Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

उपमेयर त्रुटिपूर्ण बजेट पढ्दै, कर्मचारी शब्दैपिच्छे सच्याउँदै

रञ्जन अधिकारी रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
ShareTweetSend

पोखरा विमानस्थलबाट चीनको छेन्दुमा हुने व्यावसायिक चार्टर उडानमा पोखराका मेयर धनराज आचार्य प्रायः छुटाउन चाहँदैनन् । पछिल्लो पटक लायन्स टोली गत महिना चीन पुग्दा मेयर आचार्य पनि सहभागी भए । फेरि एक महिना नबित्दै सोमबार मेयर आचार्य निमित्त प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यसँगै चीन भ्रमणमा जाँदैछन् ।

मेयर आचार्यको यसअघि पनि अत्यधिक विदेश भ्रमण भइरहेको भन्दै पोखरेलीले चर्को आलोचना गर्दै आएका छन् । तीन वर्ष बितिसक्दा ‘सधैं विदेश डुल्ने, पोखरा नबनाउने’ भन्दै पोखरेली मेयर आचार्यसँग सामाजिक सञ्जालमा पनि रूष्ट देखिन्छन् ।

पोखरा महानगरपालिकाले आइतबार १७ औं नगरसभा डाक्दै एकै दिन नीति तथा कार्यक्रम र बजेट ल्यायो । गत वर्ष असार ९ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट ल्याएको महानगरले यो पटक एकै दिन हतारो गर्नुमा मेयर आचार्यको चीन भ्रमण नै कारण हो ।

देशभरका स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शनअनुसार जेठ १० गतेभित्र योजना पेश गरिसक्नुपर्नेे र कम्तिमा जेठ मसान्तसम्म बजेटको तयारी भइसक्नुपर्ने थियो । यही समयमा पनि चीन भ्रमणमा रहेका मेयर आचार्य बजेट पेश गर्ने बेला पनि चीन भ्रमणमै जानुपर्ने हुँदा बजेटमा हेलचेक्र्याइँ भयो ।

आइतबार सार्वजनिक बजेटमा बर्गेल्ती त्रुटि भेटिएका छन् । उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दैगर्दा कर्मचारीबाट अंक जोड सच्याइएको दृश्य लाजमर्दो देखियो । पोखरा महानगरपालिकाले पर्याप्त छलफल र तयारी बिना हतार–हतारमा बजेट ल्याएको यसबाट पुष्टि हुन्छ । केही संख्यामा मात्र उपस्थिति रहेको पोखरा सभागृहको खाली हलमा बजेट घोषणका क्रममा उपमेयर गुरुङ केही मिनेट रोकिँदै पढ्दै गर्नुपरेको थियो । बीचमा कर्मचारीले पढ्ने पाना ल्याएर दिएको पनि देखियो ।

कार्यपालिका बैठकले आइतबार अबेरसम्म बजेटको सिलिङ र योजनाबारे नै कार्यपालिका बैठकले निर्णय गर्न नसक्दा हतार–हतारमा सार्वजनिक गर्न थाल्दा खेलाँची हुन पुगेको हो । पोखरा भित्रका ३३ वटा वडाहरूलाई ३ करोड रुपैयाँसम्मको सिलिङ दिइएको थियो । जनसंख्या, भूगोल, खर्च क्षमता, आन्तरिक राजस्वका आधारमा वडाहरूलाई दिइएको सिलिङमा एक करोड थप दिनुपर्ने शर्त वडाध्यक्षको थियो । बिहान ८ बजे विषयगत समितिसहित बजेट निर्धारण समितिको बैठक बोलाइएको थियो ।

त्यसलगत्तै कार्यपालिका बैठक डाकिएको थियो । बैठकमा यसै विषयमा वडाध्यक्षहरुको मेयरसँग रस्साकस्सी चलेपछि बहुवर्षीय योजना ठेक्का लागेका वडामा ६० लाख र बहुवर्षीय योजना नभएका वडामा ९० लाख रुपैयाँ थप हुनेगरी सहमतिमा पुग्दा दिउँसो २ बजिसकेको थियो ।

त्यसपछि बल्ल सुरु भएको नगर सभामा मेयर धनराज आचार्यले नीति तथा कार्यक्रम र उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे । उपमेयर गुरुङले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् । सोमबार चीन भ्रमण भएकाले आइतबार साँझ नै मेयर आचार्य काठमाण्डौ जान हतारिएका थिए ।

सार्वजनिक बजेटमा चालु र पुँजीगत खर्च कति भन्ने नै उल्लेख छैन । नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकताको क्षेत्र बजेटमा छैन भने बजेटमा समावेश शीर्षक नीति तथा कार्यक्रममा नै छैन । नीति तथा कार्यक्रममा उल्लेख नै नगरिएका कार्यक्रम बजेटमा आएका छन् भने नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको कृषि क्षेत्र नै बजेट वक्तव्यमा समावेश छैन ।

पोखरा महानगरका कर्मचारीहरूले हतारमा सिलिङ टुंगिएको र निर्णयसमेत ढिला हुँदा त्रुटि भएको बताइरहेका छन् । चीन जाने हतारोले आइतबारै नीति तथा कार्यक्रम र बजेट ल्याउँदा बजेटमै त्रुटि हुन पुगेको महानगरकै अधिकृतहरुले बताएका छन् ।

गत वर्षको भन्दा बढी महत्वाकांक्षी बजेट प्रस्तुत गरिरहँदा बजेटको स्रोत व्यवस्थापनमा भने अस्वभाविक तरिकाले आन्तरिक आयलाई जोड दिइएको छ । आगामी आर्थिक वर्षको बजेटको स्रोतमा संघदेखि प्रदेशसम्म सबै अनुदान घटेको अवस्थामा आन्तरिक आयलाई प्राथमिकता दिन बाध्यकारी अवस्था छ तर उठ्नै नसक्ने आन्तरिक आयलाई बजेटको मुख्य श्रोतका रुपमा लिइएको छ । बजेटको कुल आकारको करिब ३९ प्रतिशत हिस्सा आन्तरिक आयबाट बेहोर्ने लक्ष्य राखिएको छ । ३ अर्ब २३ करोड ७२ लाख रुपैयाँ आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य असम्भवप्रायः छ ।

पढ्नुहोस् बजेटः

BUDGET 082083

पढ्नुहोस् नीति तथा कार्यक्रमः

NITI PGM-208283

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति
Main News 1

सेतीवेणीमा कालीगण्डकीको बाढीले स्याङ्जातर्फका २५ घरमा क्षति

by गण्डकी न्यूज
2026 October 4 मा प्रकाशित
कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन
Main News 1

कांग्रेस स्याङ्जा–२ विवाद: पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

by राम बहादुर रोकाहा
2026 October 1 मा प्रकाशित
बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना
Main News 1

बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना

by राम बहादुर रोकाहा
2026 September 26 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Main News 1

स्याङ्जामा राति सवारी चलाउन रोक

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
Main News 1

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
Main News 1

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु

2026 October 8 मा प्रकाशित
ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews