स्याङ्जामा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ करिब ७:३० बजे भीरकोट नगरपालिका –१ हेलुमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले ग १ त ४६५२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ट्याक्टरल बालुवा ओसारपसार गरिरहेको अवस्थामा फेला परेपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि भीरकोट नगरपालिकाको कार्यालयमा पठाइएको छ ।
यस्तै, बुधबार मध्यराति १२:२५ बजे पुतलीबजार नगरपालिका –३ बाढ्खोलास्थित सडकखण्डमा चेकजाँचका क्रममा ग १ त ४७९३ नम्बरको अर्को ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त ट्याक्टरमा समेत अवैध रूपमा बालुवा ओसारपसार भइरहेको पाइएपछि अनुसन्धान तथा कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार दुवै घटनामा संलग्न सवारीसाधनमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ ।