‘मिस ग्रेस पोखरा’को फस्ट लुक सार्वजनिक गरिँदै, १० प्रतियोगीले प्रस्तुति दिने

By: गण्डकी न्यूज - चैत्र ६ २०७७ शुक्रबार १४:११-

पोखरा । ‘मिस ग्रेस पोखरा’ को फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने भएको छ । वियोण्ड इन्टरटेनमेन्टको आयोजनामा हुने उक्त प्रतियोगिताको फस्ट लुक सार्वजनिक गरिने भएको हो ।

अन्तरवार्ता र सोसल मिडिया जजमेण्ट बाट छनोट भएका १० प्रतियोगिहरुले प्रतियोगितामा प्रस्तुति दिने छन् । ग्राण्ड फिनालेको लागि प्रतियोगीहरुलाई चैत्र ७ बाट चैत्र २८ गते सम्म आवश्यक तालिम र अभ्यास गराइने मिस ग्रेस पोखराका कार्यक्रम संयोजक डिजे सस्पोइजनले जनाकारी दिए ।

मिस ग्रेसका प्रतियोगिहरुलाई दक्ष प्रशिक्षकहरुद्वारा विभिन्नि विधामा प्रशिक्षण गराइने कार्यक्रम संयोजक डिजे सस्पोइजनले जानकारी दिएका छन् ।

पोखरामा हुने गरेका अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक बनाउने कार्यकर्म संयोजक सस्पोइजनले बताए। उक्त कार्यक्रमको विजेताले नगद ५० हजार सहित म्युजिक भिडियो र चितवन भ्रमण प्याकेजका साथै अन्य गिफ्ट ह्याम्पर, पुरस्कारहरु प्राप्त गर्ने मिडिया संयोजक कृष्ण न्यौपानेले जनाए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर