हालको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्याङजा जिल्लाभर फेरि कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गर्दै आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने जानकारी दिएका हुन् ।
प्रजिअ अर्यालका अनुसार कर्फ्यू अवधिभर कसैले पनि जिल्लाभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पाउने छैनन् ।
प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, “अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकट बोकेका यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्नेछन् ।”
यसअघि पनि स्याङ्जामा बुधबार र बिहीबार रातिको समयमा कर्फ्यू आदेश जारी गरिएको थियो भने दिउँसोको समयमा अवस्था सामान्य रहँदै आएको थियो । स्याङ्जामा हालसम्म जेन-जेड पुस्ताको आन्दोलनको सामान्य प्रभाव मात्रै देखिए पनि आगामी दिनमा असुरक्षा बढ्न सक्ने अनुमान गर्दै प्रशासनले सतर्कता अपनाएको हो ।