Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सचिन ‘गोरे’ को हत्या गर्ने ‘बेनी काले’ पक्राउ, केटीका कारण झगडा

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 12 मा प्रकाशित
सचिन ‘गोरे’ को हत्या गर्ने ‘बेनी काले’ पक्राउ, केटीका कारण झगडा
ShareTweetSend

– आफैले बोकेको चक्कूले लियो ज्यान
– डल्ली बिहे गर्छु भन्दा हानाहान
– आफै गरेका थिए प्रहरीलाई खबर
– सीसी क्यामेराले पत्ता लाग्यो हत्यारा
– डल्लीसँगै काले र गोरेले खाएका थिए रक्सी
– ट्याक्सीमा पृथ्वीचोक पुगेर चक्कु लुकाएर शव हेर्न फर्केका थिए काले

पोखरा । लेकसाइडमा सोमबार मध्येरात १४ वर्षीय सचिन सिञ्जालीको हत्या गर्ने पक्राउ परेका छन् । उनलाई आफ्नै साथी बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजाले हत्या गरेकाे प्रहरीले जनाएकाे छ । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा अहिले दिउँसो ४ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिदैंछ ।

पाल्पा घर भई लेकसाइडमा आमासँग बस्दै आएका सचिनको चक्कूले घाँटी रेटेर हत्या भएको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शव फेला परेको थियो । प्रहरीले सीसी टिभी क्यामेरा सहायताले केहि घण्टामै हत्यारा पत्ता लगाएको छ । हल्नचोकबाट पामे तर्फ जाने बाटोमा बन्दै गरेको घरमा शव भेटिएको थियो । वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीका अनुसार मुख्य अभियुक्त बेनी काले रहेको र उसले २ जना बालकहरुको नाम समेत जोडेकाले उनीहरुको बारेमा अनुसन्धान भईरहेको जानकारी दिएका छन् । सचिनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ ।

सचिनका बुबा र आमा १२ वर्षदेखि सँगै बस्दैनन् । मृतकका बाबु गोबिन्द सिन्जाली पनि पोखरा नै छन् । उनी लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । मृतक सचिन हजुरआमा र आमासँग नै बस्दै आएका थिए । कहिलेकाहिँ बुबासँग पैसा माग्न जाने गर्दथे । सचिनका दाइ पनि छन् । आमा सुनिता लेकसाइडमै एक स्पा चलाउँदै आएकी छन् ।

यसरी भयो घटना

उनीहरु सडकमै मागी हिड्ने समूहका हुन् । मृतक सचिनलाई गोरे भनेर बोलाइने र म्याग्दी बेनीतिरका भएकाले अभियुक्त कुमारलाई बेनी काले भनेर बोलाइने गरेको प्रहरीले बताएको छ । सोमबार बेलुकीदेखि नै आधा दर्जन जम्मा भएर रक्सी खान थाले । अभियुक्त बेनीकालेसँगै बाहुन भन्ने बुद्ध रिमाल, मोटे भन्ने सुशान्त परियार, सबैभन्दा सानो सुकदेव नेपाली, डल्ली भन्ने सुनिता बसेर रक्सी खाए । १३ वर्षीय मोटे सुशान्त र १० वर्षीय सुकदेव अभियुक्त बेनीकालेको ग्याङको भनेर आफूलाई चिनाउँछन् । यो समूहले डल्लीलाई बेनीकालेको गलफ्रेण्ड भन्छन् । बेलुकी रक्सी खाने बेला मृतक गोरै थिएनन् । मृतक गोरे कहिलेकाहिँ सडक बालकका रुपमा हिँड्ने गरेको थाहा हुन आएको छ । अरुबेला आमासँगै बस्ने र लागूऔषध खान मात्र समूहमा मिसिने गरेको अनुसन्धानमा पत्ता लागेको छ ।

उनीहरु मध्येरात १२ बजेसम्म घटनास्थल सहित विभिन्न ठाउँमा पटक पटक मादक पद्धार्थ सेवन गरेको बयान अभियुक्तले दिएका छन् । बियरदेखि छ्याङ, सस्तो तर स्वास्थ्यका लागि हानिकारक कडा रक्सी बट्टारे समेत पिएको स्विकार गरेका छन् ।

बेलुकीदेखि नै घटनास्थलमा रक्सी खाएर बसेको समूहमा पछि गोरे मिसिए । त्यही क्रममा गोरे र बाहुनको झगडा भयो । २६ वर्षीय बाहुन कुलतमा फसेर हात समेत काटिएको अस्वस्थ छन् । झगडापछि बाहुन पसलतिर हिँडे । त्यसपछि बेनीकाले र गोरे पनि बाहिर निस्के । उनीहरुले दुई बोत्तल बिअर र चुरोट किने । पछि फेरि बन्दै गरेको घरमै फर्किए । साढे १० बजेतिर बेनीकालेकी प्रेमिका भन्ने डल्ली निस्केर गईन् । उनीहरु पनि निस्के ।

राति १२ बजेर १३ मिनेटमा ४ जना पुनः घटनास्थल फर्के । त्यसक्रममा बेनीकाले, गोरे, मोटे र फुच्चे (शुकदेव) थिए । सीसी क्यामेरमा १२ बजेर ४६ मिनेटमा ३ जना बाहिरिएको देखिएको छ । यसबीचमै हत्या भएको थियो । ४ जना रक्सी खाएर टिल्ल थिए । निर्माणाधिन घरमा पुगेपछि गोरेले म बिहे गर्ने हो डल्लीलाई भने । त्यसपछि डल्ली मेरो बुढी हो भन्दै बेनी काले रिसाए । त्यसैक्रममा झगडा भयो । गोरेले सधैं सानो चक्कु बोक्ने गरेको साथीहरुले बताएका छन् । उनले त्यही चक्कुले बेनीकालेको दाहिने खुट्टामा प्रहार गरे । त्यसपछि बेनीकालेले लडाएर घोप्टो पारी चक्कूले घाँटी रेटे ।

१३ वर्षीय मोटे र १० वर्षीय फुच्चे आफूहरु सुतेको बयान दिएका छन् । तर, अभियुक्त बेनी कालेले भने दुई जनाले हातखुट्टा समाएर आफूले चक्कूले घाँटी रेटेको बयान दिएका छन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । मोटेले खस्याकखुसुक गरेपछि आफू ब्युझिएको बताएका छन् । बेनी कालेले मारिसकेको र रगत बगिरहेको देखेपछि फुच्चेलाई हामी भागम् भन्दा बेनीकालेले तिमीहरु कसैलाई भनिस् भने म मार्दिन्छु भनेको मोटेको बयान छ । बेनी कालेसँग यहाँ बयान बाझिएको छ ।

हत्या गरेपछि बेनीकाले, मोटे र फुच्चे हल्लनचोकमा पुगेर ट्याक्सी लिएर पृथ्वीचोक पुगेर सब्जीमण्डी नजिकैको दमकल राख्ने ठाउँमा गएर चक्कू लुकाए । त्यसपछि, पुनः घटनास्थलमा पुगेर हेर्दा गोरे मरिसकेको देखे । उत्तानो पारेर सुतेको जस्तो बनाएर बेनी काले फर्किए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले ४ जना पसेको, ३ जना निस्किएको, १ घण्टाबीचमा बेनीकाले पुनः घटनास्थल गएको, फर्किएको सबै सीसी क्यामेरा रेकर्डमा देखिएको बताए । तर, बेनी काले आफै प्रहरीलाई खबर गरेर झुक्याउन खोजेका थिए ।

मरेको भेटिएपछि बेनी कालेले एउटा ट्याक्सी ड्राइभरलाई मेरो साथी त्यो घरमा त्यस्तो अवस्थामा छ, हस्पिटल लैजाउँ भनेर भने । पुलिसलाई खबर गर्न भनेपछि ट्याक्सी ड्राइभरकै नम्बरबाट १०० मा फोन समेत गरे । तत्काल प्रहरी घटनास्थल पुग्यो । त्यसबेला राति साढे २ बजेको थियो । बेनी कालेले नै घटनास्थलसम्म प्रहरीलाई लगेका थिए । उनले बाहुनले मारेको भनेर प्रहरीलाई ढाँटेका थिए । तर, सीसी क्यामेरामा राति ९ बजेपछि बाहुन देखिएनन् । प्रहरीले आधा दर्जनलाई नियन्त्रणमा लिएर केरकार गर्दा बेनी काले कुमार गर्बुजाको संलग्नता देखियो ।

कुमार गर्बुजा होइनन्, दर्जी भएको खुलासा, प्रहरीलाई सार्वजनिक गर्नै हतारो

सचिनको हत्यामा संलग्न कुमार गर्बुजा भनेर प्रहरीले केहि घण्टामै सार्वजनिक गरेको थियो । तर, हत्यारा समातेको हर्षमा हौसिएको प्रहरी अभियुक्तको वास्तविक नाममै चुकेको छ । कास्की प्रहरीले छिटो घटना सार्वजनिक गर्ने नाममा गलत सुचना दिएर अनुसन्धान माथि नै प्रश्न चिन्ह समेत खडा गरेको छ । ‘बेनी काले’ भनिने भनेर कुमारको घर बेनी हुन सक्ने सुरुमा आशंका समेत गरिएको थियो । तर पछि पर्वत भन्ने पत्ता लागेको थियो ।

हत्याका मुख्य अभियुक्त कुमार गर्बुजा भनि सार्वजनिक गरेको थियो । तर, कुमारको वास्तविक थर गर्बुजा नभई दर्जी (परियार) भएको खुलासा भएको छ । कास्की प्रहरीले अभियुक्त्तको भनाईलाई मात्र आधार मानेर उनका आफन्त तथा सम्बन्धित जिल्लाका प्रहरीसँग समेत समन्वय नगरी गलत सूचना प्रवाह गरेको थियो । आमाको थर गर्बुजा भनेर ढाकछोप गर्न खोजिएपनि कुमारकी आमा गर्बुजा नभई चमेली दमाई हुन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews