Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सडकपेटी कि धराप !

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 August 19 मा प्रकाशित
सडकपेटी कि धराप !

?

ShareTweetSend

पोखरा । सडक पेटीमै यति ठूलो भ्वाङ कुनै भित्री सडकको होईन । पोखरा विमानस्थल गेट अगाडिकै मुस्ताङ चोकको ढलनालाको तस्विर हो । अत्यधिक सवारी आवागमनले निकै व्यस्त रहने यो चोक छेउमै महिनौंदेखि नालाको हालत यस्तै छ । पैदलयात्रु यही भ्वाङ नाघेर सडक वारपार गर्नुपर्ने हुन्छ । दिउँसो त देखिन्छ, सधैं यताउती गर्नेलाई होश पनि होला । कहिल्यै नहिँडेको व्यक्ति पानी परेको समयमा यो ठाउँमा पुगे के होला ? अवश्य पनि पछिल्लो समय पोखरामा सडककै कारण ज्यान गुमाएकाहरुकै नियति दोहोरिन्छ ।

यो त एउटा उदाहरण मात्र हो । नालामाथि स्ल्याब नभएको धेरै यस्ता ठाउँ छन् । कतै राखिएकै छैन भने कतै भाँचिएको मर्मत भएको छैन । सडकमा हिँडे सवारी साधनले ड्याम्म ठोक्देला भन्ने पीर । सडक छेउमा हिँडे नालीमै पर्ला भन्ने चिन्ता । पानी परिरहने पोखरामा सडक नालाको उचित व्यवस्था नहुँदा सडक नै खोलो बन्छ । अविरल वर्षाको कारण पोखराको सडक नै ज्यान ज्याने ठाउँ बनेको छ । यही कारण २० दिनभित्र चार जनाले ज्यान गुमाए ।

यही १ असोजमा पोखरा १६ लामाचौर, गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापाको खत्री डहरको भेलमा परेर नालीमा डुबेर ज्यान गयो । सोहि रात स्याङ्जा दरौं ९ का गंगाप्रसाद सुवेदीलाई बिरौटामा सडककै भेलले बगाएर मृत्यु भयो । त्यसअघि, भदौ १५ गते बेलुकी दाङ घर भई पोखरा ४ बस्दै आएकी ४५ वर्षीया मीना भण्डारी सिद्धार्थचोककै नालामा खस्दा ज्यान गुमाईन् ।

पैदल यात्रु मात्र असुरक्षित होईन, सकडकै कारण सवारी चालकको पनि ज्यान जोखिममा छ । भदौ २२ गते मालपोत कार्यालय नजिक फिर्के खोलामा भएको पुलबाट मोटरसाईकल चलाउने क्रममा कास्की कालिका ५ घर भई लेकसाईड बस्ने २१ वर्षीय सुरविर जिसीको ज्यान गयो । पावरहाउसमा पानी लैजाने नहरका कारण विरौटामा पानी परेको बेला सवारी चलाउनु भनेको मृत्यु निम्त्याउनु सरह रहेको स्थानीयको गुनासो छ । फिर्के पुलतिरको अवस्था उस्तै छ ।

सिद्धार्थचोक र फिर्के खोलाको सो सडक खण्ड नगरपालिका मातहत हो भने विरौटा र लामाचौ खण्ड सडक डिभिजन अन्तर्गत छ । पोखरा नगरभित्रको २७ किलोमिटर मुख्य सडकको जिम्मा डिभिजन सडक कार्यालय पोखराको छ । यसबाहेक नगर क्षेत्रभित्रका सबै सडक मर्मतसम्भारको जिम्मा पोखरा उपमहानगरपालिका कार्यालयको हो । सडक भत्काउने, टाल्ने, बनाउने अख्तियार खानेपानी, विद्युत कार्यालयदेखि फरक फरक सरकारी निकायलाई रहँदा यी निकायहरुबीच समन्वय अभावले गर्दा पनि सडकको अवस्था दिनदिनै बिग्रदैं गएको हो ।

पश्चिमाञ्चल सडक डिभिजन कार्यालय, पोखराका निमित्त प्रमुख ई. ईन्द्रप्रसाद पौडेलले शहरी क्षेत्रमा सडकमा हिँड्दा नै ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको बताए । सीमित बजेट र ठेक्का प्रक्रियाका कारण पनि सडकको अवस्था सोचेजस्तो नभएको उनले स्वीकार गरे । पौडेलले विहीबारदेखि नै यहाँको सडक मर्मतको लागि ठेक्का दिन टेण्डर आह्वान गर्ने तयारी भएको जानकारी दिए ।

पोखरा उपमहानगरपालिका कार्यालयका योजना, शहरी विकास, सार्वजनिक निर्माण महाशाखा प्रमुख ई. शारदामोहन काफ्लेले भित्रि सडक खण्डमा गटर नालालाई जोड दिईएको बताए । ‘ठाउँ पनि धेरै हुँदैन, नालामा पानी नबग्ने समस्या देखियो । त्यही भएर ढलान गरिने गटर नालातर्फ जोड दिएका हौं’ – उनले भने– ‘उपभोक्ता समिति समेतको सहभागितामा पैसा संकलन हुने भएकाले राम्रो र दिगोका लागि सबै सडक ढलान गर्नेछौं ।’

पोखराको सडकको अवस्था खराब रहेको गुनासो आएको भन्दै उनले वर्षाको समयमा बिग्रिएको ठाउँ बनाउन समस्या हुने तर सम्भव भएसम्म चाडबाड अघि नै मर्मत गरिसक्ने बताए । कार्यकारी प्रमुखको तीन तीन महिनामा सरुवा हुने गरेका कारण पैसा खर्च गर्ने अधिकार पनि आफूहरुलाई नभएको भन्दै समस्या परेको उल्लेख गरे ।

खाल्डाखुल्डीले भरिएको पोखराको सडक र खाल्डो खनेर पासो थापेको जस्तो सडकपेटीबारे जानकार हुँदा हुँदै असावधानीपूर्वक हिँड्नु सर्वसाधारणको पनि कमजोरी हो । सरोकारवाला निकाय जिम्मेवार बन्ने, सडकलाई सुरक्षित बनाउने र सवारी चालक तथा पैदलयात्रुले पनि बिग्रदोँ मौसममा होशियारी अपनाउने हो भने दुःखद घटना दोहोरिदैंनन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन
Breaking 1

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

by गण्डकी न्यूज
2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
Breaking 1

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
Breaking 2

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
Main News 1

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
Main News 1

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

by राम बहादुर रोकाहा
2026 April 11 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

2026 April 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews