Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 27 मा प्रकाशित
पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको ‘सिक्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीको पढाइलाई व्यवहारसँग जोड्न थालेको छ । कक्षाकोठामा सीमित हुने परम्परागत शिक्षाभन्दा फरक अभ्यासका कारण विद्यालय अहिले जिल्लामै उदाहरणीय बन्दै गएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित कार्यक्रममा विद्यार्थीले विद्यालयकै पाँच रोपनी जग्गामा मौसमी तरकारी खेती गर्दै आएका छन् । पढाइसँगै करेसाबारीमा प्रत्यक्ष काम गर्न पाउँदा विद्यार्थीमा सीप विकाससँगै आत्मविश्वास पनि बढेको विद्यालयको भनाइ छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी आकृति रोकाहाले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न पाउँदा सिकाइ अझ प्रभावकारी बनेको बताइन् । “किताबमा पढेको कुरा खेतबारीमा प्रयोग गर्न पाउँदा धेरै कुरा बुझ्न सजिलो भएको छ,” उनले भनिन् ।

विद्यालयमा २०७७ सालदेखि बाली विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको छ । कक्षा ९ देखि १२ सम्म अध्ययनरत ६५ विद्यार्थी अहिले यस कार्यक्रममा सहभागी छन् । विद्यार्थीले आलु, टमाटर, काउली, बन्दा, साग र मह उत्पादनदेखि बिक्री वितरणसम्मको अभ्यास गर्दै आएका छन् ।
विद्यालयका बाली विज्ञान संयोजक सुवास अर्यालका अनुसार ‘एक विद्यार्थी, एक करेसाबारी’ अभियानमार्फत विद्यार्थीलाई घरमै पनि खेती गर्न प्रेरित गरिएको छ । कार्यक्रमले विद्यालय मात्र नभई समुदायमा समेत व्यवहारिक परिवर्तन ल्याउन थालेको उनको भनाइ छ ।

विद्यालयले उत्पादन बिक्रीबाट प्राप्त आम्दानीलाई पनि व्यवस्थित ढंगले बाँडफाँट गर्दै आएको छ । प्राप्त रकममध्ये ७५ प्रतिशत विद्यार्थीलाई, २० प्रतिशत विद्यालयलाई र ५ प्रतिशत प्राविधिक सहयोगीलाई दिने व्यवस्था गरिएको छ ।

स्याङ्जा जिल्लामा हाल वालिङ नगरपालिकाको पूर्णामृत माध्यमिक विद्यालय, हरिनास गाउँपालिकाको महिमा माध्यमिक विद्यालय र अर्जुनचौपारी गाउँपालिकाको पञ्चकन्या माविमा बाली विज्ञान पढाइ हुँदै आएको छ ।

पञ्चकन्या मावि भने फरक अभ्यास र उत्कृष्ट नतिजाका कारण चर्चामा रहँदै आएको विद्यालय हो । विद्यालय २०८० सालमा देशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानितसमेत भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
अपराध/सुरक्षा

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
अपराध/सुरक्षा

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

by राम बहादुर रोकाहा
2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 September 17 मा प्रकाशित
दमौली कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्

2026 September 17 मा प्रकाशित
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews