Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कोदो ब्राण्डिङमा जुट्दै अन्नपूर्ण गाउँपालिका

माग धेरै तर गाउँमा युवा नहुँदा उत्पादनमा कमी

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 18 मा प्रकाशित
कोदो ब्राण्डिङमा जुट्दै अन्नपूर्ण गाउँपालिका
ShareTweetSend

पोखरा । अन्नपूर्ण गाउँपालिकामा पर्ने होटलहरुका मेन्यूमा कोदोको परिकार अनिवार्य छ। कोदो प्रवर्धन गर्नकै लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाले सो व्यवस्था गरेको हो। गाउँमा कोदो उत्पादन बढाउन पालिकाले कृषकलाई अनुदान दिनेदेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। यसबाहेक पछिल्लो तीनवर्षदेखि हुँदै आएको अर्को कार्यक्रम हो कोदो महोत्सव।

कोरोना महामारीले बजार ठप्प हुँदा गाउँले र पालिकाको योजनामा सुरु भएको महोत्सव हो यो। महामारीले अनिकाल निम्त्याउन सक्ने सोच्दै रैथाने बालीको प्रवर्धनमा जुटेका थिए पालिका र वडा नं ४ का बासिन्दा भदौरे क्लबले यो कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ। २५ वर्षदेखि गाउँमा खेलकुदको मेला आयोजना गर्ने यस क्लबले कोरोनापछि कोदोलाई ब्राण्डिङ गर्ने योजना अघि सारेको हो।

अन्नपूर्ण गाउँपालिका, भदौरे क्लब र स्थानीय आमा समूह मिलेर कोदो महोत्सव आयोजना गर्दै कोदो परिकार मार्फत ब्राण्डिङ गरिरहेका छन् ।कोदो प्रवर्धनमा पालिकाको साथ हुँदा यसमा सबैको चाख बढेको भदौरे आमा समूहकी अध्यक्ष हितमाया गुरुङ बताउँछिन्।

‘हामीले यो कोदोको विभिन्न परिकार बनाएको तीन वर्ष भयो। कोदो ढिडो खाने र रक्सी पार्ने मात्र थियो पछि यो हामीले विभिन्न किसिमको परिकार बनाएर खान सक्छौं भनेर प्रचार गरिररहेको छौं। गाउँपालिकाबाट सहयोग गर्नुहुन्छ। चाख्नेहरुले राम्रो मान्नुभएको छ। आफूले बनाउने भन्नुभएको छ,’उनले सुनाइन्।

पालिकाले नै स्थानीयसँग समन्वय गरेर कोदो प्रवर्धन गर्दा कृषकले चासो दिन थालेका छन्। घट्दो कोदो उत्पादनमा स्थानीयले उत्पादन बढाउन मद्दत गरिरहेका छन्। यद्यपि, उत्पादन कम हुँदा व्यवसायिक रुपमा गाउँले कोदोको ब्राण्डिङ गर्न नसकेको स्थानीय हिरालाल गुरुङ बताउँछन्।

‘स्टक राखिराख्छौं कोदो पिनेर पिठो बनाइसकेपछि, वस्तुभाउलाई खुवाउँछौं आफू पनि खान्छौं। गुरुङको बाहुलियत भएको स्थानमा रक्सी पनि बनाउँछौं। यहाँ आउने पाहुनालाई पनि हुन्छ। व्यवसायिक रुपमा ब्राण्डि बनाएर बिक्री गर्न अझै अलिकति सकेको छैन उत्पादन अलिकति कम छ,’उनले भने।

बसाइसराइको समस्या भदौरेमा पनि छ। पोखरा झरेका गाउँले खेतीपाती गर्न माथि भने उक्लिन्छन्। अन्नबाली उब्जाएर लग्छन्। कोदोबारी बाँझो छैन तर धान खेती चाहिँ घटेको छ। गाउँमा युवा नहुँदा पनि उत्पादन घटेको सुनाउँछन् स्थानीय चेतनाथ सुवेदी।

‘युवा शक्ति छैन १० मुरी कोदो हुने ठाउँमा ४ मुरी मात्र भयो। हामी बुढाबुढी मात्र छौं। अब कसले लगाउने?,’उनले प्रश्न गरे।

उत्पादन घटे पनि पछिल्लो समय कोदोको माग बढिरहेको छ। माग आउँदा स्थानीयले सबैलाई पुर्‍याउन सक्दैनन्। मेलामा बाहेक अघिपछि पनि कोदोको बिक्री हुन्छ। एकै व्यक्तिलाई भने स्थानीयले धेरै कोदो दिँदैनन्।

‘मेला बाहेक अघिपछि कोदो बिक्री हुन्छ। बिरामीहरुले कोदो खोज्नुहुन्छ। किन्ने मान्छेले कोदो पाउँदैन। किन्ने मान्छे धेरै आएको छ एकैलाई धेरै दिन्नौं, मिलाएर दिन्छौं,’भदौरे आमा समुहकी उपाध्यक्ष बुद्धिसुब्बा गुरुङले भनिन्।

कोदो प्रवर्धन गर्नका लागि पालिकाले मेलालाई तीन लाख बजेट छुट्टाएको छ। आउने आर्थिक वर्षदेखि बजेट बढाउन आग्रह भइरहेको क्लबका संस्थापक अध्यक्ष आशबहादुर गुरुङले सुनाए।

कोदोको प्रचारप्रसारमा पालिकाको नै साथ रहेको उनको भनाइ छ। कोदो उत्पादन बढाउन सके खाद्य संकट आइपरे पनि समस्या नहुने उनी बताउँछन्।

‘यहाँ कोदोलाई अपहेलित गर्ने देखियो, प्रशस्त भए पनि कोदोको महत्व बुझाउन लागेको हो। गाउँपालिकाले यसको लागि बजेट छुट्टाएको छ,’उनले भने।

पालिका र स्थानीय मिलेर कोदोको परिकार ब्रान्डिङ गर्न खोजिरहेका छन्। यस्तै भदौरे क्लबका अध्यक्ष अनिल गुरुङ कोदोबाट बनेको रक्सीलाई पनि व्यवसायीकरण गर्नपर्ने भनाइ राख्छन्।

‘कोदो हाम्रो रैथाने बाली हो। अनिकाल लागे पानीमा खोले बनाएर पनि खान सकिन्छ। पालिकाले सहयोग गर्‍यो भने यसलाई भदौरे ब्राण्ड बनाउने हो। कानुनी प्रक्रिया मिलाएर भदौरे बियर, रम आउनुभन्दा कोदोको रक्सी नै ब्राण्ड छ भनेर प्रमोट गर्ने युवाको लक्ष्य छ,’उनले भने।

गण्डकी सरकारले कोदोको रक्सीलाई ब्राण्डिङ गर्न अध्ययन गरिरहेको छ। गण्डकी विश्वविद्यालयले विभिन्न जिल्लामा उत्पादन भएका रक्सीलाई ब्राण्डिङ गर्ने बारे अध्ययन गरिरहेको हो। सुरुवातमा कास्की, स्याङ्जा, पर्वत, लमजुङ र बागलुङ गरि पाँच जिल्लामा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्ने गरि अध्ययन भइरहेको छ। भदौरेका स्थानीयले भने प्रदेश सरकारसँग बसेर छलफल गर्न पाएका छैनन्।

‘प्रदेश सरकारसँग बसेर छलफल गर्न पाएको छैन स्थानीय सरकारसँग समन्वय गर्छौं। उहाँहरु के भन्नुहुन्छ त्यसपछि गण्डकी सरकार समक्ष पुग्छौं। हाम्रो यो रैथाने बाली पनि चिन्न पर्‍यो नि विदेशीले नि यसको परिकार थाहा पाउनुपर्‍यो,’ गुरुङले भने। – बिजमाण्डु

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Breaking 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
Breaking 2

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
Main News 1

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews