Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
ShareTweetSend

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर विभिन्न प्रकारका १३ हजार ५५१ सवारीसाधन कारबाहीमा परेका छन् । ती कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

सबैभन्दा धेरै कारबाही मोटरसाइकलमा गरिएको छ । कार्यालयका अनुसार आर्थिक वर्षभर ४ हजार ६१४ मोटरसाइकल कारबाहीमा परेका छन् । त्यसपछि कार तथा जीप ३ हजार ३२६, ट्रक र टिपर २ हजार २५५, बस १ हजार ५४०, ट्याक्टर ९१२ र अन्य ९४२ सवारीसाधन कारबाहीमा परेका छन् ।

आर्थिक वर्षको तथ्यांक हेर्दा जेठ महिनामा सबैभन्दा धेरै कारबाही गरिएको छ । जेठ महिनामा मात्रै १ हजार ५०२ सवारीसाधन कारबाहीमा परेका छन् । त्यसबाट १२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

तथ्यांकले ट्राफिक कारबाहीसँगै राजस्व संकलनमा पनि घट्दो प्रवृत्ति देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा १९ हजार २८९ सवारीसाधन कारबाहीमा परेका थिए भने त्यसबाट १ करोड ४१ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ हजार ६१० सवारीसाधनमाथि कारबाही हुँदा १ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व उठेको थियो ।

यस वर्ष भने कारबाहीमा परेका सवारीसाधनको संख्या र त्यसबाट उठेको राजस्व दुवै घटेका छन् । यही कारण पछिल्ला तीन आर्थिक वर्षको तुलना गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले यस वर्ष केही हदसम्म कम राजस्व संकलन गरेको देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जेनजी आन्दोलन र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही समय नियमित ट्राफिक कारबाही प्रभावित भएकाले त्यसको असर कारबाही र राजस्व संकलनको तथ्यांकमा पनि देखिएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर नियमित चेकजाँच, सवारी सचेतना तथा नियम उल्लंघन गर्ने सवारीमाथि कारबाहीलाई निरन्तरता दिइएको छ ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर २० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ९ जनाको मृत्यु, २४ जना गम्भीर घाइते र २३ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल, जीप तथा बस संलग्न रहेको विवरणमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक शाहीले ट्राफिक कारबाहीको उद्देश्य राजस्व उठाउनु नभई दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्नु रहेको बताए ।

“हामीले सवारी कारबाहीलाई राजस्व संकलनको माध्यमका रूपमा होइन, सडक सुरक्षाको उपायका रूपमा लिएका छौं,” शाहीले भने, “ट्राफिक नियम पालना गराउने, चालकलाई जिम्मेवार बनाउने र दुर्घटना कम गर्ने उद्देश्यले नियमित चेकजाँचलाई प्रभावकारी बनाएका छौं । पछिल्लो समय ट्राफिक सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अघि बढाएका छौं ।”

उनका अनुसार अत्यधिक गति, ओभरलोड, कागजात नबोक्ने, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउने तथा हेल्मेट र सिटबेल्ट प्रयोग नगर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष निगरानी गरिएको छ । विद्यालय, चालक, यातायात व्यवसायी र स्थानीय तहसँग समन्वय गरेर ट्राफिक सचेतना अभियानलाई समेत निरन्तरता दिइएको उनले बताए ।

शाहीले ट्राफिक नियमको पालना गर्न सके दुर्घटनाको जोखिम उल्लेख्य रूपमा घट्ने भन्दै सबै चालक र यात्रुलाई जिम्मेवार भएर यात्रा गर्न आग्रह गरे । उनले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले नियम पालना नै सुरक्षित यात्राको आधार भएको उल्लेख गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
Main News 1

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
गण्डकी क्षेत्र

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Breaking 1

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
Breaking 2

स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक
गण्डकी क्षेत्र

भारी वर्षाको जोखिमपछि स्याङ्जामा राति सवारी सञ्चालनमा रोक

by राम बहादुर रोकाहा
2026 July 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

2026 July 21 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

2026 July 19 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण

2026 July 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews