Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी र कर्णालीको ज्योति – हिमालय आँखा अस्पताल

वर्षमै २ लाखले सेवा लिए

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 22 मा प्रकाशित
गण्डकी र कर्णालीको ज्योति – हिमालय आँखा अस्पताल
ShareTweetSend

पोखरा महानगरपालिका वडा नम्बर १७ घारीपाटनमा रहेको हिमालय आँखा अस्पताल गण्डकी प्रदेशबासीको आँखाको मुख्य उपचार केन्द्र हो । अरु धेरै प्रकारका रोगको उपचारका लागि गण्डकीबासीले राजधानी र विदेश जानुपरे पनि आँखा उपचारमा प्रदेश करिब आत्मनिर्भर छ ।

३ दशकदेखि गण्डकी र कर्णालीबासीको आँखाको ज्योति बन्दै आएको यो अस्पतालमा गएको आर्थिक वर्षमा ८ हजार ८ सय ४६ जनाको आँखाको शल्यक्रिया भएको थियो भने १ लाख ९१ हजार एक सय ९० जनाले ओपिडीमा सेवा लिएका थिए । ३१ वर्षमा अस्पतालको ओपिडीमा ३८ लाखभन्दा बढीले सेवा लिएका छन् भने १ लाख ४७ हजार ५ सय २५ जनाको आँखाको शल्यक्रिया भएको छ ।

अस्पतालको सञ्चालक नेत्रज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगर दक्ष जनशक्तिमार्फत् आँखाको उपचारमा सबैको पहुँच स्थापित गर्न लागिपरेको बताउँछन् । ‘हामी यसलाई नमूना अस्पतालका रुपमा विकास गर्दै छौं, आँखाको उपचारमा सबैको पहुँच विस्तारसँगसँगै दक्ष जनशक्तिबाट सेवा दिन गुरुयोजनासमेत बनाएका छौं,’ उनले भने ।

कर्णाली मुख्यगरी सुर्खेत, नेपालगञ्ज जस्ता सहरमा निर्भर छ । त्यहाँका सरोकार, समस्या र समाधानसँग विरलै जोडिने गण्डकी र कर्णालीलाई आँखा उपचार सेवाले भने ३ दशकदेखि जोड्दै आएको छ । स्थापनादेखि नै यो अस्पतालले साबिक कर्णाली अञ्चलका चार जिल्ला मुगु, हुम्ला, जुम्ला र कालिकोटमा समेत सेवा दिइरहेको छ ।

यही वैशाखमा अस्पतालले कालीकोटमा गरेका शिविरमा २ हजार ८ सय २७ जनाको आँखा जाँच भएको नेत्र अधिकृत गोविन्दनाथ योगीले बताए । यो आर्थिक वर्षमा जुम्ला र कालिकोटमा समान ३ पटक र मुगुमा १ पटक शिविर भएका छन् । ती शिविरमा ४ हजार ३ सय ३ जनाको आँखा जाँच गरिएको छ ।

तीमध्ये ६ सय २५ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालका व्यवस्थापक कुमार गर्बुजाले जनाए । कालीकोटको नानीकोटमा भएको शिविरमा व्यावसायिक महिला क्लबले सघाएको थियो । शिविरलाई करिब ५ लाख सहयोग गरेको क्लबकी कोषाध्यक्ष रजनी श्रेष्ठ र लक्ष्मी गुरुङ कालिकोटै पुगेका थिए ।

अस्पतालले कर्णालीमा १० आँखा उपचार केन्द्रसमेत सञ्चालन गरेको छ । डोल्पामा भने सुर्खेतमा रहेको आँखा अस्पतालले सेवा दिने गरेको छ । यातायातको सुविधा नहुँदा अस्पतालले पहिले सुर्खेतबाट आवश्यक उपकरण, औषधी, स्वास्थ्यकर्मी पैदलै लगेर कर्णालीमा शिविर गर्ने गरेको थियो । पछिल्लो समय सदरमुकामसम्म यातायात पुगेपछि शिविर गर्न सहज भएको छ ।

अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवास नेपाल दुर्गम गाउँहरुमा पनि शिविर गर्ने गरेको र मोतिविन्दु नै प्रमुख समस्या देखिएको उल्लेख गर्छन् । ‘कर्णालीबासीको अन्धोपनको मुख्य कारण मोतिविन्दु नै हो । हावाहुरी बढी चल्ने भएकाले मासु पलाउने समस्या भएका बिरामीहरु पनि शिविरमा भेटिन्छन्,’ प्रमुख नेपाल भन्छन् । हरेक वर्ष कर्णालीका हरेक जिल्लामा कम्तीमा १ शिविर गर्ने गरिएको छ ।

‘यो वर्ष जुम्ला, मुगु र कालिकोटमा शिविर भइसकेका छन्, हुम्लामा गर्न बाँकी छ,’ नेपाल थप्छन्, ‘हुम्लामा शिविर चलाउन गएको टोली सुर्खेतबाट फर्कियो, लामो समय विमान उडान हुन नसकेपछि पूर्वनिर्धारित समयमा गर्न सकिएन ।”

अस्पतालकी मेडिकल निर्देशक प्राडा इलिया श्रेष्ठ अस्पतालले केही जटिल र विरल समस्याबाहेक सबैखाले आँखाका उपचार सेवा दिने गरेको बताउँछिन् । ‘सबैजसो समस्या, ९८ प्रतिशतभन्दा बढी आँखाका समस्याको उपचार यही हुन्छ । आँखामा क्यान्सर भएर ब्रेनसम्म पुगेको जस्ता केही जटिल समस्यामा भने अरु रोगका विशेषज्ञ पनि चाहिने भएकाले काठमाडौँ पठाउने गरेका छौँ,’ प्राडा श्रेष्ठले भनिन् ।

३० वर्षअघि दैनिक २ सय ५० बिरामीलाई सेवा दिने लक्ष्यका साथ बनाइएका पूर्वाधारबाट अस्पतालले सेवा दिइरहेको छ । मेडिकल निर्देशक प्राडा श्रेष्ठले अस्पतालले गुरुयोजना बनाउँदै गरेको र जनशक्ति र पूर्वाधार सँगसँगै थप्दै जाने उल्लेख गरिन् । ‘अस्पतालको आइएसओ एर्टिफिकेसनको कामसमेत हुँदै छ । जनशक्ति र पूर्वाधार सँगसँगै थपेर सेवा दिइरहेका छौं,’ उनले भनिन् ।

अस्पतालले आँखा विशेषज्ञको अभाव पूरा गर्न पोखरा विश्वविद्यालय अन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउँदै आएको छ । आई केयर फाउन्डेसन नेदरल्यान्डसहित विभिन्न निकायले यो अस्पताललाई सघाइरहेका छन् । फाउन्डेसनले सन् २०२४ मा अस्पताललाई २ करोड ४६ लाख र कर्णालीमा आँखा शिविरका लागि थप २० लाख दिने घोषणा गरेको छ ।

यो अस्पताल करिब ६० रोपनीमा छ । नियमित बिरामी जाँच, आकस्मिक सेवा, पेइङ क्लिनिकसति यो अस्पतालले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा समेत आँखा शिविर गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
अर्थ/व्यापार

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

by राम बहादुर रोकाहा
2026 July 30 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
Breaking 1

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
Breaking 2

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
Main News 1

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

2026 July 30 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

2026 July 29 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

2026 July 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews