स्याङ्जाको वालिङ बजारमा ध्वनी प्रदूषण मच्चाउँदै चर्को आवाजमा मोटरसाइकल चलाउने तथा कागजपत्रबिनाका सवारी सञ्चालन गर्ने चार मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दाको गुनासोका आधारमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान करिब १० बजे बजारका विभिन्न स्थानबाट ध्वनी प्रदूषण हुने गरी चर्को आवाजमा चलाइएका चार मोटरसाइकललाई नियन्त्रणमा लिइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
ग १२ प ५६६८ र ग १५ प २४०० नम्बरका मोटरसाइकल तथा कागजपत्रबिनाका ग १६ प ८२३९ र लु ७६ प ७३२३ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सूचना अधिकारी नायब उपरीक्षक चौधरीले बताए ।
उनका अनुसार, बजार क्षेत्रमा सवारी साधनको अनियमित प्रयोगले बढ्दो ध्वनी प्रदूषण र सडक सुरक्षामा समस्या देखिएकाले प्रहरीले नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।