स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले ठूलो परिमाणका पटका बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले राति करिब ११ बजे नियमित सवारी चेकजाँचका क्रममा बुटवलबाट वालिङतर्फ आउँदै गरेको बीएए ७७०४ नम्बरको स्कर्पियो जीपमा लुकाइ–छिपाइ ल्याइएका पटका फेला पारेको हो ।
सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार रकेट बम चार प्याकेट, कमाण्डो ग्रीर बम एक प्याकेट, कलर कोटि दुई प्याकेट, ग्राउन्ड चक्कर ११ प्याकेट, मिनि बुलेट ७५ प्याकेट, माइट्टी एटम पाँच प्याकेट, हाइड्रोफोल्ड पचास प्याकेट, शिखा कलर तीस प्याकेट र चोइसा क्र्याकर्स ८ सय ५० प्याकेट पटका बरामद भएका हुन् ।
बरामद भएका बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, पत्रकार तथा भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
दशैं–तिहारलाई लक्षित गरी यस किसिमका विस्फोटक वस्तुहरूको अवैध ओसारपसार बढ्ने भएकाले प्रहरी सचेत रहँदै कडा निगरानीमा रहेको जनाएको छ ।