Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दोहोरो धर्मः मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
दोहोरो धर्मः मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान
ShareTweetSend

पोखरा । सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व र अन्तिम साउने सोमबार । पोखराको लेकसाईड स्थित पवित्र धार्मिकस्थल केदारेश्वर महादेव मन्दिरमा सबेरैदेखि भक्तजन उर्लिए ।

मन्दिरमा पूजा गर्नेहरु छिर्ने गेट छेवैमा लामा लामा दारी पालेकाहरुले अर्को मन्दिर खडा गरे । जहाँ अबिर, फलफूल, नैवेद्य लैजानुपर्दैन थियो । स्वस्थ शरिरका साथ आफू मात्र पुगे हुन्थ्यो ।

दारी सौखिन युवाहरुको फेसबुक समूह ‘दारी ग्याङ’ ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर तथा बाढीपहिरोका समयमा रक्त अभाव हुन नदिन रक्तदान कार्यक्रमको चाँजोपाँचो मिलाएका हुन् । उसो त दारी ग्याङको वार्षिक रक्तदान कार्यक्रम हो । गत वर्ष साउन २९ मा आयोजित रक्तदान कार्यक्रममा रक्तदाताको संख्याले सेन्चुरी नाघेको थियो अर्थात् १०३ युनिट रगत संकलन भयो । यस पटक १६५ जनाले रक्तदान गरे ।

दारी पालेका युवाहरुको सो समूहले गरेको रक्तदान कार्यक्रममा शिव पुजन गर्न पुगेका युवतीहरुले समेत रगत दान गरे । काठमाण्डौकी सुजाता गोपालीलाई रक्तदान नगरी फर्कन मनै मानेन । रक्तदान गरेपछि आराम गरिरहेकी सुजाताले मन्दिरमा पूजा गरेपछि रक्तदान गरेर दोहोरो धर्म कमाएको सुनाईन् । ‘हामी साथीहरु सबै मिलेर मन्दिरमा पूजा ग¥यौं । बाहिर गेटमा रक्तदान भईरहेको देख्दा देख्दै यस्तो सिधै धर्म लाग्ने काम छाडेर हिँड्नै मन लागेन ।’ सुजाताले हाँस्दै भनिन् – ‘रक्तदान त जसले पनि आयोजना गर्छन् । तर मन्दिरको गेटमै यतिका भक्तजनको अगाडि यस्तो कार्यक्रम गर्दा सकारात्मक सन्देश गएको छ ।’ काठमाण्डौ मनमोहन मेमोरियल ईस्टिच्युट अफ हेल्थ साईन्समा अध्ययनरत सुजाता सहितका साथीहरु फिल्ड भिजिटका लागि पोखरा आएका हुन् । उनले तेस्रो पटक रक्तदान गरिन् ।

शान्ति लामिछाने र पवित्रा शर्माले पनि मन्दिरमा पूजा गरेपछि रक्तदान गरे । शान्तिले भनिन्– ‘भगवानप्रति त आस्था हो । धर्म भन्ने कुरा विश्वास हो । रक्तदान जस्तो धर्म अरु के होला ? त्यो पनि मुलुक यति विपत्मा परेको बेला ।’ पवित्राले दारी पाल्ने युवाहरुको काम देखेर आश्चर्यचकित् परेको बताईन् । ‘दारी पाल्ने देखेर डर लाग्थ्यो । जिवनदेखि विरक्तिएका, अल्छीहरु भन्ने लाग्थ्यो’– उनले भनिन्– ‘आज यस्तो पवित्र दिनमा पवित्र काम गरेका छन् । साथ दिउँ भनेरै रक्तदान गरेको हुँ ।’

यसअघि रक्तदान कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य संघ प्रदेश नं. ४ का अध्यक्ष सञ्जिव बहादुर कोईरालाले पहिलो रक्तदाता विक्रम तिमिल्सिनालाई ब्लड ब्याग हस्तान्तरण गरी गरेका थिए । अध्यक्ष कोईरालाले युवाहरुको पुण्य काम भन्दै यसले समाजमा सकारात्मक सन्देश जाने बताए । सो अवसरमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल, जनप्रिय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भेषराज बराल, सिद्धार्थ क्याम्पस सभापति प्रतिष्ठा कार्की लगायतका अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।

दारी ग्याङ पोखराका संयोजक शेखर गौतमले कार्यक्रम सोचेभन्दा राम्रो भएको बताए । दारी ग्याङको विभिन्न सामाजिक तथा रचनात्मक कामले गर्दा अब नौलो नरहेको भन्दै उनले साथीहरुको सहकार्यले अझै सामाजिक उत्तरदायित्व वहन गर्न दारी ग्याङ सक्षम रहने बताए । कार्यक्रमको सञ्चालन दारी ग्याङ पोखराका मेम्बर विक्रम पाण्डेले गरेका थिए ।

गत वर्ष असारमा पोखरामा सक्रिय बनेको दारी ग्याङ पोखराले विभिन्न पटक रक्तदान कार्यक्रमका साथै ट्राफिक सचेतना, विद्यालयमा सहयोग हस्तान्तरण, विपत्मा परेकाहरुलाई आर्थिक सहयोग संकलन गरी सहयोग प्रदान गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा
Breaking 1

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

by राम बहादुर रोकाहा
2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Main News 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews