स्याङ्जा प्रहरीले गल्याङमा सञ्चालन गरेको चेकजाँचका क्रममा ५० थान अवैध आइफोन मोबाइल बरामद गरेको छ ।
आइतबार दिउँसो करिब ११ बजे गल्याङ नगरपालिका –१ राम्दी चेकपोष्ट नजिकै सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले उक्त आइफोन मोबाइलहरु बरामद गरेको हो ।
प्रहरीका अनुसार बुटवलबाट पोखरा आउँदै गरेको लु २ ख १४०३ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा बिल नभएका विभिन्न मोडलका आइफोन फेला परेका हुन् । बरामद गरिएका सेटहरूमा २८ थान आईफोन १३ प्रो, ७ थान आईफोन ११ प्रो, ३ थान आईफोन १२ प्रो, १ थान आईफोन १४ प्लस, १ थान आईफोन १३ प्रो म्याक्स, ६ थान आईफोन आरएक्स, र अन्य मोडल नखुलेका ४ थान रहेका छन् ।
कुल ५० थान मोबाइल बरामद गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।