Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीका अधिकांश मन्त्री धनाढ्य, कोसँग कति छ सम्पत्ति ?

मुख्यमन्त्री पाण्डेले थपे ३ तोला सुन र २ सय तोला चाँदी

गण्डकी न्यूज गण्डकी न्यूज
2024 October 31 मा प्रकाशित
गण्डकीका अधिकांश मन्त्री धनाढ्य, कोसँग कति छ सम्पत्ति ?
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ ।

कात्तिक १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैकको निर्णय अनुसार उनीहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो । यद्यपि सरकारका प्रवक्ता टकराज गुरुङले मन्त्री परिषद्का निर्णय सार्वजनिक गरेका छैनन् । उनले आजसम्म पत्रकार सम्मेलन समेत गर्न सकेका छैनन् ।

मन्त्रिपरिषद् बैठकले जेठ १६ मा नियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरु, भदौ १७ मा नियुक्त एमालेका मन्त्री अनि पछिल्लो पटक कात्तिक ५ गते वन मन्त्रीमा नियुक्त भेषबहादुर पौडेल समेतको सम्पति विवरण समावेश गरिएको छ ।

मुख्यमन्त्री पाण्डेले थपे ३ तोला सुन र २ सय तोला चाँदी

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग गोरखासहित, काठमाडौं, भक्तपुर र कपिलवस्तुमा पैतृक जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनको गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर छ । त्यसबाहेक ३५ रोपनीभन्दा बढी जग्गा छ ।

काठमाडौं महानगरपालिका ३ मा २ सय १२ वर्गमिटरमा घर छ । भक्तपुर र कपिलवस्तुमा पनि उनको जग्गा छ । मुख्यमन्त्री पाण्डे व्यवसायमा पनि संलग्न छन् । दियालो फुडल्यान्ड प्रालिमा उनको ६१ हजार १ सय कित्ता सेयर छ । पत्नी बिना, छोरा सुयोग्य र आफ्नो नाममा गरी विभिन्न बैंक तथा वित्तीय संस्थामा १४ हजार कित्ता सेयर छ ।

मुख्यमन्त्री पाण्डेले अघिल्लो कार्यकालमा भन्दा यसपालि ३ तोला सुन बढी देखाएका छन् । पहिला ४२ तोला सुन र ५ सय तोला चाँदी उल्लेख गरेकामा अहिले ४५ तोला सुन र ७ सय तोला चाँदी रहेको उल्लेख गरेका छन् । २ सेट हिरा र १ सेट मोती क्रमश जग्गा बेचेर र तलबबाट किनेको उल्लेख छ । व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ६६ हजार मौज्दात छ ।

पत्नी बिनाको नाममा प्रभु र ग्लोबल आइएमइ बैंकमा ७० लाखभन्दा बढी रकम छ । जुन तलब तथा उपदानको हो । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । जुन बिमा रकम फिर्ताबाट आएको उल्लेख छ । अघिल्लो पटक पत्नीका नाममा ६२ लाख रुपैयाँ ऋणमा कार खरिद देखाएका मुख्यमन्त्रीले अहिले ऋण देखाएका छैनन् । पत्नीका नामा मारुती बलेनो कार देखाइएको छ ।

मुख्यमन्त्री पाण्डेले राष्ट्रिय वाणिज्य बैंकमा ओभर ड्राफ्ट रहेको ५० लाखमध्ये २३ लाख निकालेको विवरण यसपालि राखेका छैनन् । मुख्यमन्त्री पाण्डेसँग टिभी २, फ्रिज २, वासिङ मेसिन १, डिसवासर १, माइक्रोओभन २, ल्यापटप २ र मोडुलर किचनसहित पूर्ण फर्निसिङ घर छ ।

सुन, चाँदी, हिरा, व्यापार, व्यवसाय र घरजग्गैजग्गाका धनी विन्दुथापा

गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री हुन् विन्दुकुमार थापा । उनी पोखरा धनाढ्य मध्येका एक हुन् ।

उनको सुन, चाँदी, हिरादेखि होटल, घरजग्गगै रहेको सम्पत्ति विवरणमा देखिएको छन् । मन्त्री थापाको पोखरा, नयाँ बजारमा भव्य घर र घरले चर्चेको ३ हजार ९ सय ११ वर्गमिटर जग्गा छ ।

उनको परिवारको नाममा पनि पोखराका अधिकांश वडामा जग्गा रहेको खुलाएका छन् । थापाले अंशुभरा स्क्युवार प्रालि, फुड एण्ड रिटेल, रोयल हिमालयन रिसोर्ट, पोखरा ट्रेड मल, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा फाउण्डेसन, अंशुभरा फुड एण्ड वेभरेल, अंशुभरा एग्रो रहेको सम्पत्ति विवरणमा देखाएका छन् । बैंकमा प्रशस्त पैसा रहेपनि उनले ऋण देखाएका छन् ।

भौतिकमन्त्री केसीले सटर भाडाबाटै कमाउँछन् १५ लाखौं बढी

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर केसीले आफूले सटर भाडामा लगाएर महिनाको लाखौं कमाइरहेको विवरण पेश गरेका छन् । उनले हाइड्रोपवरदेखि विभिन्न बैंकमा लगानी रहेको उल्लेख गरेका छन् ।

पोखरा–१२ मा घर र घरले चर्चेको २२६ वर्गमिटर जग्गा छ । सोही ठाउँमा अर्को घर र २०४ वर्गमिटर जग्गा छ । ललितपुरमा उनले घरसहित ८ आना जग्गा खरिद गरेका छन् र पोखराका विभिन्न वडामा जग्गा रहेको उनले खुलाएका छन् । ५ सेट हिराको हार, ९५ तोला सुन, डेढ किलो चाँदी विवरणमा उल्लेख गरेका छन् ।

मन्त्री केसीसँग गण्डकी हाइड्रोपावरमा १ लाख ८० कित्ता सेयर, युनिफाइड हाइड्रोमा ५६ हजार २७० कित्ता, माछापुच्छ्रे बैंकमा पनि सेयर छ भने श्रीबृद्धि सहकारीमा ४ हजार कित्ता सेयर छ ।

वनमन्त्रीको ८० तोला सुन, ६० तोला चाँदी, ५ सेट हिरा
वन तथा वातावरणमन्त्री हुन् भेषबहादुर पौडेल । उनको लमजुङको बेंसीसहरमा गेटवे हिमालय रिसोर्ट देखाएका छन् । उनले घरमा ८० तोला सुन, ६० तोला चाँदी र ५ सेट हिरा रहेको विवरणमा देखाएका छन् । लमजुङको बेंसीसहरमा घर र घरले चर्चेको २५ सय वर्गमिटर जग्गा छ ।

सोही ठाउँमा अर्को १ हजार वर्गमिटर जग्गा र घर छ भने फूलमाया पौडेलको नाममा काठमाडौँमा घर र ६५६ वर्गमिटर जग्गा छ । उनीहरूको ४२ रोपनी जग्गा बेंसीसहरमा छ । लाखौं रुपैयाँ बैंक व्यालेस हुँदा पनि उनले ऋण देखाएका छन् ।

अर्थमन्त्रीको लमजुङ र काठमाडौंमा घर

अर्थमन्त्री डाक्टर टकराज गुरुङले आफ्नो पैत्रिक सम्पति लमजुङमा घर र काठमाडौंमा घर देखाएका छन् । उनले घर व्यवहार चलाउन भने ऋण लिएको विवरण पेश गरेका हुन् । उनकी श्रीमती प्रतिमा गुरुङको नाममा काठमाडौँको बल्खुमा ९ आना जग्गा र एउटा घर छ भने लमजुङको राइनासमा ७ रोपनीभन्दा बढी जग्गा र घर छ ।

लमजुङ सुन्दरबजारमा ४२ आना जग्गा छ भने सोही ठाउँमा प्रतिमा गुरुङको नाममा १० आना जग्गा छ । आफूसँग १० तोला सुन र १० तोला चाँदी रहेको मन्त्री गुरुङले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग २ वटा बैंकमा ३५ हजार रुपैयाँ मौज्दात छ । उनले राष्ट्रिय बाणिज्य बैंकबाट ८५ लाख रुपैयाँ ऋण लिएका छन् । आफू र श्रीमतीसँग गरी जम्मा २ वटा गाडी रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

स्वास्थ्यमन्त्री पाठकको बागलुङ र चन्द्रागिरिमा घर

स्वास्थ्यमन्त्री कृष्ण पाठकले आफ्नो बागलुङ र चनद्रागिरिमा घर रहेको देखाएका छन् । बागलुङ नगरपालिका–१२ मा ६ रोपनी १४ आना जग्गा र घर र काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५ आनामा बनेको १ तले घर रहेको देखाएका छन् ।

आय स्रोत भने छोराबुहारीले वैदेशिक कमाइबाट पठाएर उक्त सम्पत्ति खरिद गरेको उनले जनाएका छन् । मन्त्री पाठकसँग सुन ८ तोला, चाँदी २० तोला विवरणमा खुलाएका छन् ।

कृषि मन्त्रीको एनएमबी बैंकमा ३९ लाख बराबरको सेयर
कृषिमन्त्री पद्मा जिसीले सम्पत्ति विवरणमा विभिन्न ठाउँमा घर रहेको देखाएकी छिन् । उनले पति पूर्व सांसद जीवनराम श्रेष्ठको नाममा काठमाडौँको टोखामा घर र ११८ वर्गमिटर जग्गा रहेको देखाएकी छिन् ।

मन्त्री पद्माकै नाममा कावासोतीमा ४ आना र २ आना छुट्टाछुट्टै जग्गा, कावासोतीमा विभिन्न कित्ता गरी करिब ३ रोपनी हाराहारी जग्गा छ । ३१ तोला सुन र २८५ तोला चाँदी उनीसँग छ । एनएमबी बैंकमा ३९ लाख बराबरको सेयर रहेको र कालिगण्डकी सहकारीबाट १० लाख ९१ हजार रुपैयाँ ऋण लिएको उलने सम्पत्ति विवरणमा देखाए छन् ।

ऊर्जामन्त्रीको गोर्खा र काठमाडौँमा घर, जग्गा किन्न ६७ लाख बैना
गण्डकीका ऊर्जामन्त्री फणीन्द्र देवकोटासँग गोरखा र काठमाडौँमा घर रहेको देखाएका छन् । कीर्तिपुरमा ६ आना जग्गाभित्र बनेको घर देखाएका छन् । यस्तै, गोरखाको पालुङटारमा बण्डा नभएको २ वटा घर छ । सोही ठाउँमा विभिन्न कित्तामा जग्गा छ ।

मन्त्री देवकोटासँग १२ तोला सुन छ भने ४ लाख हाराहारी रकम बैंकमा छ । उनले जग्गा किन्नका लागि साढे ३ वर्ष पहिले आफूले ६७ लाख रुपैयाँ बैना दिए खुलाएका छन् ।

पर्यटनमन्त्रीको १ करोड ऋण

उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले आफ्नो १ करोड ऋण रहेको खुलाएका छन् । उनले मुक्तिनाथ विकास बैंकमा १ करोड ऋण रहेको देखाएका हुन् ।

यस्तै, उनले पर्वतको पैंयुमा २ रोपनी १५ आना जग्गा र घर छ । सोही ठाउँमा करिब २१ रोपनी अर्को जग्गा पनि छ । ८ तोला सुन १ लाख रुपैयाँ बचत देखाएका छन् । यस्तै, ५ रोपनी जग्गामा धान खेती गरेको देखाएका छन् । उनी अन्नपूर्ण भेट सप्लायर्स पनि रहेको खुलाएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Breaking 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
Breaking 2

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
Main News 1

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews