Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पञ्चासेमा प्रदेश प्रमुख [फोटो फिचर]

'पञ्चासेधामको प्रचारप्रसार तथा प्रवर्द्धनको खाँचो'

गण्डकी न्यूज गण्डकी न्यूज
2024 May 26 मा प्रकाशित
पञ्चासेमा प्रदेश प्रमुख [फोटो फिचर]
ShareTweetSend

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।

पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गरेका थिए ।

पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं. २३ ले सर्वप्रथम स्वागत गरेको थियो । अध्यक्ष रामकाजी गुरुङ, कर्मचारी चिरञ्जीवी पौडेलसहितले प्रदेश प्रमुखलाई आतिथ्यता प्रदान गरेका थिए ।

प्रदेश प्रमुख भट्टले पञ्चासे शिरदेखि फेवाफाँटसम्म फैलिएको यस वडा विविधतापूर्ण र महानगरकै ठूलो वडा रहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो । वडाध्यक्ष गुरुङले प्रदेश प्रमुखलाई यस प्रदेशमै पहिलोपटक आफ्नो वडामा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

पोखरा लेकसाइडदेखि २८ किमिको मोटरबाटोको यात्रा तय गरेपछि पञ्चासे क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको भञ्ज्याङसम्म पुगिन्छ। यहाँ पुग्न कास्कीको पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन्।

नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजना अनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकता राखेको छ ।

प्रदेशप्रमुखको टोली पोखरा वडा नं. २३ घाँटीछिनाकै बाटोबाट भञ्ज्याङ पुगेको हो । दम्दमे तमु समाजले बाटैमा प्रदेश प्रमुखलाई स्वागत गरेको थियो ।

यहाँबाट अघि बढेको टोलीलाई कुद्बी डाँडा गाउँले तमु समाजले पनि स्वागत गर्‍यो ।

तल्लो सिदानेमा होम स्टे सुविधा पनि छ । त्यहाँ स्व. ढकबहादुर गुरुङ स्मृति तमु (गुरुङ) संग्रहालय भ्रमण गराउँदै अर्गानिक खाजा खुवाएर स्वागत गरे ।

सिदाने गाउँबासीले फेवातालको मुहानमध्येको एक हुईं खोलाले गाउँ नै उठाउन लागेको बारे गुनासो पनि पोखे ।

उपल्लो सिदाने समाजघरले अलिक माथि पुग्दा स्वागत गर्‍यो ।

पञ्चासेद्वार भञ्ज्याङमा पनि गाउँलेले स्वागत गरे ।

प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवर्द्धनको खाँचो औंल्याउनुभयो ।

पञ्चकोटका साथै सिद्धबाबा मन्दिरको पनि अवलोकन गर्नुभएका उहाँले शतबिज छर्ने दिन बालाचतुर्दशीमा ओहिरिने धार्मिक पर्यटकलाई अरुबेला पनि आकर्षण गर्न योजना नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

पञ्चासेको एक चिनारीः

गण्डकी प्रदेशमा रहेको पञ्चासे क्षेत्रलाई पञ्चधाम, पञ्चासे धाम वा पञ्चकोट भनेर पनि चिनिन्छ । अग्ला पाँचवटा डाँडाहरुको संगम हो पञ्चासे। डाँडाका ति टाकुरामा शिद्धबाबा, धर्मशाला, महादेव, भ्यू टावर, चौबिसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन्।

कास्की, पर्वत र स्याङ्जा जिल्लाको सीमा क्षेत्रमा रहेको यो मनमोहक प्राकृतिक क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला धवलागिरि, अन्नपूर्ण र मनासुलु हिमचुचुराको सीधा अवलोकन गर्न सकिन्छ, जसको ठीक बीचमा माछापुच्छ्रे (मातापुत्र, माछापुच्छ्रेको वैदिक नाम) देखिन्छ।

पञ्चासेका टुप्पाहरूमा पुगिसकेपछि हिमशृंखलाको अझ विशाल फैलावटको दुर्लभ दृश्यलाई हामी आँखामा कैद गर्न सक्छौँ। एकै स्थानबाट सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सकिन्छ पञ्चासेबाट।

यहीँबाट उत्तरतर्फ अन्नपूर्ण र धवलागिरी हिमशृखंला र पूर्वतर्फ फेवाताल र पोखरा उपत्यकालाई बिहानीका सूर्यका किरणले ढाक्दै गरेको देख्न सकिन्छ। त्यस्तै, बिहानको दृश्यावलोकनपछि दिनभरि पहाडका चुचुरा, वन, गुफा, सुनाखरी र तलैया घुमेर साँझ सूर्यास्त नियाल्न सकिन्छ।

भञ्ज्याङबाट करिब दुई घन्टाको उकालो पैदलयात्रा तय गरेपछि समुद्र सतहदेखि २५ सय मिटरभन्दा अग्लो स्थानमा रहेका पञ्चासेका चुचुरा र पञ्चासे क्षेत्रका स्वच्छ तीर्थस्थल तथा धार्मिक क्षेत्रहरूमा पुग्न सकिन्छ।

मध्य पहाडी क्षेत्रको महाभारत शृंखलामा पर्ने यो क्षेत्र नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ पनि हो। यहाँ प्रत्येक वर्ष पाँच हजार मिमिभन्दा बढी वर्षा हुन्छ।

पञ्चासे पहाड वरिपरि पाँचवटा नदीका मुहान छन्। जसमध्ये प्रमुख हुन्, हपर्न र अँधेरी खोला (फेवा तालका मुहान नदी)। त्यस्तै स्याङ्जा र पर्वत भएर बग्ने आँधीखोला, जरेखोला र रतीखोलाको उद्गमस्थल पनि पञ्चासे क्षेत्र नै हो।

९०० मिटरदेखि २५०० मिटरसम्मको उचाइमा फैलिएको र अत्यधिक वर्षा हुने कारणले गर्दा यो क्षेत्रको पारिस्थितिक प्रणाली अत्यन्त संवेदनशील र विविधतायुक्त रहेको छ। यहाँ पाँच सय ८९ प्रजातिका वनस्पति रहेको अध्ययनबाट पत्ता लागेको छ।

त्यसमध्ये एक सय सात प्रजातिका जडिबुटी, ५६ प्रजातिका च्याउ र ९८ प्रजातिका उन्यु पाइएका छन्। चार सयमध्ये एक सय १२ थरीका सुनाखरी छन्। यसैले पञ्चासे क्षेत्रलाई सुनाखरीको राजधानी भनिन्छ। तल्लो भोगमा सालका रूख रहेको यो क्षेत्रको मध्य उचाइको क्षेत्रमा चिलाउने कटुस, मौवा आदि पाइन्छन्। माथिल्लो भेगमा रक्तचन्दन, फँलाट, गुराँस र खसु्रका रुख छन्।

यस क्षेत्रभित्र वन र घाँसे मैदान पनि प्रशस्त छन्। यहाँ पाइने मुख्य जनावर चितुवा, भालु, रतुवा, स्याल, वनबिरालो, बाँदर आदि हुन्। सन् २०१२ मा नेपाल सरकाबाट यहाँको ५,७७६ हेक्टर क्षेत्रलाई पञ्चासे संरक्षित वनको रूपमा राजपत्रमा सूचना प्रकाशन गरिएको छ र हाल यो क्षेत्र एक संरक्षित क्षेत्रका रूपमा स्थानीय समुदाय समेतको प्रत्यक्ष संलग्नतामा संरक्षण र व्यवस्थापन हुँदै आएको छ।

पञ्चासे क्षेत्र वरपर ठूलो सामाजिक सांस्कृतिक रूपमा सम्पन्न र समृद्ध मानव बसोबासको क्षेत्र रहेको छ। तीन जिल्लाको संगम स्थलका रूपमा रहेको पञ्चासे वरपर कास्की पर्वत र स्याङ्जाका विभिन्न पालिकाका करिब ७० हजार मानिसको बसोबास छ। यहाँ बसोबास गर्ने जातजातिमा गुरुङ, मगर, ब्राह्मण, क्षत्री र दलित मुख्य हुन्।

यहाँ बसोवास गर्ने समुदायको जीवनयापन सरकारी जागिर, पर्यटन, वैदेशिक रोजगारसँगै खेतीपाती, पशुपालन र वन पैदावारको उपयोगसँग प्रत्यक्ष जोडिएको छ। केही दशक अगाडिसम्म पञ्चासे क्षेत्र विभिन्न क्षेत्रबाट आउने तपस्वीको तपस्या स्थल रहेको स्थानीय बताउँछन्। पछिल्लो समयमा भने सुरक्षा लगायत कारणले यो क्रम रोकिएको छ।

स्थानीय समुदायको अग्रसरतामा विगत दुई दशकदेखि पञ्चासे क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न र विशिष्ट पारिस्थितिक प्रणालीको संरक्षण, व्यवस्थापन गर्न स्थानीय समुदायको सक्रियता बढेको छ। यसका लागि माछापुच्छ्रे विकास संघले अग्रणी भूमिका खेलिरहेको छ भने धेरै महिला समूह, स्थानीय तथा केन्द्रीय सरकार र अन्य दातृसंस्थासँगको साझेदारीमा विभिन्न पहल पनि अगाडि बढिरहेका छन्।

पञ्चासे क्षेत्र वरिपरिका समुदायले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालनमा ल्याएका छन्। पञ्चासे क्षेत्रको भञ्ज्याङमा स्थानीय व्यक्तिले दुई दर्जनजति होटल तथा लज सञ्चालन गरेर पर्यटकलाई आवश्यक सेवा सुविधा दिइरहेका छन्। यहाँ पर्यटकलाई केबलकारको माध्यमबाट कसरी लैजान सकिन्छ भन्ने सम्बन्धमा पनि बहस भइरहेको छ।

पञ्चासेको वैदिक नामकरण

पञ्चासे क्षेत्रलाई ऋग्वैदिक कालसँग जोडर हेर्नुपर्छ भन्ने विचार यस क्षेत्रसँग सम्बन्धित जानकारको रहेको छ। पञ्चासे क्षेत्रलाई पञ्च धाम, पञ्चकोट आदि नामले समेत चिनिन्छ। यस क्षेत्रको नाम पञ्चासे किन रहन गयो भन्ने सम्बन्धमा विभिन्न भनाइ पाइन्छन्। ‘पञ्चासे’ शब्द, पञ्च र आसन दुई शब्द मिलेर बनेको छ, जसको अर्थ हुन्छ– पाँचवटा आसन। पञ्चासे क्षेत्रमा रहेका पाँच चुचुरालाई नै वैदिक कालका पाँचवटा ध्यान तथा समाधिका आसन भएको क्षेत्रको रूपमा लिने गरेको पाइन्छ।

त्यस्तै, अर्को मत अनुसार, यसलाई भगवान् शिवजीको वासस्थानका रूपमा पनि लिने गरिन्छ। भगवान् शिवजीलाई पञ्चास्य वा पञ्चमुख पनि भनिन्छ, जसको वासस्थान भएकाले यो ठाउँको नाम पञ्चासे रहन गएको हो। पञ्चासे क्षेत्रमा हालसम्म सिद्धबाबाको मन्दिर रहेको छ, जसलाई शिव एवं त्यहाँका प्रमुख देवताका रूपमा श्रद्धा भक्ति प्रकट गर्ने परम्परा अद्यापि कायम छ।

यस क्षेत्रमा वैदिक परम्परा अनुसार पूजाआजा गरिने पाञ्चायन देवताको पूजास्थल पनि रहेका छन्। त्यसैले यिनै पाञ्चायन देवताको पूजास्थलका रूपमा यस क्षेत्रको नाम पञ्चासे रहन गएको भन्ने भनाइ छ।

यस क्षेत्रको वैदिक महत्व र विशिष्टतालाई विभिन्न पौराणिक कथा र मिथकसँग जोडेर पनि मानिसले धारणा बनाएका छन्। महाभारत कथा अनुसार द्वापर युगमा हस्तिनापुर राज्य छाडेर १२ वर्षको वनबासको सजाय भुक्तान गर्ने अवधिमा पाँच पाण्डवले समेत आफ्नो वनबासको केही कालखण्ड यहाँ ध्यान तथा साधनामा बिताएका थिए भन्ने जनश्रुति रहन गएको छ।

त्यही भनाइका आधारमै यस क्षेत्रको नाम ‘पाँच’ वा ‘पञ्च’ शब्दसँग जोडिएर पञ्चासे रहन गएको मत पनि पाइन्छ। त्यस्तै, यो क्षेत्रमा श्रवणकुमार पनि आएर तपस्या गरेका थिए र यही स्थानमा उनले आफ्नो देहत्याग गरेका थिए भन्ने भनाइ पनि रहेको छ।

पञ्चासे क्षेत्रको नामकरण र यसका बारेमा मानिसले बनाएका यस प्रकारका धार्मिक, पौराणिक एवं ऐतिहासिक प्रसंगबाट के कुरा स्पष्ट हुन्छ भने, पञ्चासे क्षेत्रलाई महाभारत पर्वत शृंखलामा पर्ने एक विशिष्ट वैदिक एवं पौराणिक महत्व बोकेको स्थानको रूपमा मानिसले लिने गरेका छन्। यो क्षेत्र शताब्दियौंदेखि आध्यात्मिक साधना र ध्यानको एक केन्द्र रहँदै आएको कुरा निर्विवाद छ।

विशिष्ट भौगोलिक अवस्था तथा यहाँ पाइएका विभिन्न पुरातात्विक महत्वका स्थलका आधारमा पनि यस क्षेत्रलाई वैदिक सभ्यतासँग जोडेर व्याख्या भएको पाइन्छ। विशिष्ट पारिस्थितिकीय अवस्था तथा घना जंगल, पहाडको माथिल्लो भागमा रहेको पञ्चासे ताल, अन्य दह तथा पानीका मुहान र मनोरम हिमाली तथा प्राकृतिक दृश्यको उपलब्धता हुनुलाई एक दुर्लभ संयोगका रूपमा मानिसले लिने गरेका छन्। पहाडका पाँचवटा उच्च चुचुरा, यीसँगै जोडिएर रहेका ध्यान तथा अग्नि कुण्डका भग्नावशेष पञ्चासे क्षेत्रको वैदिक महत्वलाई थप स्पष्ट गर्ने भौगोलिक तथा पुरातात्विक महत्वका क्षेत्र हुन्।

वैदिक परम्परामा समग्र अस्तित्वलाई नै ‘पञ्च तत्व’ (पृथ्वी, जल, वायु, अग्नि र आकाश) को योगको रूपमा लिइन्छ। मानव शरीर पनि यिनै पञ्चतत्व वा पञ्च महाभूतको योग हो। यी पञ्च तत्वको सन्तुलनले नै समग्र पृथ्वी र मानव शरीर समेत सन्तुलित रहन्छ भन्ने मान्यता वैदिक परम्परामा छ। अग्निको पूजा गर्न, योग तथा ध्यान गर्न र समग्र चेतना तथा आकाशको फैलावटलाई निरन्तरता दिने कर्म गर्न वैदिक ऋषिले आह्वान गरेको पाइन्छ।

धार्मिक पूजा तथा मेलापर्व

बालाचतुर्दर्शीको दिनमा यहाँ सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ। यो परम्परा हाल पञ्चासे आसपासका अन्य क्षेत्रमा पनि विस्तार भएको छ। तर पञ्चासे सबैभन्दा प्रसिद्ध रहिआएको छ। यो दिनमा यहाँ रहेको पञ्चासे तालमा स्नान गर्न र सद्बीज छर्न टाढा टाढाबाट भक्तजन आउँछन्। यस क्रममा भक्तजनले धान, मकै, जौ–तिल आदि अन्नबालीका बीउ छर्ने र यसबाट यस क्षेत्रमा सहकाल हुने, समाजमा शान्ति र खुसियाली कायम रहने विश्वास गरिन्छ।

यो क्षेत्र सदियौंदेखि गण्डकी र धवलागिरी क्षेत्रको एक विशिष्ट तीर्थस्थलको रूपमा रहेको छ। यस क्षेत्र वरपर कास्की, स्याङ्जा र पर्वत जिल्लाका विभिन्न पहाड र टाकुरामा विभिन्न राजा–रजौटाका दरबार र कोट रहेको हामी अहिले पनि पाउँछौँ। त्यस्तो क्षेत्रमा अहिले पनि विभिन्न देवीदेवताका मन्दिर छन् र त्यहाँ अझै पशु बली दिने प्रथा छ।

पञ्चासे क्षेत्रमा मध्यकाल तथा त्यसभन्दा अगाडि समेत कुनै राजाले आफ्नो राजनीतिक वा सामरिक क्षेत्रको रूपमा प्रयोग गर्ने, पशुबली दिने आदि गरेको पाइँदैन। त्यसको सट्टा यहाँ आयोजना हुने धार्मिक तथा सांस्कृतिक पर्व र मेलाले यस वरपर रहेका सबै समुदाय जोडिएका छन्। यति मात्रै होइन, धेरैजसो जनजाति र आर्यहरूका घरहरूमा बिहान–बेलुका धुपबत्ती बाल्ने, पाञ्चायन पूजा गर्ने र बेलाबेला आ–आफ्ना घरमा पूजा लगाउने, वेदपाठ गर्ने तथा यज्ञ होम आदि गर्ने ऋग्वैदिक परम्परा र प्रचलन कायम छन्।

अन्नपूर्ण हिमशृंखलामा देखिने वैदिक दृश्य

पञ्चासे क्षेत्रबाट देखिने हिमाली शृंखलाको दृश्य एक अनुपम संगम भएको र यसले ऋग्वैदिक चिन्तन र साधनामा पनि यथेष्ट प्रभाव पारेको हुन सक्ने बौद्धिक साधकको विचार रहेको छ। यहाँबाट ८,००० मिटरभन्दा अग्ला मनासुलु, अन्नपूर्ण, धवलागिरि लगायतका हिमशिखरको दक्षिणी मोहडाको सुन्दर दृश्य अत्यन्त नजिकबाट अवलोकन गर्न सकिन्छ।

पूर्वमा मनासुलु, पश्चिममा धवलागिरि र बीचमा अन्नपूर्णको चम्किलो दृश्यको ठीक मध्यमा माछापुच्छ्रेहिमालको दृश्य ज्यादै मनमोहक देखिन्छ। पोखरा सहरबाट हिमालतर्फ हेर्दा माछापुच्छ्रेको दृश्य ज्यादै आकर्षक देखिन्छ, तर त्यहाँबाट मनासुलु र धवलागिरीसम्मको हिमाली फैलावटलाई एउटै दृश्यमा कैद गर्न निकै कठिन हुन्छ। जहाँबाट देखिन्छ, त्यहाँबाट यो दृश्य अलि सानो बन्छ।

पञ्चासेबाट देखिने हिमशृंखला र त्यसमा पनि माछापुच्छ्रेको अवस्थितिलाई मानिसको कला र सिर्जनाको एक मुख्य रहस्यको रूपमा यहाँका साधकले लिने गरेका छन्। बिहानी र साझँपख सूर्योदय र सूर्यास्तको समयमा हिमालमा सूर्यका किरण फैलँदै जाँदा प्रकृतिमाता (स्त्रीलिंगको रूपमा लिइएको पाइन्छ) को काखमा बालक बसेजस्तै अन्नपूर्ण हिमशृंखलाको मध्यमा देखिने माछापुच्छ्रे एक अग्नि कुण्डबाट निस्किरहेको आगोकोे ज्वाला (अग्निलाई वैदिक साहित्यमा पुरुष वा पुत्रको रूपमा पनि लिइन्छ) जस्तो प्रतीत हुन्छ। यो दृश्यको व्याख्या ऋग्वेदका विभिन्न सन्दर्भमा अभिव्यक्त भएका प्रकृति र पुरुषबीचको सम्बन्धसँग सम्बन्धित विभिन्न दृश्य, विम्ब र भावहरूसँग समेत मिल्दोजुल्दो छ भन्ने भनाइ पनि कतिपय साधकको रहेको छ।

संरक्षण

पञ्चासे क्षेत्र पोखरा आसपासमा पर्ने एक अनुपम पर्यटकीय गन्तव्य हो नै, योसँगै धार्मिक तथा सांस्कृतिक महत्वको क्षेत्र हो। नेपालको वर्तमान समयका एक चर्चित योगगुरु डा. विकासानन्दले पनि पछिल्लो समय यही क्षेत्रलाई आफ्नो आध्यात्मिक साधनाको केन्द्रका रूपमा स्थापित गरेका छन्।

हरेक वर्ष धेरै योग साधकले यस क्षेत्रमा आफ्नो खोजलाई अगाडि बढाएका छन्। त्यसैले यस क्षेत्रको विशिष्ट भौगोलिक अवस्थिति र यहाँबाट उपलब्ध हुने अन्नपूर्ण शृखंलाको दक्षिणी मोहडाको हिमाली परिदृश्यको महत्वलाई वर्तमानमा मात्र सीमित गर्नु हाम्रो अल्पज्ञानको उपज हुनसक्छ भन्ने विचार विभिन्न तवरले अभिव्यक्त भएका छन्। पञ्चासे क्षेत्रको भौगोलिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्वतर्फ ध्यान जान आवश्यक छ।

पछिल्लो समयमा पञ्चासे क्षेत्रमा त्यहाँको प्राकृतिक अवस्थालाई बिथोल्ने गरी भ्यु–टावर लगायत आधुनिक कंक्रिटका संरचना बन्दै गइरहेका छन्। विभिन्न व्यक्तिका नाममा शालिक पनि खडा गरिँदै छन्। त्यस्तै पञ्चासेको माथिल्लो भागलाई नै सिधै केबलकारले जोड्ने योजना पनि अगाडि बढाइएका छन्। प्रकृतिले दिएको पञ्चासे क्षेत्रको विशिष्ट पारिस्थितिक अवस्था, यहाँबाट देखिने सुन्दर दृश्य र यससँग सम्बन्धित समाज र संस्कृतिको महत्व र मूल्य आधुनिक विकास योजनासँग साटिने त होइन भन्ने चिन्ता पनि छ।

(दामोदर त्रिपाठीले नागरिक दैनिकमा ‘पञ्चासेको प्रकाश ‘ शीर्षकमा लेख लेखेका छन् )

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा
गण्डकी क्षेत्र

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

by राम बहादुर रोकाहा
2025 May 18 मा प्रकाशित
नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा
गण्डकी क्षेत्र

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

by राम बहादुर रोकाहा
2025 May 18 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड
Breaking 1

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

by गण्डकी न्यूज
2025 May 17 मा प्रकाशित
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस
Breaking 2

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

by राम बहादुर रोकाहा
2025 May 17 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
अर्थ/व्यापार

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

by राम बहादुर रोकाहा
2025 May 17 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
खेलकुद

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

काङ्ग्रेसका महामन्त्री पुगे नेपालकै पहिलो नवग्रह मन्दिरमा

2025 May 18 मा प्रकाशित
नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

नेपाली काङ्ग्रेस राष्ट्रिय शक्ति हो: महामन्त्री थापा

2025 May 18 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

2025 May 17 मा प्रकाशित
गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 17 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews