Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा शिवालयचोकमा फिल्मी शैलीमा चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ !

चोरले ट्वाइलेटमै थुनिदिए, तेस्रो घरमा चोरी भएपछि मात्र चोर पसेको पत्तो

रञ्जन अधिकारी रञ्जन अधिकारी
२०७५ भदौ १८ मा प्रकाशित
पोखरा शिवालयचोकमा फिल्मी शैलीमा चोरी, चोर भनेका व्यक्ति नै ‘प्रहरी’ !
ShareTweetSend

पोखरा । घरमा चोरी भयो भने पीडितले प्रहरी गुहार्छन् । प्रहरी चोर पक्रन तर्फ लाग्छ । तर नागरिकले चोरी गरेकै प्रहरी भन्दै नियन्त्रणमा लिएर ‘यही हो चोर’ भनेर बुझाएपछि प्रहरीलाई कति अफ्ठ्यारो पर्ला ? पोखरामा सोमबार यस्तै भयो ।

पोखरा शिवालयचोकमा भएको यो घटनामा चोर समात्ने प्रहरी आफै चोर ? भन्ने मात्र आश्चर्यको कुरा छैन, चोरले शौचालय पसेकालाई बाहिरबाटै चुलुक लगाएको, तीन घरमा एक पछि अर्को चोरी भएकोमा दुई घरले चोर भनेर समातिएपछि मात्र थाहा पाएको, चोरिएका सामान जस्ताको तस्तै चौरमा फेला परेको कुराले पनि आश्चर्यचकित बनाएको छ ।

स्थानीय आफूहरुले नियन्त्रणमा लिएको व्यक्ति नै चोर भएको ठोकुवा गर्छन् भने प्रहरी अधिकारीहरु यसलाई मान्न तयार छैनन् । मर्निङ वाक गर्ने क्रममा थकाई लागेर चोरिएकै घरको पेटीमा बस्दा चोर भन्दै लखेटेपछि आफू भागेको ति आरोपित प्रहरीको भनाई उद्दृत गर्दै प्रहरी अधिकारी बताउँछ ।

तर, कालो टिसर्ट र हाफ पाइन्ट लगाएको व्यक्तिले चोरेको देखेको पीडितहरुको भनाई छ । जुन उनीहरुले नियन्त्रणमा लिएका प्रहरीसँग ठ्याक्कै मिल्ने भएकाले चोर नै ति प्रहरी रहेको स्थानीयवासी एक स्वरमा बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई सम्पर्क गर्दा फोन उठेन । प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले यसबारे अपडेट भइनसकेको जानकारी गराउँदै वडा प्रहरी कार्यालय बैदाममा सम्पर्क गर्न अनुरोध गरे । कार्यक्षेत्र रहेका बैदाम कार्यालयका प्रमुख डिएसपी नविन कार्कीसँग बुझ्दा चोर भनेर पुष्टि नभएको प्रतिक्रिया दिए ।

उनले घटनामा संलग्न रहेको खण्डमा जो हुन्, समान तबरले कानुनी कारबाहीमा ल्याउने प्रतिक्रिया दिए । ‘प्रहरी भनेर अपराध जन्य गतिविधिमा लाग्नेलाई छुट हुँदैन । तर, प्रमाणित हुनुप¥यो ।’ उनले भने– ‘स्थानीयले चोर भनेर नियन्त्रणमा लिएका प्रहरीले मर्निङ वाकका क्रममा थकाई लागेर बस्दा एक्कासी चोर भनेर लखेटेपछि भागेको बयान दिएका छन् । उनी नै चोर भएको कुनै प्रमाण अहिलेसम्म भेटिएन । चोरिएका सामान पनि साथमा छैन । प्रहरीको बदनाम हुने गरी प्रस्तुत हुन भएन । हामी चोर जो हुन्, कसैलाई छुट दिँदैनौं ।’

दुई दिन लगातार एकै स्थानमा चार घरमा चोरी भयो । पहिलो दिन आईतबार दिउँसो ३ तोला सुन र ६० हजार रुपैंया चोरी भयो भने दोस्रो दिन सोमबार बिहान सँगैका तीन घरमा एक पछि अर्को गरी चोरी भएको भेटियो ।

गण्डक न्युजका लागि देव वीर विक्रम बस्नेत ले पीडित परिवारसँग घटनाबारे जानकारी लिएका छन् । यस्तो छ घटना विवरणः

२०७५ भदौ १८ गते सोमबार

घटना १ः

पोखरा शिवालयचोक स्थित घरमा वर्षा गुरुङ आफ्नी साथी स्वेच्छा सुवेदीसँग सुतिरहेकी थिईन् । बिहान साढे ५ बजेतिरको समयमा उनकी ठुली दिदी ट्वाईलेट गईन् । केहि समयपछि एक व्यक्ति घरभित्र पसे । सबेरै वर्षाले सोहि घरमा बस्ने अर्को अंकल ठानिन् । अलिअलि उज्यालो भएपनि कालो टिसर्ट र हाफ पाइन्ट लगाएको उनलाई पत्तो छ । एकैछिनमा ट्वाईलेटमा थुनिएकी उनकी ठुली दिदीले ढक् ढक् गरिन् । कसले चुकुल लगायो ? सबै अचम्ममा परे । पछि थाहा भयो, घरमा चोर पसेछ । किताब सहित स्कूल ब्याग र एक हजार पैसा गायब ।

घटना २ः

वर्षाको ३ घर उता वृद्धा दिलमाया क्षेत्रीको घर छ । दिलमाया विहानै उठेर नुहाउन पसिन् । फर्कदाँ नौ हजार पैसा राखेको ब्याग गायब । ब्याग ढोका पछाडि थियो । ब्यागमा पेन्सन पट्टा लगायतका सामान थियो । यो यस्तै साढे ५ बजेतिरको घटना हो ।

घटना ३ः

सँगै रहेको घरमा बस्ने बृद्धा कोपिला थापा मगरको एउटा खुट्टा राम्ररी चल्दैन । पौने ६ बजेतिर उनी शौचालय पसेकी थिईन् । निस्कँदा आफ्नो घरमा चोर पसेको उनले थाहा पाईन् । ब्याग र पर्स चोरेको भन्दै उनले त्यसपछि चोर चोर भन्दै हल्ला गरिन् । यसअघि चोर पसेका दुई घरकाले पनि चोर लागेको बल्ल थाहा पाए । कोपिलाका घरभेटी छोरा अशिम भट्टराई घर बाहिर निस्के र कालो टिसर्ट हाफ पाइन्ट लगाएका व्यक्ति देखिए । अरु स्थानीयले पनि घेरा हाले । सो व्यक्तिलाई नियन्त्रणमा लिएपछि आफू प्रहरी भएको र मर्निङ वाक गर्ने क्रममा आइपुगेको बताए । प्रहरी आएर उनलाई लिएर गए ।

अघिल्लो दिन

२०७५ भदौ १७ गते, सोमबार

शिवालयचोकमै बलराम पुरीको घरमा दिनदहाडै चोरी भयो । मध्यान्ह १२ बजेदेखि सवा १२ बजेको समयमा चोर पसेर उनको तीन तोला सुन र ६० हजार रुपैंया ढोका नै फोडेर चोरी भएको उनी जनाउँछन् । कम्प्युटर ईञ्जिनियर रहेका पुरी र श्रीमती देवकुमारी गिरी बाहिर थिए । उनीहरुका १७ वर्षीया छोरी नेहा र उनीभन्दा सानो छोरा समेत नभएको बेला घर फोडियो । सिसि टिभी क्यामेरा फुटेजमा सेतो निलो टिसर्ट लगाएका पुरुष व्यक्ति घरमा छिरेको देखिएको छ ।

सोमबार विहान मात्र पुरुष व्यक्ति नियन्त्रणमा लिइएपछि स्थानीय र प्रहरीको भनाई बाझिन पुग्यो । सोमबार चोरिएका ब्यागहरु ९ हजार रकम सहित नजिकैको ग्राउण्डमा भेटिए । ब्यागबाट कुनै पनि सामान झिकिएको थिएन । लेखनाथमा बस्ने बताउने ति प्रहरीको नाम स्थानीयलाई थाहा छैन । प्रहरीले पनि चोर नभएकाले परिचय नदिने प्रतिक्रिया दियो । अनुसन्धान प्रक्रियामै रहेको प्रहरीको भनाई छ । स्थानीय सोहि हुलिया समेत मिलेकाले प्रहरीले चोरेको भन्ने तर प्रहरी सामान उनको साथमा नरहेकोले चोर होइन भन्दै परिचय समेत दिन नमान्ने । फिल्मी कथाजस्तो आश्चर्यजनक घटना ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]
Main News 1

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० अशोज ३ मा प्रकाशित
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]
Main News 1

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

by गण्डकी न्यूज
२०८० भदौ ३० मा प्रकाशित
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना
Breaking 2

‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

by गण्डकी न्यूज
२०८० भदौ २९ मा प्रकाशित
तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]
कास्की

तीन यात्रु लिएर पोखरा आएको ड्रुक विमान ४२ जना लिएर भुटान फर्कियो [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० भदौ २३ मा प्रकाशित
गण्डकी एकेडेमीमा शिक्षकले कुट्दा बालकको हात भाँचियो, उल्टै शिक्षिकाले चोरको आरोप लगाइन्
अपराध/सुरक्षा

गण्डकी एकेडेमीमा शिक्षकले कुट्दा बालकको हात भाँचियो, उल्टै शिक्षिकाले चोरको आरोप लगाइन्

by रञ्जन अधिकारी
२०८० भदौ २२ मा प्रकाशित
बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]
कास्की

बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]

by गण्डकी न्यूज
२०८० भदौ २१ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

२०८० अशोज ३ मा प्रकाशित
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

२०८० भदौ ३० मा प्रकाशित
पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

२०८० भदौ ३० मा प्रकाशित
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

२०८० भदौ २९ मा प्रकाशित
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

२०८० भदौ २८ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.