी खेतीसम्बन्धी विशेष ज्ञान आदानप्रदान, व्यावहारिक तालिम तथा सम्पूर्ण कृषि प्रक्रियाको परामर्श सेवा पनि उपलब्ध गराइँदै आएको अर्यालले बताए । व्यावसायिक कृषिमा लाग्न चाहनेहरूका लागि यो फार्म अध्ययन र सिकाइको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

यसैबीच फार्मलाई कृषि स्रोत केन्द्रका रूपमा विस्तार गर्दै स्वदेशी तथा विदेशी कृषि इन्टर्नसिप कार्यक्रम पनि सुरु गरिएको छ । आधुनिक प्रविधि, अनुभव र व्यावहारिक ज्ञानलाई एकै ठाउँमा जोड्दै फार्मले व्यावसायिक कृषि प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

वालिङमा लागूऔषधसहित युवक पक्राउ
गण्डकी क्षेत्र

वालिङमा लागूऔषधसहित युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र
Breaking 1

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु
Breaking 2

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
कारागारबाट फरार भएका दुई कैदी स्याङ्जामा पक्राउ
Main News 1

ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा लागूऔषधसहित युवक पक्राउ

वालिङमा लागूऔषधसहित युवक पक्राउ

2026 February 22 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

2026 February 22 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

2026 February 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews