स्याङ्जामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देल रहेकी छन् ।
बुधबार बिहान सिग्देल घरकै फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।
त्यहाँ उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।















