स्याङ्जाको फेदीखोला गाउँपालिका – २ मा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित भएकी छन् ।
मंगलबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ गोदारसहित अनेरास्ववियुको सबै प्यानल नै निर्वाचित भएको हो ।
स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार शैलेश थापालाई पराजित गर्दै अनेरास्ववियुका गोदार निर्वाचित भएकी हुन् । गोदार ३८ मतका साथ निर्वाचित भएकी हुन् । निर्वाचनमा सभापतिका उम्मेदवार नेविसंघका थापाले ३४ मत ल्याएका थिए ।
सचिवमा अनेरास्ववियुका श्रीसा शर्माले ३७ मत ल्याएर निर्वाचित भएकी छन् । सचिव पदमा नेविसंघका विजय अधिकारीले ३५ मत ल्याएका थिए ।
यस्तै, समितिको कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता विकले ३७ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी नेविसंघका सविना जिसीले ३५ मत प्राप्त गरेकी थिइन् ।
सदस्यमा अनेरास्ववियुका संजय खत्री र स्मृति कुँवर क्षेत्री निर्वाचित भएका छन् । संजयले ४३ मत र स्मृतिले ४१ मत ल्याएका थिए । सदस्यमा नेविसंघका जेनिस रानाभाटले २७ मत र सन्तोषी खड्काले २९ मत प्राप्त गरेका थिए ।
समानुपातिकतर्फ सदस्यमा अनेरास्ववियुका मिरा गोदार र प्रविता रानाभाट तथा नेविसंघका सविना भण्डारी र समिक्षा पौडेल रहेका छन् ।
समितिको उपसभापति र सहसचिव समानुपातिकबाट मनोनीत गरिने नवनिर्वाचित सभापति गोदारले बताइन् ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ दुवै आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेको थियो ।
निर्वाचन समितिका अनुसार सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा ८२ मतदाता रहेकोमा ७३ मत खसेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-