Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई

संसद्‌मा च्यातियो बजेट पुस्तिका

रञ्जन अधिकारी रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
ShareTweetSend

सांसद भन्छन्: मन्त्रालयका सचिवका भागमा ३३ करोडका योजना ?

पोखरा । गण्डकी प्रदेश सरकारले गत १ असारमा आगामी आर्थिक वर्ष २०८२/०८३ लागि बजेट ल्यायो ।  प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गण्डकी प्रदेश सरकारको तर्फबाट ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याए ।

यतिबेला प्रदेशसभामा मन्त्रालयगत बजेटमाथिको छलफल चलिरहेको छ । सांसदहरुले बजेटपुस्तिका च्यातिदिने काम समेत गरिरहेका छन् ।

गण्डकी प्रदेशका पूर्व भौतिक मन्त्री रेशमबहादुर जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्याते । सोमबार भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि छलफलका क्रममा प्रदेश सभाको रोष्टममा जुग्जालीले मन्त्रालयबाट विनियोजन बजेट समन्यायिक नभएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । उनले दुई÷दुई वर्ष म्याग्दीका लागि भौतिक पूर्वाधारबाट अन्याय भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।

उनले आफ्नै खर्चमा भौतिकमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न पनि आग्रह गरे । ‘मुख्यमन्त्रीज्यू त यसअघि म्याग्दी जिल्ला पुग्नुभएको छ । भौतिक पूर्वाधार मन्त्री घुम्नुभएको छैन, तपाईलाई थाहा पनि छैन, होला, म तपाईंलाई भन्न चाहन्छु, म तपाईंलाई मेरो व्यक्तिगत पैसाबाट म्याग्दी जिल्लाको घुमाउन चाहन्छु,’ जुग्जालीले भने ।

उनले भौतिक पूर्वाधार मन्त्रीलाई अझै बजेट नपुगेकाले आफू र हरि भण्डारीको भागमा परेको बजेट पनि काटेर आफूले लैजान भन्दै थपे – ‘भौतिक मन्त्रीज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र हरि माननीयज्यू (हरि भण्डारी) को दुई करोड पनि फिर्ता लैजानुस् भन्दै दुई वर्ष म्याग्दीलाई अन्याय भएको हुँदा, म्याग्दीलाई कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद ।’

जुग्जाली यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमै भौतिक पूर्वाधार मन्त्री थिए । जुग्जालीपछि दीपक मनाङ मन्त्री भए, कांग्रेस एमाले गठबन्धन बनेपछि प्रकाश केसी भौतिक मन्त्री बनेका हुन् ।

विभेद नै गर्ने हो भने समानुपातिक सांसदलाई अलग्गै लहरमा राखियोस्

यसअघि, छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले सरकारले प्रत्यक्ष र समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै सदनमै अलग्गै ठाउँ बनाएर राखिदिन कटाक्ष गरिन् ।

सत्तापक्षका सांसदलाई साढे २ करोड रुपैयाँसम्मका योजना पर्दा मन्त्रालयका सचिवका भागमा ३३ करोडका योजना परेको मिडियाबाट सार्वजनिक भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराइन् ।

बजेट निर्माण र योजना छनोटमा समानुपातिक सांसदमाथि विभेद भएको भन्दै उनले भनिन्, ‘हामीलाई योजना पनि त्यसै अनुसार दिइयोस् ता कि नागरिकलाई पनि हामीले त्यसै अनुसार जवाफ दिन सकियोस् ।’

मन्त्रीको निजी सम्पतिबाट आफ्नो घर बनाउन बजेट नमागेको भन्दै उनले सांसदलाई दिइएको सिलिङका योजना पनि कटौतीमा परेको गुनासो गरिन् । प्राथमिकता एकातिर राख्ने अनि बजेट अर्कोतर विनियोजन गर्नु पूर्व जानुपर्नेमा पश्चिमतिरको सोच राख्नु रहेको प्रमुख सचेतक पुनको भनाइ थियो । उनले भनिन्, ‘यसै जेनतेन ३ वर्ष बित्यो, बाँकी २ वर्ष पनि बितिजानेछ, अनि जस्ताको तस्तै हुनेछ ।’

प्रदेश सभाका सबै सदस्यको समान अधिकार भए पनि डाडु पन्यु लिएका मन्त्रीहरुले बजेटमाथि रजाइँ गरेको आरोप उनको छ । सिलिङ अनुसार योजनाको सूची मन्त्रीलाई बुझाएकामा मन्त्रीले अर्को दलका सांसदलाई देखाएर गोपनियता कायम नगरेको गुनासो उनको थियो ।

मुख्यमन्त्रीको एउटै योजनालाई मुस्ताङको भन्दा बढी बजेट

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो क्षेत्रमा पर्ने एउटा योजनामा १९ करोड ८२ लाख बजेट विनियोजन भएको छ । तर, मुस्ताङ जिल्लाभरको लागि बजेट १९ करोड ४१ लाख ६८ हजार छ ।

पूर्वाधार विकास कार्यालय गोरखाबाट कार्यान्वयन हुने चनौटे ढिस्का हुँदै भच्चेक सडक शीर्षकमा प्रदेशले नौ करोड ९१ लाख र समपूरक अनुदानको पनि ९ करोड ९१ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

चुनाव लक्षित गरी ठूलाबडाले बजेटजति आफ्ना क्षेत्रमा पारेको आरोप लागेको छ ।

कुन जिल्लालाई कति बजेट ?

कास्की – १ अर्ब ८४ करोड २२ लाख

गोरखा – १ अर्ब ५९ करोड ७६ लाख

स्याङजा – ९६ करोड ८ लाख

लमजुङ – ९० करोड ५४ लाख

तनहुँ – ८६ करोड २५ लाख

बागलुङ – ७८ करोड ६४ लाख

म्याग्दी – ६० करोड ८९ लाख

नवलपुर – ५८ करोड ९० लाख

पर्वत – ५७ करोड २२ लाख

मनाङ – २० करोड ३२ लाख

मुस्ताङ – १९ करोड ४१ लाख

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Breaking 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 3 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Breaking 1

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
Breaking 2

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
Main News 1

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Main News 1

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
Main News 1

स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता

by राम बहादुर रोकाहा
2026 March 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 3 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

2026 March 2 मा प्रकाशित
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो

2026 March 2 मा प्रकाशित
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार

2026 March 2 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

2026 March 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews