नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् ।
स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार थापाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मानिने मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा मेला लाग्ने भएकाले गाउँपालिकाले आज सार्वजनिक बिदासमेत दिएको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले मेलालाई लक्षित गरी सार्वजनिक बिदा दिइएको जानकारी दिए ।















