Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘छोराछोरी विदेश पठाएर प्रत्येक घर वृद्धाश्रम । खै धर्म, संस्कृति ?’ – नेपाल केशरी डा. मणिभद्र मुनीजी महाराज

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
‘छोराछोरी विदेश पठाएर प्रत्येक घर वृद्धाश्रम । खै धर्म, संस्कृति ?’ – नेपाल केशरी डा. मणिभद्र मुनीजी महाराज
ShareTweetSend

पोखरामा शनिबार बिहानै पूर्व भिआईपीहरु साधारण भेषमा देखिए । उनीहरुले आतिथ्यता गरेको साधारण कार्यक्रम भएपनि विशिष्ट ज्ञान र प्रवचनले ओजदार बन्यो ।

मानव मिलन संस्था, पोखराले गरेको चातुर्मास समापन समारोहमा पोखरा एयरपोर्ट स्थित जैन स्थानक भवनमा नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झा, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीका साथ नागरिक अगुवा डा. सुन्दरमणि दिक्षित कार्यक्रममा सहभागी भए ।

डा. दिक्षितले नेपालको धर्म संस्कृतिको अवस्थाबारे दिल खोलेर असन्तुष्टि व्यक्त गर्दा प्रवचन दिने तयारी गरेका मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनीजी महाराजले पनि देशको तीतो राजनीतिक अवस्था, नेताहरुका कर्मबारे असन्तोषका पोका खोले । झा र रेग्मी भने राजनीतिक तिक्ततातर्फ मोडिएनन्, अध्यात्मका बारेमा आफ्ना कुरा राखे ।

भूकम्पका बेला गाउँ गाउँ पुगेर सहयोग गरेको मानव मिलन संस्थाका संस्थापक मणिभद्रजीले आज नेताहरुका कारण देश बिग्रेको हाक्काहाक्की सुनाए । यसमा हामी पनि उत्तिकै जिम्मेवार भएको भन्दै अब हाम्रो धर्म र संस्कृतिका बारेमा गम्भिर हुन नसके नेपाल नै नरहने खतरा औंल्याए । ‘नेपालको माटोमा जन्म लिईसकेपछि पहिले नेपाली हुन सिक्नुस् । त्यसपछि हिन्दु, बौद्ध, जैन हुनुहोला । ओमकार परिवार एक हुन् ।’ उनले भने– ‘कोहि पनि नेपाली हुन नसकेरै यस्तो भयो । हिन्दु राज्य बनाउने भन्नेहरु चुप लागेर बसे हिन्दु राज्य आफै हुन्छ । हिन्दु राज्यका नाममा राजनीति गर्नेहरु जनताले बुझिसके ।’

उनले देखासिकी र पैसा कमाउने आशमा आफ्ना छोराछोरी विदेश पठाएर यहाँ मर्नेबेला कसकैको साथ नपाउनु दुःखद अवस्था आईसकेको बताए । ‘छोराछोरी विदेश जान्छन् । वर्षौं उनीहरुको भाषा, संस्कृति पढ्छन् । उतै हराउँछन् । मणिभद्रजीले भने– ‘सबैभन्दा सस्ता मान्छे नेपाली भए । राष्ट्रियता खै ? हाम्रो भाषा, संस्कृति अब के हुन्छ ?’ उनले मुलुकका गद्धारहरुबाट नै नेपालमा खतरा रहेको उल्लेख गरे ।

आफू १४ वर्षको उमेरमा भारत पसेर ज्ञान बोकी मानवकल्याणको उद्देश्यका साथ आफ्नै ठाउँमा फिरेको, ४५ वर्षपछि त्यहाँबाट सन्तहरुलाई नेपाल फर्काउन सकेको जनाउँदै उनले १० मिनेटमा भारतीय नेताले बोलाउँदा दगुर्ने नेताहरु ज्ञानगुनका कार्यक्रममा, जनताका दुःख बुझ्न कहिल्यै समय नहुने बताए । उनले यसो भनिरहँदा दिक्षित ताली ठोकिरहन्थे । झा र रेग्मी गम्भिर मुद्रामा सुनिरहन्थे । मणिभद्रजी महाराजले चार महिनासम्म अनवरत आफ्नो प्रवचन सुनेकोमा आभार व्यक्त गर्दै मानवकल्याण सोचका साथ अघि बढ्न, हिंसा नगर्न, अरुको कुभलो नसोच्न आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता समेत गरिरहेका पूर्व उपराष्ट्रपति झाले अध्यात्मले नै जीवनलाई सुन्दर बनाउने, मानव कल्याणमा समर्पित हुनुपर्ने बताए । चातुर्मास शुभारम्भ नै उनीअबाट भएकाले समापनमा पनि झा नै कार्यक्रमको अध्यक्षका रुपमा आसिन थिए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा आमन्त्रित मन्त्रीपरिषद् पूर्व अध्यक्ष रेग्मीले स्याङ्जाको दुर्गम गाउँमा जन्मेर पनि नेपालको सपुत बन्न सफल मणिभद्रजीले देखाउने मार्ग सही भएको बताए । ईण्डोनेशियाको बालीमा पुराधन धर्म, संस्कृति, मठ मन्दिर अझैसम्म जोगाएर राखिएको दृष्टान्तप्रस्तुत गर्दै उनले नेपालमा भने विकासका नाममा विनाश, सबै पुराना संरचना हटाउँदै संस्कृतिविहीन बनाईन लागेको दुखेसो पोखे ।

डा. दिक्षितले मिसिनरी सक्रिय हुँदा विकासका नाममा क्रिश्चियन धर्मले यहाँ आक्रमण गरेको बताए । ‘हाम्रो धर्म संस्कृतिमाथि प्रहार भएको छ । हाम्रो चातुर्मासमा हिन्दु मात्रै छौं । उनीहरुले आफ्नो बाहेक बोलाउँछन् । डलर दिएर धर्म किन्छन् ।’ – डा. दिक्षितले भने– राजनीतिज्ञ भन्नेहरु डलरमा बिक्छन् । गुप्त क्रिश्चियनहरु हुन् । गीताको गलत व्याख्या नगरौं । हिन्दुहरु उदारवादी हुँदा नक्कली हिन्दु नेताहरुले जे जे गरेपनि हामी मानिरहेका छौं ।’ पशुपतिनाथको लिंग अब म्युजियममा जाने वेला आईसकेको भन्दै डा. दिक्षितले नेपालीहरु पनि डलरको भोका भएकाले यसरी आफ्नो धर्म बेचेको बताए ।

कार्यक्रममा समाजसेवी लिलाभक्त आचार्य, बाग्मती सफाई अभियन्ता किशोर शाही, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, मानव मिलन संस्था पोखराका अध्यक्ष रेशमराज सुवेदी, मानव मिलन नारी जागरण नेपालका उपाध्यक्ष कमला गिरी, संस्था स्यांग्जाका अध्यक्ष नारायण प्रसाद पौडेल, नेपाल जनता पार्टीका केन्द्रिय महासचिव खेम आचार्य, केन्द्रिय बाल कल्याण स्रोत व्यक्ति बद्री प्रसाद वाग्ले, विश्व हिन्दु महासंघ नगर महिला सचिव रमा ढकाल, मानव अधिकार शान्ति समाज, कास्की अध्यक्ष धिरज थापा, नेपाल जैन परिषद्का पूर्व केन्द्रिय अध्यक्ष ओमप्रकाश नौलाखा, सनातन धर्म सेवा समिति, कास्कीका अध्यक्ष रविन्द्र माकाजु, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी संचालिका अप्सरा दिदी, मानव मिलन संस्था पोखराका सल्लाहकार कोमल बहादुर प्रजुले बोलेका थिए ।

मानव मिलन नारी जागरण नेपालकी संस्थापक अध्यक्ष सावित्री शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनिष शाहले गरेका थिए । सो अवसरमा संस्थालाई सहयोग गर्ने कामना लम्साल र लक्ष्मी पौडेलका साथै नाबालक एलेन गैरेलाई सम्मान पनि गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
Breaking 2

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
Main News 1

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

2026 October 11 मा प्रकाशित
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने

2026 October 11 मा प्रकाशित
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 11 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews