Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

झण्डै छ वर्षदेखि राङ्खोलाको सुन्तला संकलन केन्द्र अलपत्र

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 5 मा प्रकाशित
झण्डै छ वर्षदेखि राङ्खोलाको सुन्तला संकलन केन्द्र अलपत्र
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङ्खोलामा निर्माण गरिएको सुन्तला संकलन केन्द्र स्थापना भएको लामो समय बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । झण्डै ५५ लाख रुपैयाँ खर्चेर बनाइएको केन्द्र छ वर्षदेखि सुनसान अवस्थामा छ ।

स्थानीय सुन्तला उत्पादकको मागअनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाको पहलमा केन्द्र निर्माण गरिएको थियो । करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको यो केन्द्र १० वर्षका लागि जग्गा भाडामा लिएर बनाइए पनि उद्देश्यअनुसार सञ्चालन हुन सकेको छैन ।

आर्थिक वर्ष २०७३/०७४ मा ३० लाख रुपैयाँ बजेटबाट निर्माण सुरु गरिएको केन्द्र कृषकको १५ प्रतिशत लागत साझेदारीमा २०७५/०७६ मा सम्पन्न भएको हो । तर स्थापना भएको छ वर्ष बित्दा पनि प्रयोगमा नआउँदा कार्यक्रमले वार्षिक ६० हजार रुपैयाँ भाडा तिर्दै आएको छ । ११ समूहमा आवद्ध करिब २७५ कृषकलाई लक्षित गरेर केन्द्र बनाइएको कार्यक्रमले जनाएको छ ।

कार्यक्रम प्रमुख अजय अधिकारीका अनुसार जिल्लामा उत्पादन हुने सुन्तलामध्ये करिब २० प्रतिशत यही क्षेत्रबाट आउने गर्छ । “उत्पादन भएको सुन्तला संकलन गरी ग्रेडिङ गरेर बिक्री सहज बनाउने लक्ष्य थियो,” उनले भने, “तर कृषकले केन्द्रको सदुपयोग नगर्दा लामो समयदेखि प्रयोगविहीन बनेको छ ।”

राङ्खोला, बरजा, कान्छीबजार, हलहले, धोबादी, सुम्रेखोला र जैसीडाँडाका कृषकका लागि बनाइएको केन्द्र अहिले वेवारिसे जस्तै भएको छ । सुन्तला ठेकेदारले बगैंचाबाटै खरिद गरी लैजाने चलन बढेपछि कृषक आफैंले संकलन केन्द्रसम्म ल्याउने अभ्यास हुन सकेको छैन ।

कार्यक्रमका प्राविधिक सहायक इन्द्र सुबेदीले कृषकको निवेदन र लागत साझेदारीको प्रतिबद्धतापछि मात्रै केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार भवन नियमित प्रयोगमा आएको भए आधुनिक ग्रेडिङ मेसिन जडान गर्ने तयारी थियो । तर प्रयोगविहीन बन्दै गएपछि थप लगानी रोकिएको छ ।

अहिले सो संकलन केन्द्र सुन्तला ग्रेडिङभन्दा बढी समूह बैठक, भोजभतेर, पिकनिक र ब्याटमिन्टन खेल्ने स्थानका रूपमा प्रयोग हुन थालेको छ । स्थानीय कृषक मुक्ति अधिकारीले राज्यको लाखौं लगानीबाट बनेको भवन प्रयोगमा नआउँदा दुःख लागेको बताए । “भवन मात्रै बनेर हुँदैन, आवश्यक औजार र बजार व्यवस्थापन नहुँदासम्म केन्द्र चल्न सक्दैन,” उनले भने ।

औजार जडान र खरिद–बिक्री प्रणालीमा सुधार नल्याएसम्म राङ्खोलाको सुन्तला संकलन केन्द्र कागजमै सीमित रहने स्थानीयको गुनासो छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

विद्यालयमा कम्प्युटर सहयोग
गण्डकी क्षेत्र

विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 May 4 मा प्रकाशित
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
कला/साहित्य

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

by राम बहादुर रोकाहा
2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
Breaking 1

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
खेलकुद

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
Breaking 2

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
Main News 1

वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

विद्यालयमा कम्प्युटर सहयोग

विद्यालयमा कम्प्युटर सहयोग

2026 May 4 मा प्रकाशित
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

2026 May 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews