बयरघारी पिस युथ क्लबले बडा दशैं र दीपावलीको अवसरमा भीरकोट नगरपालिकामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।
प्रतियोगिता असोज २३ गतेदेखि कात्तिक २ गतेसम्म भीरकोट खेलमैदान सिसौघारीमा सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाभित्रका साथै बाहिरी पालिकाका टोलीसमेत गरी करिब १५ टोलीको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगिताका विजेताले एक लाख १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो हुने टोलीले ७० हजार, तेस्रोले ४० हजार र सान्त्वनामा पर्ने टोलीले ३० हजार रुपैयाँ पाउने छन् । यस्तै, सर्वोत्कृष्ट तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
क्लबले दशैं र तिहारको अवसरलाई खेलकुदमार्फत आपसी सौहार्द र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।