Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
ShareTweetSend

नेपाली लेखक सङ्घ स्याङ्जाले ४४औँ बिपी स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘बिपी विचार गोष्ठी तथा काव्य उत्सव–२०८३’ मा वक्ताहरूले बिपी कोइरालाको विचार, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा बिपीको राजनीतिक, साहित्यिक र वैचारिक योगदानमाथि चर्चा गर्दै वक्ताहरूले लोकतान्त्रिक समाज निर्माणमा उनका विचारले अझै मार्गदर्शन गरिरहेको धारणा राखे ।

नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा सहभागी थिए । कार्यक्रममा प्रा.डा. वासुदेव भण्डारीले प्रमुख वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए भने ध्रुवप्रसाद शर्मा पङ्गेनीले टिप्पणी गरेका थिए ।

विचार गोष्ठीमा नेपाली कांग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रे, नेपाल शिक्षक सङ्घ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कमल पौडेल ‘अथक’ तथा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीरले बिपीको विचार र समकालीन सन्दर्भबारे धारणा राखेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित ‘बिपी काव्य उत्सव–२०८३’ मा स्याङ्जाका स्रष्टाहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । काव्य वाचन गर्नेहरूमा ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर केसी, रेशमलाल डुम्रे, नारायण न्यौपाने ‘दर्शन’, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजङ्ग थापा, दिलीप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम अधिकारी, कमलप्रसाद बगाले, प्रकाश न्यौपाने ‘चौरासपति’, जि.बी. राना, ओम थापा, गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले, चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले, मिलन समीर र पारिश्वर न्यौपानेलगायत रहेका थिए ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेलाई नेपाली लेखक सङ्घ स्याङ्जाले विशेष सम्मान गरेको थियो । त्यस्तै प्रमुख वक्ता, टिप्पणीकर्ता तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

नेपाली लेखक सङ्घ स्याङ्जाकी उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सङ्घका सचिव गुरुप्रसाद ढकालले गरेका थिए भने कार्यक्रमको संयोजन सङ्घका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सचिव मिलन समीरले गरेका थिए ।

२००८ सालमा स्थापना भएको नेपाली लेखक सङ्घले सिर्जनशीलता, अभिव्यक्ति स्वतन्त्रता र लेखकीय अधिकारको संरक्षणका लागि निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ । यसै अभियानअन्तर्गत आयोजित गोष्ठी र काव्य उत्सवमा साहित्यकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
गण्डकी क्षेत्र

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

by राम बहादुर रोकाहा
2026 July 22 मा प्रकाशित
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गण्डकी क्षेत्र

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews