Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘कान्जी हाउसमा भोकभोकै राखिएका स्थानीय गाईगोरु हामी पाल्छौँ’ : पोखरा गौशाला

रञ्जन अधिकारी रञ्जन अधिकारी
2022 June 21 मा प्रकाशित
‘कान्जी हाउसमा भोकभोकै राखिएका स्थानीय गाईगोरु हामी पाल्छौँ’ : पोखरा गौशाला
ShareTweetSend

पालनपोषणमा महानगरबाट सहयोगको अपेक्षा, विभिन्न संघसंस्थादेखि फार्म हाउसको चासो

पोखरा महानगरपालिकाले सडकका छाडा चौपायालाई नियन्त्रणमा लिएर कान्जी हाउसमा लगेर राखेको छ । तर, त्यहाँ रहेका झण्डै डेढ सय गाईगोरु घाँसपानीको अभावले भोकै मर्न बाध्य छन् । न खाने पानीको व्यवस्था नत घाँस पराल नै । दुई दिनअघि सम्म त मरेका गाईगोरुसमेत व्यवस्थापन भएको थिएन ।

पोखरा १४, बाच्छेबुडुवामा अवस्थित कान्जी हाउसको दुर्गतिको भिडियो तस्वीर खिचेका अमृत पोखरेलको सहयोगमा गण्डकन्यूजले समाचार प्रकाशन गरेपछि भोलिपल्टै गोबरको आहाल हटाइएको छ । ३ वटा गाईगोरु मरेको र मर्न लागेको अवस्थामा रहेकोमा मरेका गाईगोरुको व्यवस्थापन गरिएको छ । एउटा रातो गाई मर्न लागेको अवस्थामा अहिले पनि लडिरहेको छ ।

समाचार र भिडियो प्रकाशन प्रसारण भएपछि ३ दिन अघि भन्दा केही सफा पारिएको छ । केही पराल लगेर गाईगोरुलाई खुवाएको देखियो । तर, गाईले खाने घाँसको व्यवस्था भएको छैन । भोलिपल्टै भएका यति काम पनि पोखरा महानगरबाट नभएको स्थानिय बताउँछन् । परोपकार संस्थाका बटुकहरु पुगेर सफा गर्ने, गोबरको आहाल हटाउने काम गरेका हुन् ।

पोखरा महानगरबाट दीगो व्यवस्थापनका लागि कुनै पूर्वाधार तयार भएको छैन भने कर्मचारी व्यवस्थापन पनि भएको छैन । महानगरको फोहोरमैला शाखाकै कर्मचारीलाई हेर्न भनिएको जानकार बताउँछन् । गाईगोरु सबै भोकभोकै आँखाबाट आँशु चुहाएको अवस्थामा देखिन्छन् । कम्पाउण्डमा हरियो भन्ने चीज छैन । वर्षात्को बेला गोबरले हिलाम्मे हुने अवस्था छ ।

पोखरा गौशालाको चासो

पोखरा १५, मझुवामा सञ्चालित पोखरा गौशालाका प्रमुख सञ्चालक नरेन्द्र कुँवरले स्थानीय जातका गाईगोरुलाई आफ्नो गौशालामा आश्रय दिने भन्दै चासो व्यक्त गरेका छन् । कुँवरकै अग्रसरतामा गत वर्ष मंसीर २९ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा संस्था दर्ता गरी पोखरा गौशाला सञ्चालित छ ।

पेशाले कम्प्युटर ईञ्जिनियर कुँवर साढे ३ वर्ष अघि नेपाल फर्किएर अमृत धारा एग्रो अर्गानिक सोलूशन प्रालि सञ्चालन गरेका थिए । यस प्रालिले गाईगोरुको मलमुत्रबाट औषधि, मल, धुप बनाएर बेच्ने काम थालेको थियो । तर, कोरोनाका कारण चलाउन नसकेपछि कम्पनी बन्द गरियो । सोहि पूर्वाधारलाई सदुपयोग गर्दै स्थानियहरु सामूहिक रुपमा अग्रसर भई पोखरा गौशाला संस्था सञ्चालन गरेका हुन् । अहिले पोखरा गौशालामा तीन दर्जन बढी स्थानीय जातका गाई गोरु छन् ।

प्रतिष्ठित टाटा कम्पनीमा कम्प्युटर ईञ्जिनियर रहेको बताउने कुँवर स्थानिय जुरो हुने गाईगोरुको संरक्षणका लागि नेपालमै फर्किएको बताउँछन् । ‘गाईगोरुको संरक्षण पनि हुने र यसको महत्व कति छ भनेर बुझाउन पनि मलमुत्रको व्यवसायिक गतिविधिमा जोडिएको हुँ । गाईको गहुँत प्रशोधन गरी पोखरामा ५०० लिटर विक्री हुन्छ । गाईको मललाई गड्यौला मल बनाएर ५० रुपैंया किलो बेच्न सकिन्छ । जडीबुडी खेती, सिस्नो, लेमनग्रास, रोजमेरी खेती हुन्छ । कोरोनाका कारण नोक्सान भयो, प्रालि सञ्चालन गर्न छाडेँ ।’ कुँवर भन्छन् – ‘भौतिक पूर्वाधारलाई उपयोग गर्दै गौपालन गर्न पोखरा गौशाला मिलेर दर्ता गरेका छौं । गत वर्ष गाईतिहारका दिनबाट सञ्चालन गर्ने गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरियो । गाईको दुध, गहुँतदेखि मलबाट अर्गानिक धुप बत्ती बनाउन सकिन्छ ।’

उनले धार्मिक महत्वसमेत बोकेको गाईगोरुको उपयोगी गुणको महत्व थाहा नपाउँदा कान्जी हाउसमा लगेर भोकभोकै मार्ने काम भएकोमा दुःख पोखे । स्थानीय सरकारले गाईगोरुका लागि बजेट छुट्याउँदै आएको छ तर संरक्षण छैन । हामी संरक्षण गर्छौँ । स्थानीय जातका सबै पाल्छौँ । पालनपोषणमा सहयोग गरे ठूलो हौसला मिल्नेछ ।

पोखरा गौशालाको फेसबुक पेज, टिकटकमा हालिएका भिडियो हेरेर सहयोगी मनहरुले मकै, पराल सहयोग पनि गर्दै आएका छन् । गाईलाई गर्भाधान गराउन गोरुको पालन गरिएको छ । जन्मिएका बाच्छाबाच्छीलाई पूजास्थल समेत लैजाने व्यवस्था गरेको छ । गौशालाको खर्च धान्न गोबर गहुँतका साथै गड्यौंला मलको विक्री, दुध, घिउको उत्पादन पनि धेरथोर भएको कुँवर बताउँछन् ।

विभिन्न संघसंस्थादेखि फार्म हाउसको चासो

गण्डकन्यूजबाट समाचार र भिडियो प्रकाशन प्रसारण भएपछि काठमाण्डौ, रसुवाका फार्महाउसदेखि राजनीतिक दलले पनि चासो देखाएका छन् । राप्रपा कास्कीले महानगरले कान्जीहाउसमा लगेर गाईगोरुलाई मृत्युदण्ड दिएकोमा चासो व्यक्त गरेको छ । प्रवक्ता अरुण गिरीले यसबारे पार्टीमा छलफल चलाइएको बताएका छन् ।

बेगनासतालबाट पर्यटन व्यवसायी दामोदरभक्त थापाले गाईगोरुलाई खुवाउने परालको व्यवस्थापनमा आफूहरु लागिपरेको जानकारी दिएका छन् ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका ३ मा रहेको कृषि तथा पशुपंक्षी फार्मबाट लाक्पा ग्याल्बू लामाले गाई गोरु आफ्नो फार्मसम्म ल्याउन पोखरा महानगरले सहयोग गरोस् भनेर सन्देश छाडेका छन् ।

सम्बन्धित समाचारः

पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]

पोखराको कान्जी हाउसः गाई झार्दै, भोकभोकै मार्दै [भिडियोसहित]

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
गण्डकी क्षेत्र

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
गण्डकी क्षेत्र

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

by राम बहादुर रोकाहा
2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 6 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews