स्याङ्जाको चापाकोटमा आजदेखि सुरु हुने भनिएको आठौँ कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको छ ।
तयारी पूरा भइसके पनि मौसम प्रतिकूल भएपछि प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरिएको आयोजक द राइजिङ ग्रुप चापाकोटका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता अब कात्तिक १५ गते आइतबारदेखि सुरु हुनेछ ।
चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुनेछ ।
११ वर्षपछि हुन लागेको प्रतियोगितामा स्याङ्जा र कास्कीका दुई–दुई तथा गोरखा, पर्वत, पाल्पा र रुपन्देहीका एक–एक गरी आठ टोली सहभागी हुँदैछन् ।
प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।















