Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बिक्रीका लागि आफैं बजार धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

नगरपालिकाले वालिङ–१ स्थित त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडलाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेपछि किसानको उत्पादन घरदैलोबाटै संकलन गरी बजारसम्म पुर्‍याउने व्यवस्था सुरु गरिएको हो ।

वालिङ नगरपालिका, हेफर इन्टरनेसनल नेपाल र दियालो संस्था (वालिङ कृषि विकास परियोजना) को साझेदारीमा ३२ लाख ९० हजार रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको हो । यसमध्ये नगरपालिकाले १८ लाख ९० हजार रुपैयाँ र परियोजनाले १४ लाख रुपैयाँ व्यहोरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणलाई आधुनिक तथा व्यवस्थित बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार किसानलाई उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाउँदै कृषि व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ ।हाल त्रियासी कृषि उपज बजार व्यवस्थापन सहकारीमार्फत दैनिक करिब ५० क्विन्टल तरकारी संकलन हुँदै आएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानको घरबाटै तरकारी उठाइने भएकाले ढुवानी खर्च घट्ने, समय बचत हुने र ताजा उत्पादन बजारसम्म छिटो पुग्ने अपेक्षा गरिएको छ ।

सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले ढुवानी अभावका कारण किसानले वर्षौंदेखि भोग्दै आएको समस्या अब समाधान हुने विश्वास व्यक्त गरे । उनले पहिले पर्याप्त सवारी नहुँदा धेरै तरकारी खेतमै कुहिने वा बजारसम्म पुर्‍याउन कठिन हुने गरेको स्मरण गर्दै अब पोखरा र बुटवलसम्म नियमित रूपमा तरकारी ढुवानी गर्न सकिने अवस्था बनेको बताए ।

वालिङ नगरपालिकाले तरकारी उत्पादनलाई प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्नुका साथै उत्पादनका आधारमा प्रतिकिलो पाँच रुपैयाँ अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको ११ महिनामा मात्रै किसानलाई सात लाख ९१ हजार ३ सय ४२ रुपैयाँ नगद अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा सहकारीमार्फत एक लाख ५८ हजार २ सय ६८ केजी तरकारी संकलन भएको सहकारीका प्रबन्धक युवराज रेग्मीले जानकारी दिए । कृषि एम्बुलेन्सले एकैपटक करिब १३० क्यारेट तरकारी ढुवानी गर्न सक्ने भएकाले ढुवानी लागत घट्नुका साथै किसान व्यावसायिक खेतीतर्फ थप आकर्षित हुने विश्वास उनले व्यक्त गरे ।

नगरपालिकाका अनुसार कृषि एम्बुलेन्स सञ्चालनसँगै उत्पादनदेखि बजारसम्मको कृषि आपूर्ति शृङ्खला थप सुदृढ हुने, साना तथा व्यावसायिक किसानको बजार पहुँच विस्तार हुने र उनीहरूको आम्दानी बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा
Breaking 1

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 October 25 मा प्रकाशित
कालीगण्डकी नदीमा पुरुषको शव फेला
गण्डकी क्षेत्र

कालीगण्डकी नदीमा पुरुषको शव फेला

by राम बहादुर रोकाहा
2026 October 24 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 24 मा प्रकाशित
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 23 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

by राम बहादुर रोकाहा
2026 October 17 मा प्रकाशित
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
Breaking 1

चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु

by राम बहादुर रोकाहा
2026 October 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

2026 October 25 मा प्रकाशित
कालीगण्डकी नदीमा पुरुषको शव फेला

कालीगण्डकी नदीमा पुरुषको शव फेला

2026 October 24 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

2026 October 24 मा प्रकाशित
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

2026 October 23 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला

2026 October 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews