नियन्त्रित लागूऔषधसहित वालिङ्बाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा उपमहानगरपालिका वडा नं. – २९ बस्ने २० वर्षीय शंकर भनिने संजोक गुरुङ रहेका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको वालिङ् नगरपालिका – ८ फुलबारीमा सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट नोर्फिन ४५ एम्पुल, फेनरागन ४५ एम्पुल र डाईजेपाम ४५ एम्पुल गरी १३५ एम्पुल नियन्त्रित लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
मंगलबार बिहान करिब ६:३० बजे बुटवलबाट बागलुङ जाँदै गरेको बसमा सवार गुरुङसङ्ग नियन्त्रित लागूऔषध बरामद भएकाले उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-