Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
घरमै पुगेर अपांग युवकलाई अंगीकृत नागरिकता
ShareTweetSend

स्याङ्जाको चापाकोट नगरपालिका–८ का एक अपांग युवकलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको टोलीले घरमै पुगेर अंगीकृत नेपाली नागरिकता प्रदान गरेको छ ।

चापाकोट–८ निवासी तारा कँडेलका १८ वर्षीय छोरा घनश्याम कँडेल शारीरिक रूपमा अपांग रहेकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असमर्थ थिए । उनका पिता भारतीय नागरिक र आमा नेपाली नागरिक हुन् । घनश्याम नेपालमै जन्मिएका, निरन्तर नेपालमै बसोबास गर्दै आएका तथा बाबुको मुलुकबाट कुनै पनि प्रकारको नागरिकता प्राप्त नगरेका कारण प्रचलित कानुनी व्यवस्थाअनुसार उनलाई मंगलबार अंगीकृत नेपाली नागरिकता प्रदान गरिएको हो ।

नागरिकता वितरणका लागि प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंसहित जिल्ला प्रशासन कार्यालयको टोली घनश्यामको निवासमै पुगेर नागरिकता हस्तान्तरण गरेको प्रशासनले जनाएको छ । सेवाग्राहीको अवस्थालाई मध्यनजर गर्दै नागरिकता जस्तो आधारभूत सेवा घरदैलोमै पुर्‍याइएको प्रशासनको भनाइ छ ।

पछिल्ला वर्षहरूमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अशक्त, अपांग तथा हिँडडुल गर्न नसक्ने नागरिकलाई लक्षित गर्दै घरदैलोमै नागरिकता सेवा प्रदान गर्ने अभियानलाई प्राथमिकता दिँदै आएको छ । यसअघि पनि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर विशेष अवस्थाका नागरिकलाई घरमै नागरिकता वितरण गरिएको थियो ।

यस्तो अभ्यासले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मद्दत पुगेको बताउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद चापागाईंले कानुनले व्यवस्था गरेको अधिकारबाट कुनै पनि योग्य नागरिक वञ्चित हुन नदिन प्रशासन प्रतिबद्ध रहेको बताए ।

“नेपाली आमा र विदेशी बाबुबाट जन्मिएका, नेपालमै स्थायी रूपमा बसोबास गरेका तथा बाबुको देशको नागरिकता नलिएका व्यक्तिले कानुनबमोजिम नागरिकता पाउने व्यवस्था छ । अपांगता, अशक्तता वा अन्य कारणले कार्यालयसम्म आउन नसक्ने नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी घरमै पुगेर सेवा दिने कामलाई निरन्तरता दिएका छौं । राज्यको सेवा नागरिकको पहुँचमा पुर्‍याउनु हाम्रो दायित्व हो,” चापागाईंले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले राज्यका आधारभूत सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न प्रशासनले विशेष पहल गरिरहेको बताए । उनले नागरिकमैत्री प्रशासनको अवधारणाअनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाइएको बताए ।

“नागरिकता व्यक्तिको आधारभूत एवं कानुनी पहिचानसँग जोडिएको विषय हो । शारीरिक अवस्था वा अन्य कारणले कोही पनि नागरिक आफ्नो अधिकारबाट वञ्चित हुनु हुँदैन । त्यसैले आवश्यक परे प्रशासन आफैं नागरिकको घरदैलोमा पुगेर सेवा दिन्छ,” सहायक प्रजिअ सुवेदीले भने ।

स्थानीयवासीले सकारात्मक प्रतिक्रिया जनाउँदै प्रशासनले देखाएको संवेदनशीलताले सेवाग्राहीलाई ठूलो राहत पुगेको बताएका छन् । यस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्नुपर्ने उनीहरुले बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
गण्डकी क्षेत्र

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

by राम बहादुर रोकाहा
2026 July 22 मा प्रकाशित
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गण्डकी क्षेत्र

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
गण्डकी क्षेत्र

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
Main News 1

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले

2026 July 22 मा प्रकाशित
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2026 July 21 मा प्रकाशित
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

2026 July 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews