Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ठगी आरोपमा पक्राउ परे जसुदा र सुरेन्द्रमणि, के भन्छ प्रहरी ? (भिडियोसहित)

गण्डकी न्यूज गण्डकी न्यूज
२०७७ पुस १६ मा प्रकाशित
ठगी आरोपमा पक्राउ परे जसुदा र सुरेन्द्रमणि, के भन्छ प्रहरी ? (भिडियोसहित)
ShareTweetSend

पोखरा । गत वर्ष चैत देखि नै ठगीको आरोप लागिरहेका पोखराका जसुदा पौडेल र सुरेन्द्रमणि पौडेल दम्पती अन्ततः पक्राउ परेका छन् । सो समय १० करोड ठगी गरेको आरोप श्रीमती जसुदा पौडेललाई लागेको थियो र उनी सम्पर्कविहीन थिईन् । आफूले पैसा लिएकाहरुलाई छिट्टै रकम फर्काउने आश्वासन दिएर उनी मिडियामार्फत नै सार्वजनिक भईन् । साझेदार कम्पनी स्थापना गरी झण्डै २ करोड रुपैंयामध्ये १ करोड रुपैंया श्रीमान् सुरेन्द्रमणिको खातामा ट्रान्सफर गरेकोमा त्यो पैसा फिर्ता नपाएपछि साझेदारले नै ठगी मुद्धा हालेपछि अहिले श्रीमान् श्रीमती नै प्रहरी हिरासतमा पुगेका हुन् ।

यद्यपी, कानुनी रुपमा भने दुईजना बीच गत माघमा नै सम्बन्ध विच्छेद भइसकेको छ । यसरी नै ठगी रकम श्रीमान्तर्फ सारेर सम्पति जोगाउन श्रीमान् श्रीमतीको डिभोर्स खेल भनेर उतिबेलै मिडियाहरुले लेखिसकेका थिए ।

यो पनि पढ्नुहोस्ः  १० करोड ठगेर पोखराकी जसुदा फरार प्रकरणः के हो वास्तविकता ?

पोखराको गणेशटोल निवासी जसुदा पौडेललाई लुकिछिपी बसेको अवस्थामा प्रदेश १ को खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट माघ २६ गते पक्राउ गरी पोखरा ल्याइएको डिएसपी राजकुमार केसीले जानकारी दिए ।

पोखरा २६ का सुरेन्द्रमणि, श्रीमती जसुदा र रुपन्देही सिद्धार्थनगर १२ का गणेश केसीसमेत भएर जाहेरीकर्ता अमन रेग्मीले पार्टनरशीपमा तेज जेनिया प्रालि नामक कम्पनी स्थापना गरेका थिए । कम्पनीका लागि अमन रेग्मीको नामको जग्गा धितोमा राखेर १ करोड ९० लाख ऋण लिइएको थियो । तर, १ करोड रकम सुरेन्द्रमणिको खातामा पुग्यो । त्यो पैसा फिर्ता नभएपछि दम्पती मिलेर ठगी गरेको थाहा भएपछि अमनले जाहेरी दिएका हुन् ।
जसुदा पौडेलविरुद्ध भने अन्य चेक बाउन्स मुद्दा पनि रहेको प्रवक्ता केसीले बताए । जसुदालाई ७१ लाख ४० हजार बराबरको ३ वटा चेक बाउन्स भएकोमा मुद्धा परेपछि बैंकिङ कसूर शीर्षकमा पनि अनुसन्धान थालिएको छ । जसुदा र सुरेन्द्रमणि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीहरुलाई म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता केसीले बताए । उनका अनुसार जसुदाले धेरै व्यक्तिसँग पनि विभिन्न बहानामा पैसा लिएर चेक दिएको भेटिएको प्रवक्ता केसीले जानकारी दिए ।

पोखराका ब्यापारी र केहि व्यक्तिहरुसंग करोडौं रुपैया संकलन गरेकी जसुदाले फेसबुकमा छोरेपाटन ठेगाना राखेर आफ्नै नामको जसु हर्बल ब्युटी पार्लरकी प्रोपाइटरका रुपमा चिनाएकी छिन् । निकै सौखिन र स्मार्ट देखिने उनले विगत २ वर्षदेखि आफन्त र व्यवसायीसँग २० लाखदेखि २ करोडसम्म रकम लिएको श्रोतले जनाएको छ । यसरी हेर्दा सबै गरी २० करोडको हाराहारीमा उनले पैसा उठाएको आरोप लागेको छ । अहिले त साझेदारले हालेको किटानी जाहेरीको आधारमा मात्रै समातिएको हो ।

जसुदा पौडेलका पति भने आफूसँग सम्बन्ध विच्छेद भईसकेको बताउँदै आएका छन् । तर, सुरेन्द्रमणि जसुदासँग नै बस्दै आएका थिए । साना छोराछोरी भएकाले सँगै बस्नुपरेको बाध्यता रहेको उनी सुनाउँछन् । तर घटनाक्रमले भने ठगी रकम श्रीमानतर्फ सार्ने, श्रीमतीले सम्पूर्ण दोष व्यहोर्ने गरी योजनाबद्ध रहेको बलियो आशंका गर्न सकिन्छ ।

प्राइम सहकारीका डाइरेक्टर रहेका उनले आफू एक कर्मचारी भएको र श्रीमतीले आफ्नो क्षमता भन्दा बढी आर्थिक कारोवार गर्न थालेपछि घरमा विवाद भए पश्चात उनले नै डिभोर्स माग गरेपछि आफूले डिभोर्स दिएको बताउँछन् । आफ्नी श्रीमती बढी महत्वाकांक्षी हुँदा परिवार नै बिचल्ली भएको पौडेलले दोहो¥याउँदै आएका छन् ।

१० करोड ठगी आरोपी जसुदा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’ (भिडियो)

जसुदा (१० करोड) प्रकरणः मिडियासँग माफी मागिन्, श्रीमान् विरुद्ध उजुरी फिर्ता, ‘कारोबार मिलाउँछु’

 

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी
कास्की

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’
कास्की

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

by गण्डकी न्यूज
२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम
कास्की

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]
कास्की

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

by गण्डकी न्यूज
२०८० जेष्ठ २२ मा प्रकाशित
पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला
Breaking 1

पाेखराकाे राजदरबार ‘रत्न मन्दिर’ खुल्ला

by गण्डकी न्यूज
२०८० जेष्ठ १५ मा प्रकाशित
‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण
कास्की

‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण

by गण्डकी न्यूज
२०८० जेष्ठ १३ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

पोखराका विक्रेतासँग दराजको अन्तरक्रिया, डेढ सय सहभागी

२०८० जेष्ठ २३ मा प्रकाशित
‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

‘पोखरामा सांगीतिक साँझ, हुम्लाका विद्यार्थीलाई पढ्न सहज’

२०८० जेष्ठ २३ मा प्रकाशित
विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

विश्व वातावरण दिवसमा ‘ग्रीनफोर्स क्लब–माछापुच्छ्रे’ को रचनात्मक कार्यक्रम

२०८० जेष्ठ २२ मा प्रकाशित
पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

पत्रकार शुद्धिकरणको प्रस्तावक चौतारी हो, दायाँबायाँ नहोस्ः अध्यक्ष बस्नेत [भिडियाेसहित]

२०८० जेष्ठ २२ मा प्रकाशित
भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

भारतको ओडिशामा भएकाे रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० पुग्यो, ९०० बढी घाइते

२०८० जेष्ठ २० मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.