‘प्रचण्डलाई बोकेर गाउँ-गाउँ अभिनन्दन गर्दै हिँडियो, गलत बाटो जानुभइहाल्यो’: सांसद पहारी

By: गण्डकी न्यूज - माघ १७ २०७७ शनिबार १७:१८-

नेकपाका युवा नेता एवं गण्डकी प्रदेश सांसद राजिव पहारीले पार्टी एकतापछि निकै उत्साह आएको स्मरण गरेका छन् । प्रचण्डलाई काँधमा बोकेर हिँडेको, गाउँ–गाउँ अभिनन्दन गर्दै हिँडेको, आफ्नै गाउँठाउँको धर्ती पुत्र भन्दै हिँडेको स्मरण गर्दै उनले अहिले प्रचण्डले गलत बाटो समातेको बताए ।

नेकपा ओली पक्षीय एक कार्यक्रममा बोल्दै पहारीले माओवादी र एमाले एकीकरणपछि जनतामा पनि उत्साह थपिएको, कम्युनिष्टले झण्डै दुई तिहाई मत ल्याएको पनि सम्झिए । उनले माओवादी सानो आकारमा रहेपनि झण्डै एमालेकै हैसियतमा एकीकरण गराएको बताए ।

‘स्थानिय चुनावमा माओवादीको हालत के थियो ? प्रतिनिधि, प्रदेश सभामा एमालेसँग मिल्दा कस्तो नतिजा आयो ? तर समानुपातिकमा एमालेले ३१ लाख ल्याउँदा माओवादी १३ लाख थियो ।’ पहारीले भने– ‘तैपनि माओवादीलाई ४५ प्रतिशत भाग दिएर ५५ प्रतिशत एमालेले लिएर पार्टी एकता गरियो । अनि केपी ओली एकता बिरोधी हुन्छ ?’

उनले पार्टी यो अवस्थामा आउँदा दुःख, पीडा, चिन्ताले आँखा रसाएको बताए । ‘हिजो पार्टी एकता हुँदा सोचेका थियौं, अब २५,३० वर्ष कम्युनिष्टले शासन गरेर सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्नेछ । १०–१२ वर्षमा विश्वका विकसित राष्ट्रहरुमा नेपाललाई पुर्याउनेछ । तर भएन ।’ पहारीले भने ।

उनले कम्युनिष्ट फुट्नु नै गलत भएको पनि बताए । पहारीले भने –  ‘काँग्रेसको ज्यादतीले नेपालीले दशकौं पीडा भोगे, कष्ट भोगे, कम्युनिष्ट कार्यकर्ता भएका कारण जागिर गयो, तर अब कम्युनिष्ट आयो, देश विकास हुन्छ भनेका थियौं ।’

 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर