Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रदेश प्रमुख सूर्योदय हेर्न केबलकारबाट सराङकोटमा

सराङकोटको अझै बढी प्रचार प्रसारको खाँचोः प्रदेश प्रमुख भट्ट

गण्डकी न्यूज गण्डकी न्यूज
2025 January 1 मा प्रकाशित
प्रदेश प्रमुख सूर्योदय हेर्न केबलकारबाट सराङकोटमा
ShareTweetSend

सूर्योदय र सूर्यास्तको रोमाञ्चक दृश्यसँगै सुन्दर हिमश्रृङ्खला अवलोकन गर्न सकिने पोखराको सराङकोटलाई प्रचारप्रसार गर्नुपर्नेमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जोड दिएका छन् ।

प्राकृतिक सौन्दर्यले पूर्ण यस डाँडा आन्तरिक पर्यटकसँगै पोखरा भ्रमण आउने भारतीय लगायत विदेशी पाहुनाको रोजाइमा पर्दा खुशी पनि व्यक्त गरे । शनिबार सबेरै सूर्योदय अवलोकनका लागि सराङकोट पुगेका प्रदेशप्रमुख भट्ट भारतीय पर्यटकबीच घेरिए ।

धौलागिरी, अन्नपूर्ण, मनासलु, माछापुच्छ्रे हिमालसँगै फेवातालसहित पोखरा उपत्यकाको मनमोहक दृश्यले सराङकोटले पर्यटक तान्न सक्ने भएकाले अझै बढी प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

सराङकोट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ । प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक रूपमा पनि सराङकोट आन्तरिक पर्यटकको रोजाइमा पर्छ। ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागीश्वरी मन्दिर, पदेंली शिव मन्दिर सराङकोट क्षेत्रका आकर्षण हुन्।

May be an image of 8 people and temple

त्यस्तै, सराङकोट भ्यूटावर, चण्डीको डिल (पाराग्लाइडिङ), मेथलाङ डाँडा, वाहकोट (पाराग्लाइडिङ), खपौंदी र राताडाँडा यस क्षेत्रका पर्यटकीय स्थल हुन्। कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ।

केबलकार आकर्षण

निजी तथा भाडाका सवारीसाधनमा स्थलमार्गबाट पर्यटक सराङकोट पुग्ने गरेकामा अहिले भने विकल्पका रूपमा आएको केबलकारमा आकर्षण देखिएको छ ।

प्रदेश प्रमुख भट्टसहितको टोलीलाई केबलकार प्रालिका प्रशासन प्रमुख सुजल पौडेलले स्वागत गरे । उनले अन्नपूर्ण केबलकार सञ्चालनमा आएपछि पर्यटकको संख्यामा वृद्धि भएको जनाए ।

यस केबलकारले फेवाताल किनार र सराङकोटलाई जोडिदिएको छ । लेकसाइड सेदीबगरबाट ९ मिनेटमै माथिल्लो स्टेसन सराङकोट पुगिन्छ ।

झन्डै दुई अर्ब रुपैयाँ लागतमा बनेको केबलकारको लम्बाइ २.४ किलोमिटर छ । मनकामना, चन्द्रागिरि, कालिञ्चोकपछिको यो नेपालको चौथो र पोखराकै पहिलो केबलकार हो ।

नेपालीले सात सय, सार्क राष्ट्रका पर्यटकले एक हजार र तेस्रो मुलुकका नागरिकले १२ डलर तिरेर केबलकार चढ्न सक्छन् । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको सुविधा छ ।

जापानी नागरिक ताकासी मियाहाराको परिकल्पनामा केबलकार बनेको हो । उनले सराङकोटमा होटल अन्नपूर्ण भ्यु सञ्चालनमा ल्याएका छन् । केबलकारको माथिल्लो स्टेसन वरिपरि साहसिक गतिविधि जिपलाइन, स्विङ, स्काई साइक्लिङ सञ्चालनमा छन् ।

छोटो समयमै सूर्योदय हेर्ने वैकल्पिक बाटोका रूपमा अन्नपूर्ण केबलकार स्थापित भएको मार्केटिङ म्यानेजर अरुण कोइराला बताउँछन् । केबलकारमा झण्डै तीन दर्जनले रोजगारी पनि पाएका छन् ।

May be an image of 4 people

May be an image of 1 person and Victoria Peak

May be an image of 4 people and temple

May be an image of 8 people

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा
गण्डकी क्षेत्र

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

by गण्डकी न्यूज
2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
कला/साहित्य

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

by गण्डकी न्यूज
2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
कृषि

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा
गण्डकी क्षेत्र

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

by राम बहादुर रोकाहा
2025 July 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

2025 July 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews