Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा २३ वर्षपछि बाघजात्रा [फोटो फिचर]

तीन दिनसम्म मनाइने

गण्डकी न्यूज गण्डकी न्यूज
2023 September 4 मा प्रकाशित
पोखरामा २३ वर्षपछि बाघजात्रा [फोटो फिचर]

तस्वीरः सञ्जय शाक्य

ShareTweetSend

पोखरामा २३ वर्षपछि बाघजात्रा शुरु भएको छ। नेवाः खल कास्कीको आह्वान तथा बाघजात्रा तयारी समितिको आयोजनामा भएको बाघ जात्राको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार उद्घाटन गरेपछि शुरु भएको थियो।

बाघजात्राको पहिलो दिन नेवा छेँ बाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा पुगेर समापन हुनेछ। दोश्रो दिन नेवा छेँ भवनबाटै शुरु भई गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर हुँदै सिर्जनाचोक पुगेर सभागृहचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, तेर्सापट्टी, नालामुखचोक हुँदै नेवाः छेँ मै फर्किएर समापन हुनेछ।

जात्राको तेश्रो तथा अन्तिम दिन बाघ मार्ने गरिन्छ। जुन जात्राको मुख्य आकर्षणका रुपमा रहने गरेको बाघजात्रा तयारी समितिका सचिव सुनिल उलकले जानकारी दिए। सँधै झैँ नेवाः छेँबाट जात्रा शुरु भएर नालामुखचोक, तेर्सापट्टी, महेन्द्रपुलहुँदै रानीपौवा, माटेपानी, गौंडाको मुख, राधाकृष्णचोक हुँदै पोखरा रंगशाला पुगेर मनोरञ्जनात्मक कार्यक्रम हुने उनले बताए। उनका अनुसार रंगशालामै बाघ मार्ने सहित नाचगानका कार्यक्रम हुनेछन् र जात्रा समापन हुनेछ।

बाघजात्रा पोखराको सबैभन्दा पुरानो जात्रा हो। उलकका अनुसार करिब सय वर्षअघि शुरु भएको यो जात्रा २०५७ सालपछि पोखरामा प्रदर्शन हुन सकेको थिएन। बाघ जात्रामा सबैजसाे जात्राहरुको संयोजन हुने बाघजात्रा तयारी समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाघ जात्राको सबैभन्दा अग्रभागमा कुमारी राखिन्छ र त्यसपछि तायाःमचा, धिमेबाजा, घोडानाच हुनेछन् भने त्यसलगत्तै राजारानी, प्रधानमन्त्री र सेनापती सहित जनता साथमा हुनेछन्। राजारानी र प्रधानमन्त्रीको दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरु हुन्छन् ।

बाघ जात्राको प्रमुख आर्षणका रुपमा बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेकेग्वाराहरु हुन्छन्। जात्रालाई जीवन्त बनाउनका लागि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरी परिचालन गरिएको छ।

सबै जात्राको नाच समावेश यस बाघजात्राको विशेष आकर्षणका रुपमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रापनि हो। बाघ जात्रामा भक्तपुर वडा नं ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोलि सहभागि रहेको तयारी समितिका सचिव उलकले जानकारी दिए । तर यो टोली मंगलबारदेखि मात्रै समावेश हुने उनले बताए।

संस्कृतिको संरक्षण गर्न बाघ जात्रा निकालिएको तयारी समितिका अध्यक्ष उलकले जानकारी दिए। जंगली हिंस्रक जनावर बाघले शहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाई समेत आक्रमण गरेर मार्न थालेपछि जनताद्वारा राजालाई नरभक्षी बाघ मारिदिन अनुरोध गरिए अनुसार राजाले आफ्नो सम्पूर्ण राज्यशक्तिका रुपमा प्रधानमन्त्री, सेना प्रमुख, सेना, शिकारीहरु, जनताहरु तथा स्वयं राजा नै उपस्थित भएर राजाले चारैतिरबाट घेरिएर रहेको बाघलाई बन्दुक हानेर मार्ने कार्य गरिएको ऐतिहासिक पक्षलाई उजागर गर्न बाघ जात्रा मनाउन थालिएको किम्वदन्ती रहेको उनले बताए।

जात्राको सन्देश बाघ मार्नुपर्छ भन्ने नरहेको उनको भनाई छ। ‘नरभक्षी बाघचाहिं मारेर त्रसित जनतालाई मुक्ति दिलाउने यसको सन्देश हो,’ उनले भने। जात्रामार्फत गलत उद्देश्य वा गलत कार्यलाई सबै मिलेर परास्त गर्नु पर्दछ भन्ने सन्देशपनि दिने उनको भनाई छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
गण्डकी क्षेत्र

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

by राम बहादुर रोकाहा
2026 July 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews