Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा भेटिए सिन्धुलीबाट बेपत्ता परिवारका सबै सदस्य

भत्ता बुझेर गाडी रिजर्भ गरी पोखरा आएछन्, गगनगौंडामा २ घरमा बाँडिएर बसेका रहेछन्ः एसपी ओलीया

गण्डकी न्यूज गण्डकी न्यूज
2025 July 28 मा प्रकाशित
पोखरामा भेटिए सिन्धुलीबाट बेपत्ता परिवारका सबै सदस्य
ShareTweetSend

पोखरा । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सबै सदस्य पोखरामा भेटिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता रहेकामा सबै जना सम्पर्कमा आएका हुन् । माइली छोरी काठमाण्डौमा रहेको पाइएको  थियो ।

पोखरा महानगरपालिका वडा नं. ३०, गगनगौंडाका चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा बसिरहेको बेला उनीहरु भेटिएका हुन् । ‘दुई घरमा बाँडिएर बसेका अवस्थामा भेट्यौँ ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले गण्डकन्यूजसँग भने – ‘उनीहरुलाई ईलाका प्रहरी कार्यालय शिशुवा लगिँदैछ । त्यहाँ लगिएपछि थप अनुसन्धान अघि बढाइनेछ ।’

सामाजिक भत्ता बुझेपछि आफूहरू मजदुरी काम गर्न पोखरा आएको उनीहरूले बताएका छन् । उनीहरू पोखरामा बस्ने योजनासहित नै आएको देखिने प्रहरीको भनाइ छ । एसपी ओलियाका अनुसार उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताउँदै ती दुई घरमा डेरा लिएका थिए ।

उनीहरूले स्वेच्छाले नै गाउँ छाडेको बताएका छन् । ‘धेरै बिरामी हुने गर्न थाल्यो, गाउँ पनि मन परेन भनेका छन्’ ओलियाले भने ‘हामी यतै बस्छौं । उता जाँदैनौं भनेका छन् । त्यहाँभन्दा अन्तै बस्ने व्यवस्था मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।’

एसपी ओलियाले उनीहरू सिन्धुलीबाट २० हजार रुपैयाँमा गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको पनि बताए । शनिबार नै उनीहरु पोखरा आएर होटलमा बसेका थिए । पोखराको होटल जननीमा आएर तीन वटा कोठा लिएर बसेको र आइतबार नै बाहिरिएको पाइएको छ । होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए । भुर्तेलका अनुसार उनीहरू होटलमा ५ हजार रुपैयाँ तिरेर आइतबार अन्यत्र लागेका थिए ।

परिवारकी मुली ५२ वर्षीया उर्मिला हायूको १६ जनाको परिवार ४ दिनअघि बिहीबार सुँगुर काटेर भोज गरेपछि सम्पर्कविहीन भएका थिए । जंगलबीच एक्लो घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा उर्मिलासहित उनका ६ छोरा, ५ छोरी, १ बुहारी, १ नाति र १ जना ज्वाइँ हराइरहेको थाहा भएको थियो ।  सिन्धुली र रामेछाप प्रहरीका साथै देशैभर नेपाल प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।

हायू परिवारका १६ जना हराएको समाचार सार्वजनिक भएपछि माइली छोरी सुजाता सम्पर्कमा आएकी थिइन् । सुजाताले आफू काठमाण्डौमा श्रीमानका साथै बस्दै आएको बताएकी थिइन् । एक जना ज्वाईं पोखराकै स्थानीय रहेको उनीहरुले जानकारी दिएका छन् । उक्त परिवारका एक बुहारी भने विदेशमा रहेकी छिन् ।

उर्मिलाका श्रीमान् साने हायूको २ वर्षअघि भीरबाट लडेर निधन भएको थियो । उनको शव समेत जंगलमा कंकाल मात्र भेटिएको थियो । परिवारका सबै सदस्य एकै घरमा बस्दै आएका थिए ।

उनीहरुको घर अन्य छिमेकीको घरभन्दा १०–१५ मिनेटमा पर्छ । छिमेकीले पनि गोठमा रहेको पाडी भोकले कराएपछि मात्रै थाहा पाएर खोजतलास गरेका थिए । त्यसपछि मात्र घटनाबारे प्रहरीले जानकारी पाएको थियो ।

उनीहरुले गाईबस्तु, कुखुरा र सुँगुर समेत पालेका थिए । उनीहरुको घरको खाना बनाएर खाने छाप्रो पनि आगलागी भएको अवस्थामा छ । भान्सामा असरल्ल भाँडावर्तन थिए । अधियाँमा पालेका वस्तुभाउ, कुखुराबाख्राहरु यसै छाडेर हिँडेका थिए । प्रहरी घटनास्थल पुग्दा भोकाएका कुखुरा, बाख्रा कराइरहेका थिए । घरमा कुकुर पनि थियो ।

ठूलो जहानको यो परिवार ऋणमा डुबेको पनि स्थानीयले बताएका छन् । गाउँलेका अनुसार लघु वित्तबाट लिएको करिब ४/५ लाख रुपैयाँ ऋण भएको हुनसक्ने बताइएको प्रहरीको भनाइ छ । यही ऋणका कारण उनीहरू सम्पर्कविहीन भएको हुनसक्ने आशंका गरिएको छ ।

स्थानीयका अनुसार सम्पर्कविहीन हुनुभन्दा केही दिनअघि हायू परिवारका १६ जनाले बुधबार आर्थिक वर्ष ०८१/८२ को अन्तिम किस्तास्वरूप तीन महिनाको भत्ता बुझेका थिए । हायू परिवारका सबैले प्रतिमहिना ३ हजार ९ सय ९० का दरले तीन महिनाको १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बुझेका हुन् । हायू समुदायका व्यक्तिलाई सरकारले मासिक ४ हजारका दरले भत्ता प्रदान गर्दै आइरहेको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार गत शुक्रबार साँझ ५ बजेर १९ मिनेटमा अटो चालकसँग उक्त परिवारका एक सदस्यले कुराकानी गरिएको पाइएको थियो । बजारबाट उनीहरूको घर जाने ठाउँमा लगेर छाडिदिएको भन्ने कुरा चालकले बताएका थिए । चालकका अनुसार उनीहरू सडकबाट घरतर्फ लागेका थिए ।

उनीहरुसँग मोबाइल रहेको तर सबै मोबाइल स्वीच अफ  गरिएको थियो । अन्तिम लोकेशन रामेछाप देखाइको थियो । सम्पर्कविहीन हुनुअघि किनमेल गरेको देखिनु, भत्ता बुझ्नु, घरमा भएको सुँगुर काटेर खानु र १६ जना नै बेपत्ता हुनुमा अरू कोही तेस्रो व्यक्तिको संलग्नता हुनेभन्दा पनि आफूखुसी नै बेपत्ता भएको हुनसक्ने प्रहरीको बुझाइ थियो ।

प्रहरीले उर्मिला हायूसहित १६ जना बेपत्ताको सूची सोमबार दिउँसो सार्वजनिक गरेको थियो ।

१) ५२ वर्षीया उर्मिला हायू ( घरमुली आमा)

२) २७ वर्षीया कमला हायू (जेठी छोरी)

३) २३ वर्षीया कोमल माया हायू (माइली बुहारी)

४) २२ वर्षीया उषा हायू (छोरी)

५) १९ वर्षीया सुजता हायू (छोरी)  – काठमाण्डौमा श्रीमानका साथै बस्दै आएको खुलासा

६) १८ वर्षीया अस्मिता हायू (छोरी)

७) १२ वर्षीया सान्ता हायु (छोरी)

८) २९ वर्षीय राजु हायू (जेठा छोरा)

९) २४ वर्षीय हिमाल हायू (माइला छोरा)

१०) १६ वर्षीय लालबहादुर हायू (साइँला छोरा)

११) १४ वर्षीय बेगबहादुर हायू (छोरा)

१२) ११ वर्षीय लक्की हायू (छोरा)

१३) १२ वर्षीय सुवर्ण हायू (छोरा)

१४) १० वर्षीया ओमकुमारी हायू (छोरी)

१५) १ वर्षीय अर्जुन हायू (नाति)

१६) ४ वर्षीय रियासा हायू (नातिनी)

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन
Breaking 1

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

by गण्डकी न्यूज
2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
Breaking 1

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
Breaking 2

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
Main News 1

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
Main News 1

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

by राम बहादुर रोकाहा
2026 April 11 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

2026 April 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews