Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 February 23 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
ShareTweetSend

अर्जुनचौपारीमा बनेको नेपालकै पहिलो नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठान, गीता ज्ञान एवं धार्मिक महोत्सवको तयारी पूरा भएको छ । अनुष्ठानको उद्घाटन गर्न नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आउने भएका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ । १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव गरिने भएको छ ।

मङगलबारबाट १४ गतेसम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन समेत गरिने छ ।

विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

मंगलबार बिहान साढे १० बजे नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठानको पर्यटनमन्त्री पाण्डेले शुभारम्भ गर्नेछन् । प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख बाचक रहनेछन् भने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका राष्ट्रिय कलाकारले मनोरञ्जन दिने छन् ।

बेद पारायणको लागि बनारसबाट आए गुरु
देशमै पहिलोपटक बनेको नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानमा चार बेदको पाठ पारायण गरिने छ । पाठ पारायणको लागि भारतको बनारसबाट बैदिक गुरुहरु आएको पालिकाले जनाएको छ । बेद पाठ पारायणको लागि एक भारतीयसहित बानरसमा अध्ययन गर्ने तीन जना गुरु आएका हुन् ।

दैनिक दुई हजारलाई खाना, पाँच हजारलाई प्रसाद
अनुष्ठानमा आउने भक्तजनको लागि खाना तथा खाजाको व्यवस्था निःशुल्क गरिएको छ । यहाँ दुई हजारलाई खानाको व्यवस्था पनि गरिएको छ । यस्तै, मन्दिरमा पूजाआराधानाको लागि आउने ‌पाँच हजार भक्तजनलाई प्रसादको व्यवस्था गरिएको छ ।

मन्दिरमा पूजाको लागि आउने भक्तजनलाई अवलोकनको लागि गाईडको व्यवस्था समेत पालिकाले गरेको छ । यहाँ आउने अतिथिलाई रुद्राक्षको माला व्यवस्था गरिएको छ भने यहाँका आमा समूह, पालिका कर्मचारी, क्लब र सम्पुर्ण पालिका बासीको सफल बनाउन सक्रियता रहेको छ ।

के हो र कस्तो छ नवग्रह मन्दिर ?
नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा यहाँ पहिलोपटक नवग्रह मन्दिर निर्माण गरिएको हो । घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

१५७ रोपनी अर्थात् आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । पिलरको सबैभन्दा माथी आकाश फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ भने यहाँको प्रतीमा हिन्दुधर्मका कहलीएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदिको शिलाबाट भारतमा बनाइएको हो ।

पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग(सात क्वीन्टलक) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

यस मन्दिरमा षट्कोण शिवालयको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता(तेलको पोखरी), इष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिंग दुई पटक घुमेर पूजा गरेसँगै हनुमान, लक्ष्मी, कालाभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

षट्कोण शिवालयको पूजा पश्चात देब्रे छेउबाट हिँडेर करिब तीन सय मिटर टाढा रहेको वर्षौंदेखी पूजा अर्चना गरिँदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गरिने छ । त्यस पश्चात् विपरित बाटो दियो आकारको पूर्वतर्फ फर्केको नवग्रहमन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि सुरुङबाट बाहिर निस्कने छ ।

यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने यस मन्दिरमा विवाह नहुने हुँदा सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । यहाँ षट्कोण शिवालयका मूर्तिको अस्तित्वमा रहेको कर्णको मूर्ति नवग्रहतर्फ फर्काएर करिब तीन सय मिटर पूर्वको जंगलमा राखिएको छ ।

नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पूजा गर्न सकिने छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक बर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ ।

षट्कोण शिवालय, नवग्रह तथा यहाँ हिँड्ने बाटोमा स्थानीय ढुङ्गा बिच्छाएर कलात्मक बनाइएको छ भने दुबो बिच्छाएर हरिया र सन्दर बनाइएको छ ।

मूल नवग्रह मन्दिर पालिकाको वडा नं –१ मा रहेपनि अन्य नौ वटा निशान प्रतीमाहरू पालिकाका अन्य पाँच वडा तथा भौगोलिक स्वरुप ब्रह्माण्डीय स्वरूपमा घुमेर रहेको भीरकोटको वडा नं –७, पुतलीबजार न.पा –१३, १४ र आँधीखोला गापा–१ मा निशान प्रतिमाहरूलाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइने छ भने नौ वर्षमा सबै निशानहरु पहिलाको ठाउँमा पुग्ने छन् ।

नव्रग्रह मन्दिर बनेको यस जल बराह धार्मिक वनभित्र ग्रह अनुसारका बिरुवा समेत रोपिखएको छ । प्रदेश सरकारको विशेष अनुदान ४० लाख र गाउँपालिकाको १९ लाख तथा प्रधानमन्त्री रोजगार श्रमबाट नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण गरिएको हो ।

देशकै पहिलो नयाँ खालको नवग्रह मन्दिर बनेसँगै यो धार्मिक पर्यटकिय गन्तव्य बन्ने विश्वस्त रहेको तिवारीको भनाई थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै
गण्डकी क्षेत्र

कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै

by राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन तयारीले लियो गति, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
गण्डकी क्षेत्र

स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन तयारीले लियो गति, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

by राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै
खेलकुद

स्याङ्जामा ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग रनिङ शिल्ड आजदेखि

by राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
कृषि

फेदीखोलाको प्रोत्साहन: बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान

by राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप
गण्डकी क्षेत्र

निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप

by राम बहादुर रोकाहा
2026 January 15 मा प्रकाशित
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
खेलकुद

आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई

by राम बहादुर रोकाहा
2026 January 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै

कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै

2026 January 16 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन तयारीले लियो गति, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन तयारीले लियो गति, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

2026 January 16 मा प्रकाशित
स्याङ्जामा माघ २ देखि १० गतेसम्म ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग हुँदै

स्याङ्जामा ‘प्रथम खुमा अर्याल कप’ टी–२० क्रिकेट लिग रनिङ शिल्ड आजदेखि

2026 January 16 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

फेदीखोलाको प्रोत्साहन: बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान

2026 January 16 मा प्रकाशित
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप

निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप

2026 January 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews