Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई अर्को वर्ष ५० हजार दिने नगर प्रमुखको घोषणा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 19 मा प्रकाशित
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
ShareTweetSend

स्याङ्जाको भीरकोट नगरपालिकाले ५ औँ नगर बालमैत्री दिवसको अवसरमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

नगरपालिकाको शिक्षा शाखाका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र विद्यार्थीलाई उनीहरूको शैक्षिक उपलब्धिका आधारमा नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

कार्यक्रममा एसईई र आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा दिलाउने शिक्षक तथा नगरस्तरीय अतिरिक्त क्रियाकलापमा सफल विद्यार्थीलाई पुरस्कृत गरिएको शिक्षा शाखा प्रमुख विष्णुबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार गत शैक्षिक सत्रको नतिजा मूल्याङ्कनका आधारमा ७० जना शिक्षक, ३७ जना विद्यार्थी र ४ वटा विद्यालयलाई सम्मान गरिएको छ । अंग्रेजी, गणित र विज्ञान विषयमा ९० प्रतिशतभन्दा बढी तथा अन्य विषयमा शतप्रतिशत नतिजा दिलाउने विषय शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरिएको भट्टराईले बताए ।

कार्यक्रममा नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले पुरस्कृत सबैलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो नतिजाका लागि शिक्षक र विद्यार्थीलाई प्रेरित गरे । उनले उत्कृष्ट जीपीएसहित राम्रो नतिजा ल्याउने विद्यालयलाई आगामी शैक्षिक सत्रमा ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरे ।

नगर प्रमुख कर्माचार्यले स्थानीय सरकारले सामुदायिक र संस्थागत विद्यालयलाई समान व्यवहार गरिरहेको उल्लेख गर्दै शिक्षा क्षेत्र सुधारका लागि शिक्षक तथा प्रधानाध्यापकबाट सुझाव अपेक्षा गरेको बताए । उनले आगामी शैक्षिक सत्रदेखि शुक्रबारको दिन विद्यालयमा अतिरिक्त क्रियाकलाप मात्रै सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बालमैत्री समाज निर्माणका लागि शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मी सबैको सहकार्य आवश्यक रहेको बताए । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूले जिम्मेवार ढंगले अध्यापन गर्नुपर्ने र विद्यार्थीमा नैतिक तथा सामाजिक मूल्यको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिले पनि बालमैत्री वातावरणले सिकाइ प्रक्रियालाई सहज बनाएको धारणा राखेका थिए । कन्साइन्स माध्यमिक विद्यालयका प्रिन्सिपल साजन परियारले विद्यालय र समाजमा बालमैत्री वातावरण बनेपछि बालबालिका अझ सक्रिय र उत्साही भएको बताए । त्यस्तै, दभुङ ठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास गहतराजले शिक्षक र विद्यार्थीलाई नतिजाका आधारमा सम्मान गर्ने कार्यले सबैलाई थप मेहनत गर्न प्रेरित गर्ने उल्लेख गरे ।

पब्लिक एकेडेमी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता रोका क्षेत्रीले शिक्षण पद्धतिमा बालमनोविज्ञानलाई प्राथमिकता दिनुपर्ने बताउँदै शिक्षक, विद्यालय र अभिभावकको सहकार्यले मात्रै शैक्षिक गुणस्तर सुधार सम्भव हुने धारणा राखिन् ।

कार्यक्रममा वडा अध्यक्षहरू दीपेन्द्र केसी र ताराप्रसाद अर्यालले पनि शुभकामना व्यक्त गर्दै विद्यार्थीको रुचि र क्षमताअनुसार शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

भाग्योदय माध्यमिक विद्यालयकी विद्यार्थी कुसुम रेग्मीले बालमैत्री वातावरणका कारण विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरिन् ।

नगर शिक्षा शाखाका अनुसार गत वर्ष एसईईतर्फ सामुदायिक विद्यालयबाट शहीद शुक्र माध्यमिक विद्यालय र संस्थागततर्फ बालोदय माध्यमिक विद्यालय उत्कृष्ट बनेका थिए । कार्यक्रममा औसतमा २० भन्दा बढी विद्यार्थी सहभागी गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने यी विद्यालयलाई समेत पुरस्कृत गरिएको थियो ।

महेन्द्रज्योति माध्यमिक विद्यालयले सहभागी सबै विद्यार्थी उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा हासिल गरेकोमा सम्मानित भयो भने कक्षा ८ को नियमिततर्फ कन्साइन्स माध्यमिक विद्यालयले पनि शतप्रतिशत नतिजा ल्याएर पुरस्कार पाएको छ ।

भीरकोट नगरपालिकालाई २०७७ फागुन २२ गते बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो । सोही अवसरलाई स्मरण गर्दै नगरपालिकाले हरेक वर्ष बालमैत्री दिवस मनाउँदै आएको छ । यस वर्ष प्रतिनिधिसभा निर्वाचनका कारण कार्यक्रम केही ढिलो गरी शुक्रबार आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

विद्यालयमा कम्प्युटर सहयोग
गण्डकी क्षेत्र

विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 May 4 मा प्रकाशित
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
कला/साहित्य

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

by राम बहादुर रोकाहा
2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे
Breaking 1

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
खेलकुद

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन
Breaking 2

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित
वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल
Main News 1

वालिङको पायोनिअर हेल्थ असिस्टेन्टमा गण्डकी प्रदेशमै अब्बल

by राम बहादुर रोकाहा
2026 May 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

विद्यालयमा कम्प्युटर सहयोग

विद्यालयमा कम्प्युटर सहयोग

2026 May 4 मा प्रकाशित
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित

2026 May 4 मा प्रकाशित
कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

कानुनमै आधारित शासन र जनताको निगरानी आवश्यक : मुख्यमन्त्री पाण्डे

2026 May 2 मा प्रकाशित
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि

2026 May 2 मा प्रकाशित
साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

साढे ७ करोडको लागतमा निर्मित भीरकोट नगरपालिकाको आफ्नै प्रशासनिक भवन उद्घाटन

2026 May 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews