Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा निर्वाचन प्रहरीको संख्या झण्डै एक हजार जनाले अपुग

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 19 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने
ShareTweetSend

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा सुरु गरिएको निर्वाचन प्रहरी भर्नामा तोकिएको संख्या अझै पूरा हुन सकेको छैन । आवेदन दिने म्याद थपिँदा पनि आवश्यक कोटा नपुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सुरुमा माघ १ गतेसम्म आवेदन लिने योजना भएपनि अपेक्षित संख्यामा आवेदन नपरेपछि म्याद माघ ३ गतेसम्म बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा निर्वाचन सेल प्रमुख प्रहरी निरीक्षक कमल नेपालीले बताए । स्याङ्जाका लागि दुई हजार १२६ निर्वाचन प्रहरी आवश्यक रहेकामा अन्तिम दिनसम्म एक हजार ३१८ जनाले मात्रै आवेदन दिएका छन् । यसअनुसार अझै ८०८ जनाको कमी देखिएको छ ।

माघ १ गतेसम्म १३ महिला र १५६ पुरुष गरी १६९ जनाले आवेदन दिएका थिए । म्याद थपिएपछि महिला आवेदक २०६ र पुरुष एक हजार ११२ पुगेका छन् । नेपाल प्रहरीतर्फ १९४७ जना माग गरेकोमा १९२ महिला र ९५२ महिला गरी एक हजार १४४ र सशस्त्र प्रहरी बल नेपालतर्फ १७९ जनामा १४ महिला र १६० पुरुष गरी १७४ जनाले मात्र आवेदन दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

उनका अनुसार भर्नाका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट आवेदन लिइएको थियो ।

यसपालि निर्वाचन सुरक्षामा खटाइने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’को सट्टा ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ अनुसार अगाडि बढाइएको प्रहरी निरीक्षक नेपालीले बताए ।

यस भर्ना, छनोट, नियुक्ति प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त भइसकेका पूर्वसुरक्षाकर्मीहरू र वन रक्षकबाट अवकाश प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ । साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालका विभिन्न पदमा भर्ना हुन आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा सफल भएकाहरूलाई प्रवेश पत्रका आधारमा प्राथमिकतामा राखिनेछ । यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा जिम्मेवारीपूर्वक काम गरेका व्यक्तिलाई पनि विशेष प्राथमिकता दिइनेछ ।

प्रहरीका अनुसार निर्वाचन प्रहरीको छनोट प्रक्रिया माघ ९ गतेभित्र सम्पन्न गरिनेछ । छनोटमा परेका उम्मेदवारलाई माघ १५ गतेदेखि २४ गतेसम्म आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गरिनेछ ।

नियुक्ति पाएपछि निर्वाचन प्रहरीले ४० दिनसम्म काम गर्नुपर्नेछ । कार्य अवधिमा उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले जम्मा ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । यसका साथै खाद्यान्न खर्च, आवतजावत तयारी खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

स्याङ्जामा जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर–१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर–२ मा एक लाख १७ हजार ९३० गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । जसमध्ये एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला र एक जना अन्य मतदाता छन् ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । जिल्लाभर १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो
गण्डकी क्षेत्र

चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन
Breaking 1

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी
Breaking 2

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो
Main News 1

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

by राम बहादुर रोकाहा
2026 September 1 मा प्रकाशित
अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान
Breaking 1

अग्रज व्यवसायी पौडेल सम्बद्ध संस्थाबाट प्रधानमन्त्री राहत कोषमा ४१ लाख बढी सहयोग प्रदान

by गण्डकी न्यूज
2026 September 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

2026 September 2 मा प्रकाशित
पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

पहिरोले पुलमा असर, ठेकेदारलाई तत्काल हटाउन निर्देशन

2026 September 1 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

2026 September 1 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

2026 September 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews