Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बेगनासतालको मोटरबोट बन्द गर्न उच्च अदालतको परमादेशसहित अन्तरिम आदेश

पोखरा महानगरले मंसिरमै बन्द गर्न भनेपनि अटेर, उद्धार कार्यमा प्रयोग गर्न भने बाधा नपर्ने

गण्डकी न्यूज गण्डकी न्यूज
2024 February 8 मा प्रकाशित
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
ShareTweetSend

बेगनासतालमा सञ्चालन हुँदै आएको मोटरबोट बन्द गर्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ ।  न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले मोटरबोट सञ्चालनमा रोक लगाउन आदेश जारी गरेको हो।

गत माघ ११ गते अधिवक्ता मनोज घर्ती मगरले  मोटरबोटले वातावरणीय र तालको जलचर जीवलाई प्रभाव पार्ने देखिएकाले तत्काल रोक्न परमादेशसहित अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गराएका थिए। पोखरा महानगरपालिकाले गत मंसिरमै बन्द गर्न निर्देशन दिएकोमा  अटेर गरिरहेका थिए ।

“निवेदकले उठाएका विषय प्राकृतिक रूपमा बेगनास तालको संरक्षण गर्नुपर्ने र सो तालमा आश्रित जलचर पशुपक्षीसहितको समग्र वातावरणको विषयवस्तु रहेको हुँदा सो विषयमा विपक्षीहरूबाट मोटरबोट सञ्चालनबाट हुने सक्ने क्षतिको समग्र वातावरणीय प्रभाव मूल्यांकनपछि मात्र गर्न सकिनेमा बिना अध्ययन सञ्चालन गरिने त्यस्ता गतिविधिबाट अपूरणीय क्षति हुन जाने सम्भावनासमेतलाई दृष्टिगत गरी बेगनास तालमा हुने दुर्घटना वा दैवी परी हुने क्षति हुन गएको अवस्था साथै तत्काल स्वास्थ्य सम्बन्धमा नागरिकहरूको उद्धारका लागि प्रयोग गर्ने अवस्थाबाहेक पोखरा महानगरपालिकाको मिति २०८०/८/१३ मा विपक्षी बेगनास ताल डुंगा व्यवसायी समितिबाट सञ्चालित मोटरबोट सञ्चालन नगर्नु भन्ने पत्रअनुसारको कार्य प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन गर्नू/गराउने” आदेशमा भनिएको छ।

रिटमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणकी तत्कालीन प्रमुख कल्पना देवकोटा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेल र बेगनास ताल डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कँडेल लगायतलाई विपक्षी बनाएका थिए।

बिहीबार भएको बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय हरिप्रसाद सुवेदी र सुरेन्द्र थापामगर, अधिवक्ता विष्णु प्रसाद शर्मा, जुनाकुमारी गुरुङ, मिलन आलेसहित अधिवक्ता घर्ती मगरले बहस गरेका थिए। यस्तै विपक्षीको तर्फबाट मुख्यन्यायाधिवक्ता चिरञ्जीवी शर्मा, सहायक न्यायाधिवक्ता वसन्त अर्याल, वडा नम्बर ३१ को कार्यालय तर्फबाट अधिवक्ता दुर्गेराज पन्त, डुंगा व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ता मुकुन्दराज अर्यालले बहस गरेका थिए।

महानगरले गत मंसीर १३ गते बेगनासताल डुंगा व्यवसायी समितिलाई पत्र लेखेर तत्कालै मोटरबोट बन्द गर्न निर्देशन दिएको थियो। महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्‍याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको पत्रमा उल्लेख गरेका थिए । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो पनि उल्लेख थियो।

जलारी समुदायले महानगरमै पुगी ध्यानाकर्षणपत्र पनि बुझाएको थियो । तालमा ध्वनि प्रदूषण भएको तथा बिना अनुमति मोटरबोट सञ्चालन गरेको गुनासो सहित तत्काल बन्द गरिदिन महानगरलाई पत्र बुझाएका थिए । महानगरले मोटरवोट बन्द भए, नभएको अनुगमन गरी जानकारी गराउन वडा कार्यालय पोखरा ३१ लाई निर्देशनसमेत दिइएको थियो।

बेगनासतालमा  जेठदेखि ५० लाख लागतमा मोटरबोट सञ्चालनमा आएको थियो । डुंगा व्यवसाय समितिका पूर्वअध्यक्षसमेत रहेका पोखरा महानगरपालिका– ३१ का वडाध्यक्ष ढकनाथ कँडेलद्वारा अधिकार क्षेत्रबाहिर गएर मोटरबोट सञ्चालनको अनुमति दिएका थिए ।

वडाध्यक्ष कँडेल, समितिका अध्यक्ष रविराज कँडेलसहित दुई सय ६५ जनाको लगानीमा कानुनी प्रक्रिया पूरा नगरी १३ जेठदेखि मोटरबोट सुरु गरिएको हो ।

रामसार सूचीमा रहेको बेगनास तालमा आफ्नै लगानीको मोटरबोट सञ्चालनका लागि ठाडो अनुमति दिएपछि उनले बलमिच्याइँ गरेको भन्दै बिरोध भएको थियो ।

त्यतिबेलैदेखि बेगनास तालमा मोटरबोट सञ्चालनका लागि अनुमति दिने अधिकार वडासँग नरहेको महानगरले बताउँदै आएपनि बन्द भने गरेको थिएन ।

रामसारमा सूचीकृत तालमा व्यावसायिक रूपमा डुंगा चलाउँदा के असर गर्छ र वातावरणीय असर न्यूनीकरणका उपाय के–के अवलम्बन गर्नुपर्छ भनेर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरी मोटरबोट चलाइएको थियो ।

बेगनासमा करीब २५० को हाराहारीमा डुङ्गा व्यवसायी छन्। अधिकांश परम्परागत काठका डुङ्गा चलाउँछन्। त्यसलाई बेवास्ता गर्दै आन्तरिक पर्यटकलाई आकर्षित गर्न भनेर तालको वातावरण नै प्रभावित पार्ने गरी मोटरबोट चलाउन थालेपछि उनीहरु पनि मर्कामा थिए ।

बेगनास डुङ्गा व्यवसायी समिति र लेखनाथमा रहेका व्यवसायीले संयुक्त रूपमा मोटरबोट ल्याएपछि बेगनासका स्थानीय, व्यवसाय गरिरहेका व्यक्ति, जलारी समुदाय यसको विरोध गरिरहेका थिए । मोटरबोट बेगनासको वातावरण कोलाहलको कारक बन्दै गएको उनीहरूको गुनासो थियो । एकपटकमा १० जना चढ्न मिल्ने मोटरबोटले १० मिनेटभन्दा कम समयमा बेगनास घुमाएर डुंगा घाटमा उतार्छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण
Breaking 1

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 February 25 मा प्रकाशित
वालिङमा लागूऔषधसहित युवक पक्राउ
Breaking 2

वालिङमा लागूऔषधसहित युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 February 25 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र
Main News 1

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

by राम बहादुर रोकाहा
2026 February 25 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु
Breaking 2

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
Breaking 2

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

by राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

2026 February 25 मा प्रकाशित
वालिङमा लागूऔषधसहित युवक पक्राउ

वालिङमा लागूऔषधसहित युवक पक्राउ

2026 February 25 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

स्याङ्जामा निर्वाचन सामग्री आइपुग्यो, तयारी तीव्र

2026 February 25 मा प्रकाशित
स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

स्याङ्जामा बेवारिसे अवस्थामा भेटिएका पुरुषको उपचारकै क्रममा मृत्यु

2026 February 22 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

2026 February 22 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews