Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दिउँसै मापसे गरी हुइँक्याउँदा ट्याक्सीलाई ठक्कर

माइक्रो चालक बोल्दैन, प्रहरी भन्छ - 'होईन'

रञ्जन अधिकारी रञ्जन अधिकारी
2023 June 11 मा प्रकाशित
दिउँसै मापसे गरी हुइँक्याउँदा ट्याक्सीलाई ठक्कर
ShareTweetSend

पोखराको मुटु भागको रुपमा चिनिने महेन्द्रपुल । नयाँबजार, चिप्लेढुंगा, रानीपौवा र पालिखेचोक आवतजावत हुने कारण सवारीको सर्वाधिक चाप हुने क्षेत्र यो । बुधबार अपरान्ह ४ः४० बजेको समय । रानीपौवाबाट महेन्द्रपुलतर्फ ट्याक्सी अघि बढ्दै थियो । छोरेपाटन टाँस गरेको ग१ख ३२५२ नम्बरको पोखरा नगर माईक्रोबस भने महेन्द्रपुलबाट नयाँबजारतर्फ झर्दै थियो । ग १ ज ४६९४ नम्बरको ट्याक्सीले दायँ साईडलाईट बालेर मोड्न नभ्याउदै नेपाल टेलिकम अघि चोकमा माईक्रोबसले ड्याम्मै ठक्कर दियो । तत्काल माईक्रोबसको स्टार्ट बन्द भयो र ट्याक्सी चालकको ज्यान जोगियो । उनलाई चरक हस्पिटल पृथ्वीचोक लगियो । बुधबार साँझ तीन घण्टा सवारी आवागमन प्रभावित बन्यो । पछि सोहि बसले एउटा कार र मोटरसाईकललाई समेत क्षति पु¥यायो ।

‘कसरी भयो घटना ?’ सो समय महेन्द्रपुल एरियामा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार नरेन्द्र बहादुर थापाले भने – ‘ट्याक्सी मोडिँदै थियो । माईक्रो रोकिएन । ड्याम्मै हान्यो । ब्रेक फेल भयो रे । मापसे गरेको छ । लाईसेन्स छैन ।’ त्यसपछि हवल्दार थापा जाम गाडी व्यवस्थापन गर्न तर्फ लागे । माईक्रो चालकले आफू बिरौटा बस्ने गणेश रेग्मी भएको बताए । ‘दिउँसै मापसे गर्नुभएको रैछ त ?’, ‘किन गर्ने हो मापसे सर ?’ ‘चेकजाँच गरे रिपोर्ट आईहाल्छ नि…’ चालक रेग्मीले यसको जवाफ दिएनन् ।

‘गाडी नै पुरानो । ब्रेक नै छैन । हावा नै फाल्दैन ।’ चालक रेग्मीले गाडीको ब्रेक फेल भएको सुनाए। उनले आफ्नो साथमा लाईसेन्स, कागजपत्र नभएको र प्रहरीकहाँ नै रहेको बताए । यसअघि पनि बिजुली पोललाई ठक्कर दिएकाले प्रहरीले कागजपत्र खिचिसकेको उनको भनाई थियो । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा खोज्दा उनको कागजपत्र नभेटिएको कार्यालयका फाँट ईञ्चार्ज प्रहरी सहायक निरिक्षक राजु थापाले बताए । ‘अहिले भेटिएन । अन्यत्र भएको घटना हो कि ?’ असई थापाले भने ।

ट्याक्सी चालक अञ्जन अधिकारीले ठूलो भाग्यले बाँचेको प्रतिक्रिया दिए । ‘ठक्करपछि मेरो टाउको बजारियो र म अर्को सिटतिर पुगेँ । माईक्रोबसको स्टार्ट बन्द नभएको भए किचिन्थेँ ।’ – उनले भने – ‘हवल्दार साबले सब लाईभ देखिरहनुभएको छ । रक्सी खाएको रैछ । बालबाल बचियो । कडा कारवाही हुनुपर्छ ।’ जाममा फसेका अर्को माईक्रो बसका चालक भन्दै थिए – ‘यस्तै हो । दिउँसै रक्सी खान्छ । अनि हामीहरुको पो बेईज्जत ।’ ट्याक्सी चालक अधिकारीको टाउको र घाँटीको एक्सरे गरिएको छ । अवस्था सामान्य रहेको बताईन्छ ।

घटनापछि सडक जाम हुँदा सर्वसाधारणले सास्ती व्यहोरे । ट्याक्सीलाई १५ मिनेटपछि ट्राफिक कार्यालय लगियो भने माईक्रोबसले तीन घण्टा सवारी आवागमन प्रभावित बनायो । बेलुकी पौने सात बजेतिर प्रहरी नायव निरिक्षक शिव थापाले भने – ‘माईक्रो यता पनि जाँदैन, उता पनि जाँदैन । तीन घण्टासम्म बीच चोकमा रोकिँदा खत्तम भयो नि । बल्ल कार्यालय ल्याईपु¥यायौं । ’

त्यही बसले साँझ फेरि एउटा कार र मोटरसाईकललाई ठक्कर दियो । बा ६ च ११६६ नं. को पत्रकार राजु भण्डारीको कारमा सामान्य क्षति पुगेको छ भने एउटा मोटरसाईकलमा क्षति पुगेको छ । मोटरसाईकलमा सवार दुई जना मुस्किलले बाँचेको पत्रकार भण्डारीले बताए । उनका अनुसार कार र मोटरसाईकल धनीलाई ट्राफिक प्रहरीमा विहीबार सम्पर्क गर्न भनिएको छ ।

नगरभित्रै सञ्चालन हुने भएकाले नगर माईक्रो बस भनिएको हो । नगर क्षेत्रमा बढि भिडभाड र सवारी चाप हुने भएकाले चालकले झनै होसियारी अपनाउनुपर्ने ठाउँमा यसरी सवारी चलाउनु गम्भीर लापरवाही हो । पोखरा बस व्यवसाय समितिका अनुसार दुई जना चालकले मापसे सेवन गरी गाडी चलाएको कारण निश्कासन गरिसकिएको छ भने एक जना चोरी गर्ने चालकलाई निश्कासन गरिएको छ ।

समितिका अध्यक्ष देउप्रसाद गुरुङले भवितव्य घटनामा मात्र समिति जिम्मेवार हुने भन्दै चालकले मापसे गरी गाडी चलाउँदा हुने दुर्घटनाको जिम्मा लिन नसक्ने प्रष्ट पारे । ‘संचालन प्रक्रियामा सबै किसिमको ग्यारेन्टी हामी लिन सक्दैनौं । संस्थाको नियम परिधि भन्दा बाहिर, नेपालको प्रचलित कानुनभन्दा बाहिर सञ्चालन भएको भए सबै जिम्मेवारी चालकले लिनुपर्ने हुन्छ । हामी जिम्मा लिँदैनौं । जोगाउनतर्फ पनि लाग्दैनौं ।’ – गुरुङले भने ।

ट्याक्सी व्यवसाय समिति, पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले सबै यातायात क्षेत्रकै भएकाले समस्या साझा रहेको भन्दै कोहि कुनै चालक मापसे गरेर चलाएको खण्डमा कारबाहीको भागीदार हुने बताए ।

पोखरा बस व्यवसाय समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले चालकले भनेजस्तो गाडी पुरानो नरहेको बताए । ‘२००९ मोडलको गाडी हो । सात वर्ष चलेको गाडी कहाँ पुरानो हुन्छ ? कण्डिशनमा लिएर हिँड्नुप¥यो । चालकले नियम पालना गर्नुप¥यो ।’- उनले भने – ‘अहिले सबै नयाँ युरो थ्री मापदण्डका सुविधा सम्पन्न गाडी छन् । यो तुलनामा २६ सिटे पहिलाको गाडीहरु पुरानो लागे होलान् । समितिले पुरानो गाडी चलाएकै कारण घटना भएको होईन ।’

शर्माका अनुसार १५ वर्ष पुराना गाडी एकैचोटी विस्थापन गरेको समितिको अहिले २००८ मोडलका दुई र अरु सबै नौ मोडेल पछिका छन् । पोखरा बसका २४५ बस अहिले पोखरामा छन् । तीन महिनाभित्र २७८ पु¥याउने योजना रहेको र धमाधम काम भईरहेको शर्माले बताए ।

यसैबीच, जिल्ला ट्राफिक कार्यालय कास्कीले भने चालक गणेश रेग्मीले मापसे नगरेको जानकारी दिएको छ । बस र ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने चालक रेग्मी साँझ नै घर फर्किएका छन् ।

पछिल्लो समय सवारीको उल्लेख्य चापले पोखराको सडकमा हिँड्न पनि डरमर्दो छ । बसहरु आवश्यक भन्दा बढि थपिँदा खाली खाली गुड्ने र यात्रु बोक्ने होडमा तीब्र गतिमा गुड्ने, जथाभावी रोक्ने गरेको भेटिन्छ । पोखरा नगरमा पोखरा माइक्रोबस र विन्दबासिनी यातायात गुडिरहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
Breaking 1

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
गण्डकी क्षेत्र

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय
Breaking 2

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै
Main News 1

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

2026 May 11 मा प्रकाशित
माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews