Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको फोहोर लामेआहालमै १८ महिनासम्म फाल्ने, यस्ताे छ १४ बुँदे सहमति

बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र फोहोर फालिने

गण्डकी न्यूज गण्डकी न्यूज
2023 August 12 मा प्रकाशित
पोखराको फोहोर लामेआहालमै १८ महिनासम्म फाल्ने, यस्ताे छ १४ बुँदे सहमति
ShareTweetSend

पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफील साइटमा देखिएको समस्या सुल्झिएको छ । १८ महिनाका लागि साेहि स्थानमा फाेहाेर फाल्ने सहमति बनेकाे छ ।

पोखरा महानगरपालिका र लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडास्तरिय प्रतिनिधि एवं प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका बीच सहमति भएको हाे । सहमति अनुसार यस अवधिमा पनि खाडल नपुरिए स्थानीयवासी र महानगरपालिका बीच पुनः सहमति गर्न सकिनेछ ।

फोहोर बोकेका गाडीहरू विर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने तत्कालै माटोले फोहोर पुर्ने कार्य आवश्यकता अनुसार गर्नुपर्नेछ । विर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमति अनुसार क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ । फोहोरमैला विर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गरिनेछ । फोहोर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छरिनेछ । स्थानीयहरूलाई सिपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने लगायतका विषयहरू सहमतिमा उल्लेख छन् ।

पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक समेत रहेका वडा नं.२६ का वडा अध्यक्ष नरेन्द्र थापा र फोहोरमैला व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको पहलमा समस्या समाधान गरिएको हो ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले अध्यक्षद्वय थापा र अधिकारीलाई फोहोर व्यवस्थापनको अवरोध हटाई समस्या समाधान गर्ने जिम्मेवारी दिएका थिए । सोही जिम्मेवारी अनुरूप वडाध्यक्षद्वयको पहलमा स्थानीय, सङ्घर्ष समिति र महानगरकबीच १८ महिनासम्म साेहि स्थानमा फोहोर विसर्जन गर्ने सहमति सम्भव भएकाे हाे ।

सहमतिका लागि महानगरको तर्फबाट वडाध्यक्ष द्वय थापा र अधिकारीको अग्रसरता र स्थानीयको तर्फबाट लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडा स्तरीय प्रतिनिधि, प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका रोहबरमा सहमति पत्र तयार गरिएको हो ।  साक्षी भने वडा नं.३२ का जनप्रतिनिधिहरू रहेका छन् ।

यस्तो छ, सहमतिका १४ बुँदा :

१) फोहोरमैला व्यवस्थापनका विरुद्ध गठित संघर्ष समितिका पदाधिकारी एवं सदस्यहरूलाई स्थानीय प्रशासन वा महानगरपालिकाले यसपछि कुनै खालको मुद्दा एवं कारबाही गरिने छैन ।

२) फोहोर व्यवस्थापनको समयावधि यो सहमति भएको मितिले १८ महिनासम्म हुने छ र सो अवधिमा पनि खाडल नपुरिए स्थानीयबासी र महानगरपालिका बीच पुन: सहमति गर्न सकिने छ ।

३) फोहोर व्यवस्थापन निम्नानुसार हुनुपर्ने छ ।

क) फोहोरका गाडी विर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ । त्यसपछि तत्कालै माटोले पुर्ने कार्य आवश्यकतानुसार गर्नु पर्ने छ ।

ख) दैनिक माटोको व्यवस्थापन फोहोरको अनुपातमा हुनुपर्ने छ । साथै विर्सजनस्थल नजिक कम्तिमा पनि चारहजार घनमिटर माटो मौज्दात हुनु पर्ने छ ।

ग) फोहोरको गाडीमा ल्याईएको फोहोर वर्गीकरण नगरी सिधै विर्सजनस्थलमा लगेर व्यवस्थापन गर्नुपर्ने छ । विर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री संकलन गर्न पूर्ण निषेध गरिएको छ ।

घ) क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाउनुपर्ने ।

ङ) पोखरा ३२ को सहरी स्वास्थ्यकेन्द्रको स्तरोन्नति गरी स्वास्थ्य प्रर्वद्धन केन्द्र स्थापना गर्नुपर्ने छ र अपुग दुईजना अनमी–१ र अहेब १ कर्मचारी तत्काल व्यवस्था गर्ने ।

च) वातावरणीय प्रभाव मूल्यांकनको कार्य तत्काल गर्नुपर्ने छ ।

छ) फोहोरमैला विर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बिमा गरिने छ ।

ज) फोहोर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी किटनासक विषादी छर्कनुपर्ने छ ।

४. कालिका आधारभूत विद्यालयलाई रु. ७,००,०००।– गोगन मा.वि.लाई रु. २५,००,०००।–, हिमालय आधारभूत विद्यालयलाई ५,००,०००।– र सिता आधारभूत विद्यालयलाई रु. ५,००,०००/– तलब भत्ता निसर्त अनुदान उपलब्ध गराइने छ । साथै गुरुकुल संस्कृत विद्यालयलाई आवश्यक दरबन्दीका लागि पहल गरिने छ ।

५) प्रभावित क्षेत्रका विगतमा विभिन्न आयोगले बितरण गरेका सेतो जग्गाधनी पूर्जालाई मुल्यांकन गरी रातो बनाउने क्रममा जग्गाको मुल्यांकन कम गराउनका लागि महानगरपालिकाले पहल गर्ने छ ।

६) फोहोर मैला व्यवस्थापन स्थलको निर्माण, व्यवस्थापन लगायतका आवश्यक सम्पूर्णकार्यहरू महानगरपालिकालेनै गर्नुपर्ने छ ।

८) फोहोर मैला व्यवस्थापन स्थलमा महानगरपालिकाबाट आवश्यक कर्मचारी सहित कार्यालय स्थापना गर्नुपर्ने छ ।

९) हाल क्रियाशील संघर्षसमिति विघटन गरिने छ र उक्त समिति सहित वडास्तरीय क्रियाशील राजनितिक पार्टीका प्रमुख समेतको एक अनुगमन समिति बनाइने छ ।

१०) स्थानीयहरूलाई सिपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
गण्डकी क्षेत्र

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

by राम बहादुर रोकाहा
2026 July 14 मा प्रकाशित
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
Breaking 1

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
Breaking 2

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
Main News 1

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 12 मा प्रकाशित
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

2026 July 14 मा प्रकाशित
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

2026 July 13 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

2026 July 13 मा प्रकाशित
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews