स्याङ्जा वालिङ् नगरपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालयले हात पारेको छ ।
३०–३० स्वर्ण, रजत र कास्य पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल आदर्श माविले ११ स्वर्ण, छ रजत र चार कास्य गरी कुल २१ पदक जित्दै उपाधि हासिल गरेको हो । पूर्णमृत भवानी माध्यमिक विद्यालयले नौ स्वर्ण, चार रजत र दुई कास्यसहित दोस्रो स्थान हासिल गर्दा लक्ष्मी माध्यमिक विद्यालय तीन स्वर्ण र पाँच रजतसहित तेस्रो बनेको थियो ।
उपाधिसँगै आदर्श माविले ३० हजार रुपैयाँ नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो बनेको पूर्णमृत भवानी माविले २० हजार र तेस्रो लक्ष्मी माविले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
२९ विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा छात्रा–छात्र भलिबल, कबड्डी, विभिन्न दूरीका दौड, रिले दौड, लङ जम्प, हाई जम्प, त्रिपल जम्प र ज्याभलिन थ्रो लगायतका खेल समावेश गरिएको थियो ।














