स्वर्गीय माधव प्रसाद लम्सालको ४५ औँ पुण्यतिथि अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४, लामागेमा खुला रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा श्रवण माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र केसीले उक्त जानकारी दिए ।
स्व. लम्सालको कात्तिक ७ गते सवारी दुर्घटनामा निधन भएको थियो । विद्यालयका पूर्व विद्यार्थी र नेपाल सरकारका उपसचिव समेत रहेका लम्सालको स्मृतिमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्याङ्जा जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष अधिवक्ता तुलसी गिरीले लम्सालको निधनले स्याङ्जाले असल व्यक्तित्व गुमाएको बताए । कृषि क्षेत्रमा उनी विज्ञ रहेका कारण उनीनिर निर्भरता ठूलो रहेको पनि उनले स्मरण गरे ।
विद्यालयका अध्यक्ष रबिन्द्र केसी, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्याल, सदस्य विशेश्वर गिरी, परिवार तर्फबाट पृथ्वी लामिछानेलगायतले स्व. लम्सालको योगदान सदैव याद रहिरहने बताए । उनीहरूले कृषि तथा समाज सेवामा उनका कामहरू दीर्घकालसम्म प्रेरणादायी रहने बताए ।














