जबरजस्ती करणी कसुर मुद्दाका फरार कसुरदार १५ महिनापछि पक्राउ परेकी छन् ।
जबरजस्ती कसुर मुद्दामा फरार रहेकी स्याङ्जाको पुतलीबजार नगरपालिका – १३ की ५४ वर्षीया खुमा भन्ने खुम कुमारी दर्जीलाई आज बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत स्याङ्जाको २०८१ वैशाख १६ गतेको फैसलाले जबरजस्ती करणी कसुर मुद्दामा दुई महिना २३ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले पक्राउ गरेको हो ।
अदालतका फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि आफ्नो कार्यलाई अघि बढाइएको स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीको भनाइ छ ।
पक्राउ परेकी खुमालाई कैद भुक्तानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।