Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कोदो फल्ने बारीमा सयपत्री

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 November 8 मा प्रकाशित
कोदो फल्ने बारीमा सयपत्री
ShareTweetSend

कुनै समय कोदो र अन्य अन्नबाली लगाइने स्याङ्जाका बारीमा पछिल्लो समय सयपत्री फूल फुल्न थालेका छन् ।

बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् । तिहारलाई लक्षित गरेर सुरु भएको व्यावसायिक फूलखेतीबाट किसानले राम्रो आम्दानीसमेत गर्न थालेका छन् ।

जिल्लाका कालीगण्डकी र अर्जुनचौपारी गाउँपालिका तथा गल्याङ, चापाकोट र वालिङ नगरपालिकामा व्यावसायिक सयपत्री फूलखेती भइरहेको छ ।कालीगण्डकी गाउँपालिका–७ बारीचौरका ७१ वर्षीय धनबहादुर थापाले पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन् । उनले चार रोपनी जग्गामा कर्मा–५५५ जातको सयपत्री लगाएका छन् । यस आर्थिक वर्षमा साढे चार क्विन्टल फूल उत्पादन भएको उनले बताए ।

विगतमा सोही बारीमा कोदो खेती गर्दै आएका थापाले फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि खेती परिवर्तन गरेका हुन् । गत आर्थिक वर्षमा उनले ६ क्विन्टल फूल उत्पादन गरेका थिए । प्रतिकिलो २५० देखि ४०० रुपैयाँसम्ममा बिक्री गरेर एक वर्षमा करिब तीन लाख रुपैयाँ आम्दानी गरेको उनले सुनाए ।

यस वर्ष फूल चाँडै रोपिएको र तिहार ढिलो परेकाले बिक्री व्यवस्थापनमा केही समस्या भए पनि आम्दानी भने राम्रो भएको थापाको भनाइ छ ।

कालीगण्डकी गाउँपालिका–२ लसर्गाकी पुष्पा सिंह रानाले पनि चार वर्षदेखि दुई रोपनी जग्गामा फूलखेती गर्दै आएकी छन् । गत वर्षको तुलनामा यसपालि उत्पादन घटे पनि चार क्विन्टल फूल उत्पादन भएको उनले बताइन् ।त्यस्तै, वडा नम्बर ५ बासटारीका रविलाल गौडेलले साढे दुई रोपनीमा फूलखेती गरेका छन् । फूल बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । नर्सरीमा अझै फूल रहेकाले तिहारसम्म सबै बिक्री हुने उनको अपेक्षा छ ।

कालीगण्डकी गाउँपालिकाले सुरुमा आफैं फूलखेती गरेर किसानलाई यसतर्फ आकर्षित गरेको थियो । फूल उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई दुई वर्षसम्म प्रतिरोपनी नौ हजार रुपैयाँ अनुदान र बीउ उपलब्ध गराइएको गाउँपालिकाकी सूचना अधिकारी तथा प्रशासकीय अधिकृत टीकाकुमारी क्षेत्रीले जानकारी दिइन् । पालिकाले पनि दुई वर्ष आफैं खेती गरेर वार्षिक १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार चालु आर्थिक वर्षमा यहाँका किसानले १५ लाख रुपैयाँभन्दा बढी मूल्यको फूल बिक्री गर्ने अनुमान छ । सात वडा रहेको गाउँपालिकामा वडा नम्बर ४ बाहेक अन्य वडाका १५ किसानले करिब ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् ।गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर रानाले यस वर्ष दुई क्विन्टल फूल उत्पादन गरेर बिक्री गरिसकेका छन् । फूल चाँडै रोपिएकाले दशैंदेखि नै बिक्री सुरु गरेको उनले बताए । अहिले आफ्नो बारीमा थोरै मात्र फूल बाँकी रहेको उनको भनाइ छ ।

रानाले पाँच वर्षदेखि मौसमी तथा बेमौसमी फूलखेती गर्दै आएका छन् । गल्याङ नगरपालिकामा उनले करिब १३ रोपनी क्षेत्रफलमा फूलखेती गरेको बताए ।

जिल्लामा फूलको व्यावसायिक उत्पादन बढ्दै गएपछि बाहिरी जिल्लाबाट फूल र माला आयात गर्ने क्रमसमेत घट्न थालेको छ । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसान पनि खेती विस्तार गर्न उत्साहित भएका छन् । स्याङ्जामा उत्पादित फूल तथा माला अहिले पोखरा र बुटवलसम्म पुग्न थालेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
Breaking 2

स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

by राम बहादुर रोकाहा
2026 November 8 मा प्रकाशित
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
Main News 1

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

by राम बहादुर रोकाहा
2026 November 7 मा प्रकाशित
स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि
गण्डकी क्षेत्र

स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि

by राम बहादुर रोकाहा
2026 November 6 मा प्रकाशित
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
गण्डकी क्षेत्र

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

by राम बहादुर रोकाहा
2026 November 6 मा प्रकाशित
होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि
खेलकुद

होराइजन वालिङले जित्यो कालीगण्डकी गोल्डकपको उपाधि

by राम बहादुर रोकाहा
2026 November 5 मा प्रकाशित
स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक
गण्डकी क्षेत्र

स्याङ्जाको बिरुवामा झाडीभित्र भेटियो भरुवा बन्दुक

by राम बहादुर रोकाहा
2026 November 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कोदो फल्ने बारीमा सयपत्री

कोदो फल्ने बारीमा सयपत्री

2026 November 8 मा प्रकाशित
स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

स्याङ्जामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

2026 November 8 मा प्रकाशित
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

2026 November 8 मा प्रकाशित
स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि

स्याङ्जा प्रशासनमा अब सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि

2026 November 6 मा प्रकाशित
कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

2026 November 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews