Gandaki News
  • होमपेज
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • अर्थ
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • फोटो फिचर
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • अपराध/सुरक्षा
    • कला/साहित्य
    • ग्ल्यामर
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • फोटो फिचर
    • भिडियो
    • राशीफल
    • रोचक
    • रोजगार
    • विचार/ब्लग
    • विज्ञान/प्रविधि
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • होमपेज
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • अर्थ
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • फोटो फिचर
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • अपराध/सुरक्षा
    • कला/साहित्य
    • ग्ल्यामर
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • फोटो फिचर
    • भिडियो
    • राशीफल
    • रोचक
    • रोजगार
    • विचार/ब्लग
    • विज्ञान/प्रविधि
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आजको राशिफलः फागुन २३, श्रीगणेशको प्रिय दिनमा काल, शुभ र अमृत बेला परेको छ

गण्डकी न्यूज गण्डकी न्यूज
राशीफल
२०७९ फाल्गुन २४ मा प्रकाशित
आजको राशिफलः फागुन २३, श्रीगणेशको प्रिय दिनमा काल, शुभ र अमृत बेला परेको छ
ShareTweetSend

आजको पञ्चाङ्ग

मिति २०७९ फाल्गुन २३ गते सोमबार, इस्वीसंवत मार्च ७ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार फाल्गुनशुक्ल चलिरहेको छ । सौरमान अनुसार फाल्गुनशुक्लपक्षको पूर्णिमा तिथि रहनेछ । नक्षत्रमा पूर्वाफाल्गुनी, विष्कुम्भादि योगमा धृति, करणमा बब, आनन्दादि योगमा धूम्र रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । दिनमान २९ घटि १५ पला अर्थात ११ घण्टा ४३ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२५ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ०६ः०७ बजे हुनेछ । आज तराइमा फागुपूर्णिमा पर्व ।

आजको राशिफल

मेषः आजको दिन साँझसम्म ग्रहगोचरलाई समान्य फलिफापप्रद नै मान्नुपर्छ । अल्लि बढी ईच्छा गरेको तथा जोड्गरेको काम भने पूरा नहुने हो कि भन्ने आशंका देखिएको छ । बोलीवचन तथा अन्य तयारीको मुल्याङ्कन नमिल्दा निराशा पनि भइनसक्ने छ । तथापि साँझपछि शारीरिक एवम् मानसिक स्फुर्ति बढ्ने छ । रपनि काम कार्यमा अल्लि बढी मेहनत बढाउनु नै पर्नेछ । जसबाट रोकिएर रहेका कार्यहरु अगाडि बढाउन सकिने छ । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ भने व्यवसायिक लाभ हुनेछ । विद्वान गुरुजनको अर्तिबुद्धि लिने र भगवान हनुमानको सेवाश्रद्धा गर्नुले सफलताको लागि मद्दत हुनेछ ।

वृषः आजको दिन व्यवसायिक कार्यको विकास हुने तथा आर्थिक लाभको संयोग जुट्ने छ । प्राकृतिक रमाइलोपनको वातावरणको संसर्ग मिल्नेछ । अनूकुलताको महसूस हुनाले उमंग एवं उत्साह बढ्नेछ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अवसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन–भाषण आदिमा वाणीको ओजस्वीता बढ्न सक्ने छ । धनधातु एवं खजानाको कोष वृद्धि हुनेछ । परोपकार आदि समाजसेवा जन्य काममा पनि भूमिका निर्वाह गर्न पाइने छ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्गको प्रयोग व्यवहार शुभ हुनेछ भने सूर्यनारायणको श्रद्धाभक्ति एवं दर्शन गर्नाले थप सफलता दिनेछ ।

मिथुनः आजको दिन संघर्षकर छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ । सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । सुधार आउनेछ विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले साँझबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ । कुनै कन्यालाई दान दिनु आज यहाँको लागि शुभकर हुनेछ ।

कर्कटः आजको दिन साँझसम्म लाभकर तथा ठिकै उपलब्धिमूलक रहने छ । विशेष कामलाई समय दिनु उपयुक्त हुनेछ । स्वजनबाट साथ सहयोग मिल्ने र व्यवसायमा स्तरोन्नति हुनेछ । प्रतिस्पर्धाजन्य काममा पनि विजयी भइनसक्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने तथा प्रशंसा पाइने छ । साँझबाट भने क्रमशः केही संघर्ष पर्ने देखिएको छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । विचार पुर्याएर आफ्नो कार्यमा लगनशील रहनसकेमा भने डराइहाल्न पर्नेछैन । आज यहाँको लागि ३ अंक र पहेंलो रंग यहाँलाई शुभ हुनेछ भने अनाथको हितमा दान गर्नाले सम्भावित संघर्ष तथा खर्चको योगलाई निवारण गर्न मद्दत गर्नेछ ।

सिंहः आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका कामहरुलाई पूरा गर्नसकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भगवान सूर्यनारायणको भक्तिदर्शन गर्नु उपयुक्त हुनेछ । आज यहाँलाई दुई अंक, सेतो तथा रातो रङ्ग शुभ रहनेछ ।

कन्याः आजका दिन हुनलाई धर्मकर्म सम्पादन हुने र कर्मक्षेत्रको पनि उन्नति हुने खालको छ तर पनि अपेक्षित उपलब्धि प्राप्त गर्न ग्रहले अबरोध सृजना गरेको देखिन्छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्य चल्ने नै छन् । विद्वान एवं मान्यपक्षबाट अदृष्य रोकावट आउनसक्ने छ । मनोबललाई उच्च नै राख्नु उपयुक्त हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान सिद्धिविनायकको श्रद्धाभक्ति एवं दर्शन गर्नु फलप्रद हुनेछ । गुरु जनको आर्शिवादले पनि विशेष भूमिका निर्वाह गर्नेछ ।

तुलाः आजको दिन अपराह्नसम्म प्रतिकूल रहेपनि त्यसपछि सहज हुने ग्रहगोचर रहेको छ । शुरुमा मिथ्या लाञ्छना तथा अबरोध वा केही संघर्षजन्य स्थिति रहन सक्ने छ । क्रमशः बाधाकष्ट हट्न गई परिस्थितिमा सुधार आउनेछ । धार्मिक विचार र भाभुकता बढ्ने छ भने कामकार्य तथा व्यवहारमा राहतको महसूस हुनेछ । व्यवसायिक क्षेत्रबाट लाभ मिल्ने छ भने समाजसेवा तथा राजकाजबाट पनि स्याबासी मिल्ने देखिन्छ । आफन्तहरुबाट पनि साथसहयोग मिल्ने छ । गर्जो टार्न सकिने छ । आज यहाँले नौ अङ्क, पहेंलो रङ्कको प्रयोग र धार्मिक एवं विद्वानजनको आर्शिवाद ग्रहण गर्नु फापप्रद हुनेछ भने असाहय क्षेत्रलाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।

वृश्चिकः आजको दिन त्यति सहज सोँचिहाल्न पनि मिल्ने छैन र डराइहाल्न पनि पर्नेछैन । स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्नसक्ने सम्भावना भने रहेको छ । धैर्य एवम् सहनशिलतालाई नै प्रमुखता दिनु उचित हुनेछ । सदाचार एवम् लगनशीलताले संघर्षको बाबजुतपनि कार्यमा आंशिक लाभ गर्नसकिने छ । नचिताएको मान्छेबाट केही साथसहयोग भई राहत मिल्नेछ । बोलीचाली एवम् जनव्यवहारको क्षेत्रमा निस्काम सिद्धान्तले कुशलता निर्वाह गर्न अभ्यास गर्नु बुद्धिमानी हुनेछ । दीर्घरोगीहरुले स्वास्थ्यमा बढी ध्यान दिनु होला । प्रतिकूल ग्रहको कष्ट निवृतिको लागि इष्टदेवको भक्तिलाई बढाउनु उचित हुनेछ । सूर्यनारायणलाई अघ्र्य चढाउनु शुभप्रद हुनेछ ।

धनुः आजको दिन जोशिलो रहनेछ । थातिरहेको काम पूरा गर्ने मौका मिल्ने छ भने कार्य पूरा गर्न स्वजनबाट सहयोग पनि मिल्ने छ । प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्यान्हबाट क्रमशः प्रमोदीचर्या बढ्ने तथा दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्नसक्ने छ ।

मकरः आजको दिन अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । साँझपछि आँटसाहस आरोग्यता बढ्ने छ । अल्लि बढी ईच्छाएको काममा केही अड्चन आउनसक्ने छ । खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिनसकिने छ । भगवान श्री गणेश र हनुमानवीरको स्तुति फलदायक हुनेछ ।

कुम्भः आजको दिन साँझसम्मसम्म बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्नुहोला । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा सुधार आउने र विद्याबुद्धिमा प्रगति हुनेछ । आज निस्कने निस्कर्ष पनि उपयुक्त निस्कने देखिन्छ । विद्यार्थीवर्गको लागि थप फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु विशेष शुभकर हुनेछ ।

मीनः आजको दिन साँझसम्म गोचरग्रह अनुकूल छ । कर्मक्षेत्रमा राम्रै सफलता हातलाग्ने छ । शारीरिक जोश जाँगर एवं पौरख बढ्ने छ । काममा मनग्य रुचि पनि लाग्नेछ । मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिन सकिने छ । साँझबाट भने क्रमशः जनव्यवहारमा तपाईको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउन जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुनसक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला । सम्भावित वादविवादबाट बच्नको लागि अत्यावश्यक सरोकार मात्रै राख्नु उचित हुनेछ । संघर्षबाट विचलित नभई स्वकर्ममा तल्लिन रहनाले अप्रत्यासित लाभ हुने पनि देखिन्छ । चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ हुनेछ भने आज तपाईको लागि सूर्य नमस्कारको साधना गर्नु फापसिद्ध हुनेछ ।

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला

बिहान ०६ः२३ बजेदेखि ०७ः५१ बजेसम्म रोग बेला
बिहान ०७ः५१ बजेदेखि ०९ः१९ बजेसम्म उद्धेग बेला
बिहान ०९ः१९ बजेदेखि १०ः४७ बजेसम्म चर बेला
बिहान १०ः४७ बजेदेखि १२ः१५ बजेसम्म लाभ बेला
दिनमा १२ः१५ बजेदेखि १ः४३ बजेसम्म अमृत बेला
दिनमा १ः४३ बजेदेखि ३ः१० बजेसम्म काल बेला
दिनमा ३ः१० बजेदेखि ४ः३८ बजेसम्म शुभ बेला
साँझ ४ः३८ बजेदेखि ०६ः०६ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

  • युवा ज्याेतिष हरि पन्त

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

ताजा समाचार

सन्दर्भः विश्व क्षयरोग दिवस
जीवनशैली

सन्दर्भः विश्व क्षयरोग दिवस

२०७९ चैत्र १० मा प्रकाशित
गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा
Main News 1

गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा

२०७९ चैत्र १० मा प्रकाशित
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत
कास्की

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत

२०७९ चैत्र ६ मा प्रकाशित
बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन
Main News 1

बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन

२०७९ चैत्र ४ मा प्रकाशित
रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित
Breaking 2

रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित

२०७९ चैत्र ३ मा प्रकाशित
पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु
Main News 1

पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु

२०७९ चैत्र ३ मा प्रकाशित

Related Posts

कुनै सामग्री उपलब्ध छैन

सर्वाधिक पढिएका

सन्दर्भः विश्व क्षयरोग दिवस
जीवनशैली

सन्दर्भः विश्व क्षयरोग दिवस

२०७९ चैत्र १० मा प्रकाशित
गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा
Main News 1

गण्डकी सरकार अल्पमतमा, माओवादीले फिर्ता लियो समर्थन, २ मन्त्रीद्वारा राजीनामा

२०७९ चैत्र १० मा प्रकाशित
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत
कास्की

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा पोखरा न्यूजका गणेश बराल सर्वसम्मत

२०७९ चैत्र ६ मा प्रकाशित
बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन
Main News 1

बरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा भव्य अभिनन्दन

२०७९ चैत्र ४ मा प्रकाशित
रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित
Breaking 2

रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित

२०७९ चैत्र ३ मा प्रकाशित
पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु
Main News 1

पोखराको चिप्लेढुंगामा बसको ठक्करबाट युवतीकाे मृत्यु

२०७९ चैत्र ३ मा प्रकाशित

Next Post
तरकारीको विष नागरिकलाई नखुवाऊ

तरकारीको विष नागरिकलाई नखुवाऊ

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Follow us


Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact

© 2017 Gandaki News. All rights reserved.

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • होमपेज
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • अर्थ
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • फोटो फिचर
    • विचार/ब्लग
    • अन्तर्वार्ता
    • अपराध/सुरक्षा
    • कला/साहित्य
    • ग्ल्यामर
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • फोटो फिचर
    • भिडियो
    • राशीफल
    • रोचक
    • रोजगार
    • विचार/ब्लग
    • विज्ञान/प्रविधि
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.