Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रदेश नं. ४: गण्डकी प्रदेश

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 22 मा प्रकाशित
गण्डकीका दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज, अबदेखि प्रदेशभरीकै पाइने
ShareTweetSend

नेपाललाई ७ प्रदेशमा विभाजन गरे पश्चात् अहिले यतिखेर प्रदेशको नाम के राख्ने भन्ने विषयमा वैशाख ३ गतेबाटै जिल्लाजिल्लामा धारणा बुझ्ने अन्ततः संकलित जनमतलाई प्रस्तुत गर्दै प्रदेशको नाम दिने अन्तिम तयारी प्रदेशसभाले गर्दैछ। प्रदेशको राजधानी तोकिसकिएको अवस्था छ तर पनि जनमत लिन जिल्लाजिल्लामा छलफल गरिदैंछ। प्रदेश नम्बर ४ को नामाकरण र स्थायी राजधानी कुन स्थानमा बनाउने भन्ने प्रमुख विषयसूची रहेको छ।

प्रदेश नम्बर ४ अन्तर्गत ११ जिल्लाहरु गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहेका छन्। नेपालमा १४ वटा ८ हजार मिटरका हिमालय भएकामध्ये ३ वटा हिमाल धवलागिरी (म्याग्दी), अन्नपूर्ण (कास्की) र मनास्लु (गोरखा) यसै प्रदेशमा छन्। त्यसरी नै कृषि, जडीबुटी, खानी उत्खनन, उर्जा विकास, धार्मिक पर्यटकीय गन्तव्य, साँस्कृतिक विविधता, अन्तर्राष्ट्रिय विमानस्थल समृद्धिका आधार भएको हुँदा यस अवस्थामा साँस्कृतिक, भौगोलिक, सामाजिक आदि दृष्टिले उपयुक्त नाम खोज्नु आजको आवश्यकता हो। पहिचानको बलियो आधार प्राकृतिक स्रोत मानेर सर्वमान्य र स्थायी प्रकृतिको नामाकरण गरिएमा कुनै दुर्इ मत हुने छैन।

पर्यावरणीय मतः

कुनै पनि प्रदेशमा रहेको जीवजन्तु तथा वनस्पति र वरपरको वातावरणको अन्तर सम्बन्धलाई पर्यावरण भनिन्छ। यसमा जैविक (जीवजन्तु तथा वनस्पति) र अजैविक (खोलानाला, पहाड, हावापानी आदि) को प्रमुख भूमिका रहन्छ। स्थान अनुसार नदीनालाका स्वरुप र जीवजन्तु तथा वनस्पतिको अवस्था पनि फरक हुन्छन्। प्रदेश नम्बर ४ हिमाली क्षेत्रदेखि तराईको क्षेत्रसम्म फैलिएको हुँदा यस क्षेत्रमा लामा र छोटा दूरीमा बगिरहने नदीका प्रकृति एकदमै फरक खालका छन्। थुप्रै नदीहरु मध्ये मुख्यतः ७ वटा नदीका स्वरुप एकदमै पृथक छ।

कालीगण्डकीको जल अन्य कुनै पनि नदीहरुसित मिल्दैन नत त्यहाँका खोलामा पाइने ढुंगालगायत अन्य खनिज तत्त्वहरु नै समान छन्। अरु क्षेत्रमा नपाइने शाल्रि्राम कालीगण्डकीमा पाइन्छ। यस नदीको बहाव, बिस्तार, रंग, पानीको मात्रा, लम्बाइ, क्षेत्रफल आदि जस्ता रासायनिक तथा भौगोलिक बनावट भिन्न छ। सेतीनदीको आफ्नैपन छ भने अन्य यसभन्दा पश्चिमतिरका नदीहरुको भौतिक, रासायनिक तथा भौगोलिक अवस्था अर्कै खालको छ। नदीपिच्छे भिन्न गुण बोकेका यी जलका छुट्टै महत्त्व छ भने ढुंगा तथा वालुवाको अवस्था फरक छ। त्यसरी नै मस्र्याङ्दी, मादी, त्रिशूली, दरौदी र बूढीगण्डकीको भौतिक र रासायनिक विश्लेषण नै बेग्लै छ। यी हाम्रा बहुमूल्य सम्पदा हुन्।

प्राकृतिक रुपले नेपाललाई सन् १९७२ मा स्टेन्टनले तीन पर्यावरणीय क्षेत्रमा विभाजन गरिदिएका छन्। यस अनुसार मध्य नेपालको सिमाना ८३ ड्रि्री देशान्तरदेखि ८६ ड्रि्री ३ मिनेटसम्मको क्षेत्र रहेको छ। यस अन्तर्गत पश्चिममा बाग्लुङ र पूर्वमा धादिङसम्मको बीच भागलाई जनाउछ। यसभन्दा पूर्व मेचीसम्मको भाग पूर्र्वी नेपाल हो भने बाग्लुङभन्दा पश्चिमी क्षेत्र पश्चिमी क्षेत्र हो। पूरै नेपाललाई पूर्र्वी, मध्य र पश्चिमी भागमा विभक्त गरिएको छ।

पूर्वी नेपालमा पाइने वनस्पतिहरु अत्यन्तै हराभरा र घना छन्। वन्यजन्तुहरु पनि प्रशस्त मात्रामा छन्। ठूलाठूला डाडाकाँडा तथा जलस्रोतहरु अत्यन्तै भएकोले धेरै प्रकारका विशेषता पूर्र्वी नेपालका वनजंगलमा पाउन सकिन्छ। यस्तो अवस्थामा पर्यावरणविद् तथा प्राध्यापक डाक्टर चन्द्रबहादुर थापा भन्छन्, ‘प्रदेश नम्बर ४ क्षेत्रको नदीनाला, माटो, जलवायु आदिलाई हेर्दा प्रकृत्रि्रदत्त जल र स्थान बोधक प्रचलित नाम गण्डकी भएकोले यसैको नामबाट नै गण्डकी प्रदेश राख्नु उचित हुन्छ।’ अझ उनी भन्छन्, ‘सप्तगण्डकी भन्न पनि सकिन्छ तर छोटोछरितो शब्दको चयन गर्दा गण्डकी प्रदेश नामाङ्कन सबैका लागि मान्य हुन्छ।’

शास्त्रीय मतः

हिमालय पर्वतसित धेरै देवीदेवताका प्रसङ्गहरु उल्लेख गरिएको पाइन्छ। भगवान शिवलाई देवतामा सवोर्च्च देवताको रुपमा पूजा गर्ने, आराधना, साधना र उपासना गर्ने गरिन्छ। जीवजीवात्मालाई मोक्ष गराउने, दुःखबाट पार लगाउने, शिवको महिमा र गरिमा अनन्त छ। हिमालय क्षेत्र भएर बग्ने नदीहरु अत्यन्तै पवित्र हुन्छन्। वराहपुराणमा उल्लेख भए अनुसार मुक्तिनाथ क्षेत्रमा प्रजापिता सृष्टिको प्रारम्भमा पहिलो पटक विराट यज्ञ सम्पन्न गर्दा विष्णु जलको रुपमा र शिव अग्निको रुपमा उत्पन्न भएका थिए तसर्थ मुक्तिनाथ क्षेत्रलाई महान् तीर्थ मानिन्छ। प्राकृतिक स्रोतको प्रमुख आधार मानिएका हिमशृंखलाबाट उत्पत्ति भएका गंगा (नदी) मा शक्ति भरिपूर्ण हुने विश्वास छ। ग्रन्थहरुमा गंगा स्नानले पाप नष्ट गर्दछ भनिएको छ।

मुक्तिनाथ, गलेश्वर, विन्ध्यवासिनी, गोरखकालिका दिव्य शक्तिपीठहरुको भ्रमण दर्शनीय छ। तीर्थस्थलको महिमालाई वैज्ञानिक रुपमा पनि सिद्ध गर्न सकिन्छ। हिमालय, पहाडी क्षेत्रमा देवीदेवताको निवास हुनु टे्रकिङ गर्नुले स्वास्थ्यकर शरीर प्राप्त हुनु पनि उत्तिकै महत्त्वपूर्ण कुरो छ। शक्ति पीठ हिमालय क्षेत्रबाट स्खलित भएर बगेका यी नदी महान छन्। यी कहिलै सुक्दैनन्, अविराम गतिले निरन्तर बगिरहन्छन्। संस्कृतिविद् प्राध्यापक जगमान गुरुङ प्रदेशको नामाकरण गर्दा नदीको बिस्तारित क्षेत्र शब्द (गण्डकी/सप्तगण्डकी) बाट हुनुपर्ने। उनी भन्छन्, ‘पहिले गण्डकी शब्दले ४ वटा अञ्चललाई प्रतिनिधित्व गरे पनि धौलागिरीलाई छोडेर गण्डकी अञ्चलका जिल्लालाई मात्र लिइएको थियो। अहिले पुनः संयोग परेको हुँदा गण्डकी नाम दिएर समेट्नु उपयुक्त हुन्छ।’

हिमवत् पुराणमा उल्लेख भए अनुसार पार्वतीले तपस्या गर्दा पसिना निस्क्यो। त्यस पसिनाको कुण्डमा गण्ड नामक ऋषिले स्नान गरेका हुँदा यस क्षेत्रको गण्डकी नामाकरण भएको हो भन्ने भनाइ रहेको छ। त्यसरी नै गण्डकीमहात्म्यमा उल्लेख भए अनुसार शिवजीको गण्ड (कञ्चट) बाट पसिनाको स्वरुप नदी फरकफरक नदी बनेको हुँदा यी नदीहरुका नाम गण्डकी भएको हो। नदीका अधिकांश नामाकरण मगर भाषाबाट भएको पाइन्छ। डि वा दि को अर्थ पानी भन्ने हुन्छ। हाम्रा अधिकांश नदीका नामका पछाडि यही अक्षर जोडिएको छ जस्तो कि चरौंदी, मादी, मस्र्याङ्ग्दी, गण्डकी आदि।

तीर्थस्थल (हरिहर क्षेत्र):

नेपालको पश्चिमोत्तर क्षेत्रलाई स्कन्दपुराण, वराहपुराण, श्रीमद्भागवतमहापुराण, भविष्यपुराण आदिले भगवान शिवको निवासस्थानलाई हरिहर क्षेत्र मानेको छ। हरिहर क्षेत्रका सप्तनदी धर्मधारा (त्रिशुली), यशोधारा (बूढीगण्डकी, विश्वधारा (दरौंदी), शीतप्रभा (मस्र्याङ्दी), रत्नधारा (मादी), सुवर्णधारा (सेतीगण्डकी) र कृष्णभा (कृष्णागण्डकी) ले सिञ्चित क्षेत्र हो। त्रिशुली नदीको उद्गमस्थल गोसाइँकुण्ड (गोस्वामी) देखि कृष्णागण्डकीको उद्गमस्थल मुक्तिनाथ क्षेत्र हुँदै दामोदर कुण्डसम्मको भूभाग र दक्षिण नवलपरासी जिल्लास्थित त्रिवेणी -गजेन्द्रमोक्षधाम) सम्मको क्षेत्र भू-बैकुण्ठ लोक भएको कुरा धर्मशास्त्रमा छ। मानव जीवनमा तीर्थको अत्यन्तै महत्त्व छ। यो क्षेत्र यही प्रदेश नं ४ नै हो।

भौगोलिक नदीनालाः

पश्चिममा काली गण्डकी र पूर्वमा अरुण नदी बीचमा धेरै नदीहरु छन्। यी सीमानासाँधका क्षेत्रलाई भौगोलिक हिसाबले मध्य नेपाल मानिएको छ। तर हालको संघीय लोकतान्त्रिक राज्य व्यवस्थामा प्रदेशको सीमालाई पूर्वमा गोरखादेखि पश्चिममा मुस्ताङसम्म विभिन्न प्रकारका नदीहरु उत्तरदेखि दक्षिणसम्म बिस्तारित भएर बगेका छन्। काली गण्डकी दक्षिणतिर प्रवाहित हुने क्रममा नवलपरासीसम्म फैलिएर नारायणी नदी मिलेको पाइन्छ। सात ओटै गण्डकीहरु यस क्षेत्रमा अटुट रुपमा प्राचीनकालदेखि नै अस्तित्वमा आएका हुन्।

नेपालको मुख्य तीन नदीहरु छुट्टयाउँदा सप्तकोशी, गण्डकी र कर्णली नदीको आधारमा विभाजन गरिएको छ। गण्डकी क्षेत्रले त्रिशुली, दरौंदी (गोरखा), बूढीगण्डकी, मस्र्याङ्दी (मनाङ, लमजुङ आदि), सेती (कास्की), मादी (तनहुँ), कालीगण्डकी -मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङ्जा, नवलपरासी आदि) नदी भएका भूभागलाई जनाउँछ। भूगोविद् कृष्ण केसी भन्छन्, ‘हिमालय भएर कोही पहाड, कोही तराईमा आआफ्नो सुविधा अनुसार मानव सभ्यता झरेझै नदी वा हिमालयका नामबाट प्रदेशको नाम राख्नु उचित छ।’

संक्षेपमा भन्दा हाम्रो प्रदेशको नामले स्थानको पहिचान दियो कि दिएन भन्ने महत्त्वपूर्ण हुन्छ। यो साँस्कृतिक, भौगोलिक, सामाजिक, राजनैतिक सीमा आदिको बोधक पनि हो। त्यसैले प्रदेश नम्बर ४ का लागि त गण्डकी शब्द पर्यायवाची भने पनि हुन्छ। तसर्थ यो गण्डकी प्रदेश सर्वजनको लागि विवादरहीत नाम पनि हो।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
Breaking 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

by राम बहादुर रोकाहा
2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
Breaking 2

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
Main News 1

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
Main News 1

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

by राम बहादुर रोकाहा
2026 March 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
Main News 1

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 2

६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा

2026 March 22 मा प्रकाशित
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ

2026 March 22 मा प्रकाशित
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो

2026 March 21 मा प्रकाशित
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु

2026 March 21 मा प्रकाशित
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य

2026 March 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews