सिद्धार्थ राजमार्ग स्थित स्याङ्जाको गल्याङ नगरपालिका – ११ खरिपानीमा पिक – अप भ्यान दुर्घटना भएको छ ।
बुधबार बिहान करिब १:१० बजे बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु ३ च ३३२४ नम्बरको पिक – अप भ्यान सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
उक्त भ्यानमा ४ जना सवार रहेकोमा दुईजना घाइते भएको डिएसपी पौडेलले बताए । घाइतेलाई उपचारका लागि पठाइएकोमा भ्यान चालक पाल्पा रम्भा गाउँपालिका – ३ का २६ वर्षीय मित्रलाल अर्यालको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको डिएसपी पौडेलले बताए ।
डिएसपी पौडेलले घाइते भएका भ्यानका सहचालक पाल्पा रम्भा गाउँपालिका – ३ का २३ वर्षीय राधेश्याम बस्यालको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-