Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 25 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
ShareTweetSend

स्याङ्जाको सदरमुकाम पुतलीबजार सार्ने क्रममा सरकारले ६२ वर्षअघि अधिग्रहण गरेको जग्गाको मुआब्जा अब बल्ल पीडित परिवारले पाउने भएका छन् । तत्कालीन समयमा प्रशासनिक संरचना निर्माणका लागि जग्गा दिएका स्याङ्जा पुतलीबजार नगरपालिका -१ का श्यामप्रसाद श्रेष्ठलाई सरकारले १ करोड रुपैयाँ मुआब्जा दिने निर्णय गरेको हो ।

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को कार्तिक २४ गते बसेको बैठकले श्रेष्ठ परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेसँगै दशकौँदेखिको कानुनी संघर्ष अन्त्य हुने भएको छ ।

त्यो जग्गा हाल पुतलीबजार नगरपालिका -१ स्थित जिल्ला प्रशासन कार्यालय स्याङ्जा रहेको ठाउँ हो । विसं. २०२० सालपछि तत्कालीन नुवाकोट (अहिलेको फेदीखोला गाउँपालिका –२) बाट सदरमुकाम पुतलीबजार सारिँदा उनका बाबु गुञ्जमान श्रेष्ठको जग्गा सरकारले अधिग्रहण गरेको थियो । त्यसयता श्रेष्ठ परिवारले सरकारी कार्यालय, अदालतदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोज्दै आएका थिए ।

‘६ दशकसम्म हण्डर ठक्कर खाँदै न्यायका लागि हिँडियो,’ श्यामप्रसाद श्रेष्ठ भन्छन्, ‘अब सरकारकै निर्णय आएको छ, धेरै कुरा गर्न चाहन्न । हिजो हामीमाथि अन्याय हुँदा कोही साक्षी थिएन ।’

श्यामप्रसाद अहिले स्याङ्जामा वकिल पेशामा छन् । उनी भन्छन्, ‘मुआब्जाको निर्णय भएको छ, तर सरकारी ढिलासुस्तीमा अझै आशंका छ ।’

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार सर्वोच्च अदालतको आदेशपछि गृह मन्त्रालयले मुआब्जा प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालयले केही वर्षअघि नै १ करोड रुपैयाँ सिफारिस गरेर पठाएको थियो । अहिले मन्त्रिपरिषद्‌बाट औपचारिक निर्णय भएपछि कार्यान्वयनको तयारी सुरु भएको सिडिओ कार्यालयले जनाएको छ ।

‘त्यो समयमा सरकारले वनक्षेत्रको जग्गा दिएर प्रश्न टार्‍यो, पछि वन कार्यालयले त्यहाँ भोगचलन रोकेपछि उनीहरू दशकौँसम्म संघर्षमा रहनुपर्‍यो,’ सहायक सिडिओ दीपक पौडेलले भने, ‘अब मन्त्रिपरिषद्को निर्णयपछि उनीहरूले पाउने मुआब्जा सरकार उपलब्ध गराउनेछ ।’

पुरानो नुवाकोट, जसलाई बाइसे–चौबिसे राज्यकालमा स्याङ्जाको केन्द्र मानिन्थ्यो, सदरमुकाम सारिएपछि क्रमशः पछि पर्‍यो । पुतलीबजार प्रशासनिक केन्द्र बनेसँगै नुवाकोट झन् ओझेलमा गयो । तर, त्यस ऐतिहासिक जग्गा दिने परिवारको संघर्षले अहिले प्रशासनिक इतिहासकै एउटा अध्याय पूरा गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
गण्डकी क्षेत्र

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

by राम बहादुर रोकाहा
2026 August 5 मा प्रकाशित
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
अर्थ/व्यापार

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
Breaking 1

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
Breaking 2

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
गण्डकी क्षेत्र

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकी क्षेत्र

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 3 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

2026 August 5 मा प्रकाशित
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

2026 August 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews